×

NMB BANK
NIC ASIA

साना व्यवसायीले कर विवरण बैंकमार्फत बुझाउन सक्ने, यस्तो छ व्यवस्था

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले बिहीबारदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ। 

Muktinath Bank

साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले उक्त व्यवस्था गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक राजश्व विभागमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाटै ‘भर्चुअल’ प्रविधिमार्फत सो प्रणालीको शुभारम्भ गरे। साना व्यवसायीले बैंकमार्फत कर र आय विवरण बुझाएपछि तत्कालै करचुक्ता प्रमाणपत्र लिनसकिने व्यवस्था मिलाइएको छ। 


Advertisment
Nabil box
Kumari

विभागका निर्देशक महाराज कोइरालाले साना करदाताले अब १० मिनेटभित्रै आय विवरण र कर बुझाएर करचुक्ता प्रमाणपत्र लिनसक्ने जानकारी बताए। 

Vianet communication
Laxmi Bank

यसअघि साना करदाताले आय विवरण बुझाउन आफू दर्ता रहेकै आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय धाउनुपर्ने अवस्था थियो। 

मुलुकको सबै भूभागमा कर कार्यालय वा करदाता सेवा कार्यालय नहुँदा साना करदाता सरकारलाई तिर्नुपर्ने करभन्दा बढी रकम र समय खर्चेर कर बुझाउन जानुपर्ने बाध्यतामा थिए। कर तिर्न कठिनाइ हुँदा कतिपय साना व्यवसायी करको दायरमा समेटिन सकेका थिएनन्। 

सरकारले चालु आर्थिक वर्षको बजेटको बजेटको बुँदा नं ३३३ मा वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट बुझाउनसक्ने व्यवस्था मिलाइने घोषणा गरिएको थियो। 
बक्यौता नहरेका करदाताले पेश गरेको आय विवरणअनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट करदाता स्वयंले लिन पाउने व्यवस्था गर्ने विषयलाई बजेटमा समावेश गरिएको थियो।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रणालीमा सुधार गरिएसँगै यसबाट झण्डै पाँच लाखको हाराहारीमा रहेका साना व्यवसायी लाभाविन्त हुने जानकारी दिए। विभागले वार्षिक  २० लाखसम्म कारोबार र दुई लाखसम्म आय भएका प्राकृतिक व्यक्तिले आयकर ऐन अनुसार आय विवरण तथा कर भुक्तानी बैंकमार्फत गर्न सकिने व्यवस्था गरेको हो । 

कर कसरी बुझाउने?

विभागको राजश्व बुझ्ने बैंकको कर्मचारीले राजश्व व्यवस्थापन सूचना प्रणाली लगइन गरी युजरनेम र पासवर्ड तथा आर्थिक वर्ष राखी प्रणालीमा प्रवेश गर्न सकिने छ। 

डि०१ भौचर फारम भन्ने मेनुमा प्रवेश गरेपछि डि०१ फारममा करदता वा निजको प्रतिनिधिले पेश गरेको डे०१ आय विवरण र कर दाखिला फारम प्रविष्टि गरी कर सङ्कलन गर्नुपर्ने विभागले जनाएको छ। 

डे ०१ आय विवरण तथा र दाखिला फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम करदाताको नाम र दस्तखत वा करदाताको प्रतिनिधि भए निजको नाम र दस्तखत र करदाताको मोबाइल नम्बर अनिवार्यरुमा उल्लेख गर्नुपर्ने छ। 

करदाताको स्थायी लेखा नम्बर प्रविष्टि गरेपछि प्रणालीले फारमको नाम र ठेगाना, करदाता दर्ता रहेको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय, बैंक शाखा मिति स्वचालित रुपमा देखिनेछ। 

आय वर्षमा क्लिक गरेपछि सो मितिसम्म करदाताले कुनकुन आय वर्षको आय विवरण पेश गर्न बाँकी रहेको छ भन्ने विवरण देखाउछ।

​करदाताले जुन आय वर्षको आय विवरण र कर दाखिला गर्ने हो सो वर्ष उल्लेख गरी डे०१ आय विवरण तथा कर दाखिला फाराममा उल्लेख भएबमोजिमका विवरण प्रविष्टि गर्नुपर्नेछ। 

एक आय वर्षमा वार्षिक रु २० लाखभन्दा बढी कारोबार भएमा वा वार्षिक रु २० लाखभन्दा कम कारोबार भएता पनि दुई लाखभन्दा बढी आय भएमा त्यस्ता प्रोपराइटरसीप व्यवसाय वा फर्मले यो आय विवरण पेश गर्न नपाउने हुँदा कारोबार रकममा २० लाखभन्दा बढी प्रविष्टि गरेमा प्रणालीले गलत देखाउनेछ। 

कारोबार रकमभन्दा कट्टी हुने रकम कम भएको खण्डमा मात्र करदाताको रकम कायम हुन्छ। कारोबार रकमभन्दा कट्टी हुने रकम घटाउँदा आय रकम दुई लाखभन्दा बढी हुने भएमा विवरण दाखिला गर्न सकिने छैन।

एकै पटकमा एक वा एकभन्दा बढी आय वर्षको आय विवरण तथा कर भुक्तानी गर्न सक्ने गरी प्रणालीको विकास गरिएको विभागले जनाएको छ। -अशोक घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x