पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
साउन २, २०७७
कोरोना संक्रमणको विश्वव्यापी महामारीको कारण अर्बौं मान्छेका आँखा खोपतर्फ मोडिएका छन् । कोभिड – १९ को ठोस उपचार नभएको, लाखौंको निधन भएको तथा यो भाइरसले करोडौंलाई संक्रमण गरिरहेको तथा कोरोनाभाइरस लामो समयसम्म रहने आकलनको कारण खोप नै अन्तिम विकल्प भएको मानिएको छ ।
खोप निर्माणका लागि संसारका १५० भन्दा बढी प्रयोगशालामा अहोरात्र काम भइरहेको छ । ती मध्ये १८ वटा प्रयोगशाला खोप निर्माणको यात्रामा धेरै अघि पुगेका छन् ।
खोप निर्माण आफैंमा चुनौतिपूर्ण काम हो । वैज्ञानिकहरूको मेहेनत, ठूलो लगानी तथा सयौं प्रयोगशालाको क्रियाशीलताले मात्र खोप बन्दैन । खोप निर्माणका लागि गहिरो अनुसन्धान, समुचित वातावरण, आधुनिक प्रविधि तथा संयोगको ठूलो महत्त्व हुन्छ ।
कुनै खोप छिटो पत्ता लाग्छ भने कुनै खोपका लागि वर्षौं, दशकौं लाग्ने पनि हुन्छ । इबोलाविरुद्धको खोप बनाउन अनुमति दिएको १६ वर्ष भयो तर अहिलेसम्म पत्ता लागेको छैन । त्यस्तै १९८० को दशकमा देखा परेको एचाईभी / एड्सको खोप ४० वर्षसम्म पनि पत्ता लागेको छैन । यतिमात्र होइन स्वाइन फ्लु, बर्ड फ्लुलगायतका भाइरल रोगको विशिष्ट खोप अहिलेसम्म पत्ता लागेको छैन ।
खोप पत्ता लागेर मात्र हुँदैन । खोप प्रभावकारी हुनुपर्यो, साइड इफेक्ट वा कम्प्लिकेसन नभएको सुरक्षित हुनुपर्यो, इम्युन सिस्टमलाई सपोर्ट गर्नुपर्यो, खोप लगाएको व्यक्ति खोपका कारण बिरामी हुनुभएन, कामयाब खोपको अर्बौं डोज उत्पादन हुनपर्यो, नियामक निकायले स्वीकृति दिने मापदण्ड अनुसारको हुनुपर्यो तथा विश्वका हरेक देशमा पुर्याउने व्यवस्थापकीय चुनौती व्यवस्थापन गर्न सक्नुपर्यो ।
खोपले सबै उमेरका व्यक्तिमा काम नगर्न सक्छ । सामान्यतया खोपले बालबालिकामा राम्रो काम गर्छ भने पाका उमेरका व्यक्तिको रोग प्रतिरोधात्मक प्रणालीले रेस्पोन्स नगर्न सक्छ । त्यो वर्गलाई धेरैपटक खोप दिनुपर्ने हुन्छ । खोप निर्माण भएपछि शुरूका महिनामा सीमित संख्यामा उत्पादन हुनसक्छ । उक्त खोप कसलाई प्राथमिकता दिने भन्ने विषय ज्वलन्त बन्नेछ ।
शुरूको अवस्थामा जोखिम वर्गजस्तै स्वास्थकर्मी, जेष्ठ नागरिक, दीर्घबिरामीलाई प्राथमिकता दिनुपर्ने हुन्छ । विकसित राष्ट्रहरूले खर्बौं खर्च गरेर आफ्ना नागरिकका लागि खोप किन्ने होडबाजी चल्नेछ भने गरीब देशहरूले च्यारिटी वा दाताको आशा गर्नुपर्ने हुन्छ । ६०-७० % जनसंख्यालाई खोप दिइयो भने बाँकीमा हर्ड इम्युनिटी डेभलप हुन्छ भन्ने अवधारणाले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ ।
प्रयोगशालामा अनुसन्धान गरिएको खोप सिधै मान्छेलाई परीक्षण गर्ने हो भने छिटो परिणाम आउन सक्थ्यो । तर त्यो जोखिमपूर्ण एवं ‘अन इथिकल' हुन्छ ।
खोपको अनुसन्धान प्रयोगशालामा गरिन्छ भने त्यसपछि जनावर हुँदै मान्छेमा गरिन्छ । मुसा, गिनी पिग, खरायो, बाँदर आदिमा प्रयोग गरेर प्राप्त असर तथा पार्श्व असर अध्यन गरिन्छ अनि मात्र स्वयंसेवी मान्छेमा प्रयोग गरिन्छ । मान्छेमा परीक्षणको प्रक्रिया ३ चरणमा गरिन्छ । पहिलो चरणमा थोरै र स्वस्थ व्यक्तिमा गरेर खोपको Safety & Tolerability अर्थात् खोप सुरक्षित तथा सहनयोग्य छ कि छैन भनेर अनुसन्धान गरिन्छ ।
दोस्रो चरणमा धेरै व्यक्तिमा र कन्ट्रोल ग्रुपमा (परीक्षण गर्ने व्यक्तिहरूलाई अन्य व्यक्तिसँग अलग राखेर ) गरिन्छ । यसबाट खोपको Efficacy and immunogenecity अर्थात् खोप कति प्रभावकारी छ तथा इम्युन रेस्पोन्स कति गर्छ भन्ने थाहा हुन्छ । यो चरणबाट खोपको मात्रा निर्धारण गरिन्छ । यी २ चरणबाट खोप थप परिमार्जन तेस्रो चरणमा ठूलो जनसंख्यामा परीक्षण गरिन्छ र उक्त भाइरसले वास्तविक काम गर्छ कि गर्दैन भनेर निधो गरिन्छ । यो चरण पार गर्न धेरै महिना लाग्दछ । त्यसपछि विभिन्न प्रक्रिया पुर्याएर मात्र खोपलाई बजारमा ल्याइन्छ ।
हालसम्म चर्चाको अग्रणी मोर्चामा रहेका खोप यसप्रकार छन् :
रुसको सेचेनोभ युनिभर्सिटीले कोरोना भाइरसविरुद्ध खोप आविष्कार गरेको समाचार आइरहेका छन् । रुसले आगामी अगस्टको मध्यसम्म अनुसन्धान सक्ने तथा सेप्टेम्बरमा खोप बजारमा उपलब्ध गराउने दाबी गरेको छ । यो खोप रुसको गामालेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी र रुसको रक्षा मन्त्रालयले निर्माण गरिरहेको छ । यसको क्लिनिकल परीक्षण गत जुन १८ देखि शुरू गरिएको थियो र १८ जना स्वस्थ व्यक्तिमा परीक्षण गरिएको थियो । यो परीक्षणमा सहभागी सेनाका स्वयंसेवकहरूको पहिलो समूहलाई बुधबार डिस्चार्ज गरियो भने दोस्रो समूह जुलाई २० मा डिस्चार्ज हुनेछन् ।
त्यसपछि रुसले स्वयंसेवी नागरिकमा दोस्रो चरणको परीक्षण गर्नेछ । उक्त परीक्षण सफल भएमा तेस्रो चरणमा तथा तेस्रो चरणमा प्रयोग गरेको केही महिनामामात्र खोप निर्माण हुनेछ । तर अहिल्यै खोप पत्ता लागिसकेको रुसको दाबीलाई अन्य प्रयोगशालाले अस्वीकार गरेका छन् । रुसले पहिलो चरणमात्र पार गरेको आलोचकको दाबी छ । यसैबीच जुलाई १६ बिहीवार रुसका जासुसी एजेन्टहरूको साइबर ह्याकिङ ग्रुप APT29 जसलाई ‘the Dukes' वा 'cozy bear' ले चिनिन्छन्, ले अमेरिका, क्यानडा तथा युकेका प्रयोगशालाबाट प्रविधि, तरिका तथा अन्य बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन् भने रुसले त्यसको प्रतिवाद गर्दै आफूलाई त्यस्तो गर्ने जरुरी नभएको प्रतिक्रिया दिएको छ । यसबाट बुझिन्छ कि खोप निर्माणमा राजनीति समेत मिसिएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र आस्ट्राजेनेका नामक औषधि कम्पनीले संयुक्त रूपमा अनुसन्धान गरेको खोप तेस्रो तथा निर्णायक चरणमा पुगेको छ । अक्सफोर्ड युनिभर्सिटीले छिट्टै नै खोप पत्ता लागेको घोषणा गर्ने अपेक्षा गरिएको छ । यो खोप प्रयोग गरिएका हरेक चरणका सहभागीमा कोरोना भाइरसविरूद्ध प्रतिरोधक क्षमता बढाउन निकै प्रभावकारी रहेको जनाइएको छ ।
कोरोना भाइरसविरुद्धको खोप संसारका प्रत्येक देशमा आवश्यक भएकाले आपूर्ति बढाउनका लागि उत्पादक आस्ट्राजेनेकाले विभिन्न देशसँग सम्झौता गरेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियामार्फत कम्पनीले गरीब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउने सम्झौता गरेको छ । कम्पनीको १ अर्ब डोज उत्पादन गर्ने क्षमता छ भने यही सेप्टेम्बरमा ४० करोड डोज उत्पादन गर्ने कम्पनीले दाबी गरेको छ ।
अक्सफोर्ड युनिभर्सिटीले कोरोनाभाइरसको जेनेटिक कोडको सानो भागलाई मान्छेलाई हानी नगर्ने तर चिम्पान्जीलाई संक्रमण गर्ने भाइरसलाई प्रयोग गरेर खोप बनाएको छ ।
चीनको क्यान्सिनो बायोलोजिक्सले विकास गरेको भ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको ट्रायल ४ देशमा गर्ने तयारी भइरहेको छ ।
चीनको भ्याक्सिनलाई परीक्षण ४० हजार जना स्वयंसेवकमा परीक्षण गर्ने बताइएको छ । यसका लागि चीनले ब्राजिल, चिली, साउदी अरेबिया र रुससँग समन्वय गरेको छ । चीनले आफूले बनाएको खोप सुरक्षित, प्रभावकारी र प्रतिरक्षा उत्पादन गर्न सक्षम रहेको जनाएको छ ।
अमेरिकाको मोडेर्ना थेराप्युटिक्स बायोटेक्नोलोजीले मान्छेको रोग प्रतिरोधात्मक प्रणालीलाई ट्रेन गर्ने खोपमा काम गरिरहेको छ । यसको लागि उक्त कम्पनीले जीवित तर निष्क्रिय तथा कमजोर भाइरसलाई खोपमा प्रयोग गरेको छ । वैज्ञानिकहरूले ल्याबमा कोरोनाभाइरसको जेनेटिक कोड तयार गरेका छन् । यसको सानो हिस्सा मान्छेको शरीरमा सुईमार्फत प्रवेश गराएपछि कोरोना भाइरससँग लड्ने क्षमता शरीरमा विकास हुन्छ । मोडेर्नाले पहिलो र दोस्रो चरण पार गरेको हुँदा यही वर्ष उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अमेरिकन कम्पनी फाइजर र जर्मनीको बायोएनटेकले संयुक्तरूपमा बनाएको भ्याक्सिनलाई एफडीएले छोटो बाटोबाट परीक्षण गर्न सहजीकरण गरेको छ। पहिलो चरणको परिणाम आएपछि दोस्रो चरणमा ३०,००० व्यक्तिमा परीक्षण गर्ने कम्पनीले जनाएको छ ।
चीनको बुहानमा २ वटा कम्पनीले पहिलो चरण पार गरेका छन् । इटलीले खोप पत्ता लगाएको समाचार एक महिना पहिले आएपनि उक्त खोपको हालको अवस्था अज्ञात छ ।
अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीले प्रि–क्लिनिकल चरण पार गरेको छ । यो कम्पनीले अप्रिल २०२१ सम्म ६०० देखि ९०० मिलियन डोज उत्पादन गरिसक्ने दाबी गरेको छ । त्यस्तै इनोभियो फर्मास्युटिकलले ४० जना स्वस्थ व्यक्तिमा पहिलो चरणको परीक्षण गरिसकेको छ ।
त्यस्तै नोभाम्याक्सले कोरोनाभाइरसको स्पाइक प्रोटिनलाई न्युट्रलाइज गर्ने खोप अर्को वर्ष बनाइसक्ने दावी गरेको छ । सानोफी एण्ड जिएसके कम्पनीले पनि अर्को वर्ष खोप ल्याउने गरी काम गरिरहेको छ ।
केही खोप उत्पादक कम्पनीले यो वर्षको अन्त्यसम्म कोरोना संक्रमणको खोप बजारमा आइसक्ने बताएका छन् भने धेरै वैज्ञानिकले सन् २०२१ को अप्रिलसम्म कोरोनाभाइरसको खोप आउने जनाएका छन् ।
विश्वका ११५ वटा प्रयोगशालामध्ये ७३ वटाले प्रि–क्लिनिकल स्टेज पार गरेको ( प्रयोगशालाको र जनावर गरिएको परीक्षण) नेचर जर्नलले उल्लेख गरेको छ ।
अमेरिकाको मोडेर्नाको mRNA-1273, चीनको क्यान्सिनो बायोलोजिकलको Ad5-nCoV, इनोभियोको INO-4800, चीनको Shenzhen Geno-immune Medical Institute को LV-SMENP-DC र pathogen specific aAPC भ्याक्सिनभन्दा अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन छिटो आउन सक्ने अपेक्षा गरिएको छ ।
सामान्यतया खोप स्थापित हुन १० वर्षको समय लाग्छ । तर अहिले विश्वको ध्यान, साधनस्रोत, वैज्ञानिकको मेहेनत, नियामक निकायको खुकुलोपन आदिले गर्दा कोरोना संक्रमणको खोप छिटो आउने विश्वास गरिएको छ । त्यस्तै अर्को अध्ययनले बताएको छ कि विश्वमा १५ वटा भ्याक्सिन फेज १ मा, १० वटा भ्याक्सिन फेज २ मा र ३ वटा भ्याक्सिन फेज ३ अर्थात् अन्तिम चरणमा पुगेका छन् ।
अन्तिम चरणमा पुगेको केही महिनापछि विभिन्न प्राविधिक, प्रशासनिक तथा नियामक निकायको स्वीकृति पाएपछि मात्र खोप बजारमा आउँछ । यसैले विश्व स्वास्थ्य संगठन तथा अन्य नियामक निकायले खोप बजारमा सजिलोसँग आउन अझै १२ देखि १८ महिना लाग्नसक्ने बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप अन्य खोपजस्तै स्थापित हुन केही वर्ष थप लाग्नेछ ।
यो आकस्मिक अवस्थामा खोप अनुसन्धान गर्ने वैज्ञानिक, उत्पादन गर्ने कम्पनी, नियामक निकाय, नीति निर्माता, दाता समूह, जनस्वास्थ्यको सक्रियता तथा सरकारको अग्रसरताका कारण कोरोनाभाइरस विरुद्धको खोप छिटो र पर्याप्त मात्रामा उत्पादन तथा संसारभर वितरण गर्न दबाब परेको छ । महामारीको दबाब र इज्जतको प्रभावका कारण फास्ट ट्र्याकबाट छिटो खोप आउने विश्वास गरिएको छ ।
(नोट : यो लेख अनुमतिविना हुबहु या आंशिक रूपमा समेत पुन: प्रकाशन, पोडकास्ट वा कुनै माध्यमबाट पुन: प्रयोग गर्न पाइने छैन । यदि त्यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐनअनुसार कानूनी उपचार खोजिनेछ ।)
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...