साउन २१ देखि आन्तरिक र भदौबाट अन्तर्राष्ट्रिय उडान खुलाउने तयारी

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले अब हवाइ उडान खोल्न सकिने निस्कर्ष निकालेको छ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा रहेको समितिले आन्तरिक उडान साउन २१ गतेदेखि र  अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि खुलाउन सकिने सुझाव दिएको हाे।


Advertisement

समितिले बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको छ।

कोरोना भाइरस रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। त्यसअघि चैत ९ देखि अन्तर्राष्ट्रिय बन्द गरिएको थियो। चैत ११ देखि आन्तरिक उडान समेत ठप्प छन्। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्