इटहरी उपमहानगरका लेखा अधिकृत घुससहित पक्राउ

फाइल फोटो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारले लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित पक्राउ गरेको जनाएको छ।


Advertisement

अख्तियार क्षेत्रीय कार्यालय इटहरीले इटहरी-६ घर भएका लेखा अधिकृत पोखरेलले सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा निगरानी गर्दै आएको  थियो। 

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको  आयोग इटहरीले जनाएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्