काेराेना संक्रमितकाे संख्या १७ हजार ३ सय पुग्याे

नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।


Advertisement

यससँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  कोभिड-१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २ सय १३ रहेको बताए।


Advertisement

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २ सय ४९ छ। कोरोना सङ्क्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्