आइतबारदेखि फेरि भारी वर्षा हुने चेतावनी

जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेदेखि फेरि भारी वर्षा हुने चेतावनी दिएको छ।

विभागका अनुसार साउन ४ देखि तीन/चार दिन भारी वर्षा हुने सम्भावना छ। सो अवधिमा बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपाउन विभागले आह्वान समेत गरेको छ।
 
सार ३ गतेसम्म मौसम सामान्य रहने भए पनि आइतबारबाट  ठूलो पानी पर्ने सम्भावना छ। 


Advertisement

दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा आइतबारबाट फेरि नेपालको तराई नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। 

यसअघि असार २५ देखि २९ सम्म भारी वर्षा भएको थियो।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्