सुनभन्दा महँगो छ यो चकलेट, एक वर्ष लगाएर पारियो तयार !

चकलेट सबैलाई मन पर्ने खानेकुरा हो। पोर्चुगलमा संसारको सबभन्दा महंगो चकलेट बनाइएको छ। यसको मूल्य लाखौंमा आउँछ। 

चकलेटलाई विशेष प्याकेजमा बेचिनेछ। गहना बेचेजसरी यो चकलेट बेचिनेछ। ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइनेछ।


Advertisement

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले यसलाई सबभन्दा महंगो चकलेटको सर्टिफिकेट दिएको छ। 

इन्टरनेसनल चकलेट फेस्टिभल अफ ओबिडोसमा चकलेट बोनबोन प्रदर्शन गरियो। यो अद्वितीय चकलेटको मूल्य १० लाख रुपैयाँ छ। चकलेटमा सुनको पोलिस लगाइएको छ। 


Advertisement

चकलेटमा अनेकौं तत्त्वहरू छन् र यसलाई बनाउन एक वर्ष समय लाग्यो । त्यसपछि यो चकलेट लग्जरी बजारका लागि तयार भयो। -एजेन्सी

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्