×

NMB BANK
NIC ASIA

कृषि र भेटेनरीका कार्यालय डोटी र दार्चुलामा पनि विस्तार

साउन १, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी र दार्चुला जिल्लामा आजबाट कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरी सेवा विस्तार गरिएको छ।

Muktinath Bank

यसैगरी कैलाली, डोटी, दार्चुला र अछाम जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय पनि स्थापना गरी सेवा विस्तार भएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घीयता कार्यान्वयनका क्रममा नेपाल सरकारले दिएको खाकाअनुसार प्रदेशको कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरा जिल्लामा कृषि ज्ञान केन्द्र र बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापन भई सेवा प्रवाह भइरहेको मा थप जिल्लामा यी कार्यालय स्थापना गरिएको हो।


Advertisment
Nabil box
Kumari

आजदेखि थप जिल्लामा कार्यालय स्थापना भएसँगै प्रदेशका सबै जिल्लामा कृषि र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा विस्तार भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। 

Vianet communication
Laxmi Bank

मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले गरेको निर्णयबमोजिम थप जिल्लामा कृषि र भेटेरिनरी कार्यालय स्थापना गरी सेवा विस्तार गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए। ‘‘अर्को व्यवस्था नभएसम्म अहिले यो अस्थायी व्यवस्था हो,’ उनले भने, ‘स्थायी सङ्गठन संरचना बनाउनका लागि प्रदेश सरकारको पहलमा अध्ययन पनि भइरहेको छ।’

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले सुदूरपश्चिम प्रदेशको सङ्गठन संरचनाबारे हाल अध्ययन गरिरहेको जनाइएको छ। एक जिल्लाबाट अर्को जिल्लामा गएर सेवा लिनुपर्ने कृषकहरूको समस्यालाई मध्यनजर गरी सेवा प्रवाहलाई सहज बनाउन थप जिल्लामा यी कार्यालय स्थापना गरिएको हो।

मन्त्रालयको पशुपन्छी महाशाखाका प्रमुख डा हेमराज अवस्थीले कर्मचारीको मौजुदा दरबन्दीबाट नै नयाँ थपिएका कार्यालय सञ्चालन गरेर सेवा विस्तार गरिएको बताए।  उनले भने, ‘आर्थिक मितव्ययिताका साथै न्यूनतम् व्यवस्थापन खर्च हुने गरी कार्यालय सञ्चालनमा आउन लागेका हुन्।’

देश सङ्घीय संरचनामा जानुअघि प्रदेशका सबै नौ जिल्लामा रहेका तत्कालीन ‘जिल्ला कृषि विकास कार्यालय‘ र ‘जिल्ला पशु सेवा कार्यालय‘ र मातहतका संरचनामार्फत कृषकहरूमा सेवा प्रवाह हुँदै आएको थियो। 

सङ्घीयता पछि जिल्ला कृषि विकास कार्यालयको नाम परिवर्तन गरी कृषि ज्ञान केन्द्र र जिल्ला पशु सेवा कार्यालयको नाम परिवर्तन गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राखिएको छ। सङ्घीयता पछि सञ्चालनमा आएका कार्यालयको प्रारुप भने पहिलेको भन्दा फरक रहेको छ।   

कर्णाली प्रदेश सरकारले पनि यसअघि नै सबै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गरिसकेको जनाइएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x