कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सन्दर्भ विचार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना ‘मुना-मदन’मा तिब्बतलाई भोट भनिएको छ । तर यो देवकोटाले सिर्जना गरेको नाम होइन । चलन-चल्तीकै नाम भएको ऐतिहासिक लिखतहरूले देखाउँछन् । इतिहासशिरोमणि बाबुराम आचार्यको पुस्तक ‘चीन तिब्बत नेपाल’ मा पनि यसको उल्लेख भएको छ । स्थानीय भाषामा ‘बोद्’ले चिनिने शब्दलाई उच्चारण भेदले गर्दा नेपालीहरूले परम्परादेखि नै ‘भोट’ भन्ने गरेका हुन् । भोटका निवासी भोटे कहलिने नै भए । मध्यएसियाका निवासीहरूले मध्यकालदेखि यस भू-खण्डलाई तिब्बत भन्न थाले । फेरि यसै ठाउँलाई अङ्ग्रेजले आफ्नो जिब्रो अनुकूल ‘टिबेट’ (Tibet) भने र त्यही रूपमा विश्वभर प्रचार गरेका हुन् ।
परापूर्वकालदेखि मङ्गोलिया जस्तै तिब्बत पनि चीन साम्राज्य मातहतको देश हो । कालान्तरमा बौध्दमार्गीहरूको यस देशको शासक दलाई लामा भए । त्यही क्रममा दलाई लामाको १४औं अवतार बनेका लामा हाल भारत (धर्मशाला) मा निर्वासित जीवन बिताइरहेका छन् । उनी सन् १९५९ (विसं २०१५) मा तिब्बतबाट भारततिर लागेका हुन् । सन् १९४९ मा चीनमा साम्यवादी व्यवस्था स्थापना भएको लगत्तै पछि चिनियाँ जब जनमुक्ति सेना तिब्बत पस्यो त्यसपछि तिब्बतको परम्परागत व्यवस्था खल्बलियो । दलाई लामा र तिनका अनुयायीहरू हजारौंको संख्यामा देश छोडेर हिंडे, कोही नेपालमा शरणार्थी भई बसे, बहुसंख्यक भारत पुगे । यिनैमध्येका कतिपय चाहिँ शरण खोज्दै पछि-पछि युरोप अमेरिकामा समेत पुगेका हुन् । गतवर्ष अर्थात् २०७६ (सन् २०१९) मा प्रकाशित ‘कनेक्ट हिमाल’' नामक प्रकाशनमा छापिएको एक आलेखमा चिनियाँ प्रोफेसर वाङ डोङहोङ यस्ता तिब्बतीको संख्या विश्वभरिमा दुई लाख रहेको चर्चा गर्छन् र तीमध्ये ४० हजार नेपालमा रहेको बताउँछन् ।
परिवर्तनको असर
यसरी, तिब्बत (भोट) छुट्टै देश नरही चीनको ‘स्वशासित प्रदेश’ मा परिवर्तन हुँदा साँध जोडिएको नेपाललाई त्यसबाट राजनीतिक असर पर्नु स्वाभाविक थियो । तसर्थनेपालले त्यस परिवर्तनलाई सहसा स्वीकार गरेको थिएन । सन् १९४९ देखि १९५४ सम्मको अवधिलाई यस कोणबाट पनि हेर्न सकिन्छ । सन् १९५१ को शुरू (विसं २००७ फागुन) मा नेपालमा राणाशाही हटेपछिका तीन वर्षसम्म पनि नेपालको सरकार तिब्बतबारे एकप्रकारले मौन रह्यो । बरु त्यसबीचमा भारतका प्रधानमन्त्री नेहरू चीन गए र तिब्बतलाई चीनको अभिन्न अङ्ग मान्नेगरी सन् १९५४ मा सम्झौता नै गरेर फर्किए । र, दिल्ली फर्केपछि नेपालमा भारतको ‘विशेष स्थान’ छ भन्ने कुरो समेत चीनले मान्यो भनेर पत्र-पत्रिका मार्फत प्रचार गराए । यस्तो कुरो नेपालको सार्वभौम स्वतन्त्रतामा ‘धक्का लाग्ने’ किसिमको भएकोले स्पष्ट गरिदिनोस् भनेर आफूले परराष्ट्र सचिव आर.के. नेहरू लगायतसँग कुराकानी गरेको बेहोरा राजदूत महेन्द्रविक्रम शाहले काठमाडौंमा पठाएको जाहेरी (पत्र) मा उल्लेख छ ।
यथार्थमा, परराष्ट्रको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री नेहरूको त्यस बेलाको नीतिबारेका लेखापढी हेर्ने जोसुकैले त्यो नेपालको हित अनुकूल नरहेको निष्कर्ष निकाल्न सक्छ । राजा त्रिभुवन र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई बेला-बेलामा लामा-लामा चिट्ठी लेखेर परराष्ट्र मामिलाको जिम्मा आफूले लिने प्रयत्न गर्दथे—यसको चर्चा कोइरालाको संस्मरणात्मक पुस्तक (विसं२०६५)मा भेटिन्छ । कहिले राष्ट्रसंघमा सदस्य हुने नेपालको इच्छालाई अमेरिकीहरू मार्फत ‘मतदान गर्न नपाउने स्तरको सदस्यता मात्र’ दिलाउने सिफारिश गर्ने, कहिले चिनियाँहरूसँग व्यवहार गर्न असाध्य गाह्रो छ है भनेर नेपालकै नेतागणलाई भनिदिने, कहिले नेपाल-तिब्बत सन्धि (सन् १८५६) अन्तर्गत नेपालले प्राप्त गर्दै आएको वार्षिक १० हजार रुपिञाको सलामी (सिर्तो) नेपालले लिन छोडिहाल्नु पर्छ भनेर निर्देशनको शैलीमा पत्र लेख्ने ।आदि,इत्यादि ।
समानताको आधार
यता चीन भने नेपालसँग बेग्लै दौत्य सम्बन्ध राख्न व्यग्र ।अर्थात् दिल्लीमा चीनका राजदूत चाहिँ समानताको आधारमा आफ्नो देश नेपालसँग जतिसकेको चाँडो दौत्य सम्बन्ध स्थापना गर्न इच्छुक रहने । राजदूत विजय शम्शेरले प्रधानमन्त्री कोइरालालाई पठाएको जाहेरी (३ जुलाई १९५३) मा अघिल्लो दिन मात्र चीनका राजदूतले आफूलाई भेट्दा टिपाएको सन्देशको उतार (अङ्ग्रेजी) नै सामेल गरेका छन् । त्यस उतारमा नेपाल-तिब्बत सन्धिको पनि उल्लेख छ र चीनसँग दौत्य सम्बन्ध स्थापना भैसकेपछि आपसी हित र आपसी सम्मानको आधारमा सन्धिविषयक प्रश्नको हल खोजिने छ भनेर नेपाललाई आश्वस्त पारिएको छ । यसपछि नेपाल सक्रीय त भयो तर सम्झौता-वार्ता समेतका सबै प्रक्रिया पूरा गरेर दौत्य सम्बन्ध गाँस्ने काम भने सन् १९५५ को अगष्ट (विसं२०१२) मा आएर मात्र सम्पन्न भयो । त्यस बखत महेन्द्र राजा भईसकेका थिए । केही महिनापछि नेपाल संयुक्त राष्ट्रसंघको सदस्य पनि भयो ।
चीनसँगको मित्रता त्यसपछिका वर्षहरूमा घनिष्ठ र बाक्लो हुँदै गएको पाइन्छ । सन् १८५६ को नेपाल-तिब्बत सन्धिको ठाउँमा ठीक एकशय वर्षपछि सन् १९५६ को सेप्टेम्बर २० मा नेपाल-चीन मैत्रीसन्धि भयो जसको साथमा आदानप्रदान भएका पत्रहरूमा तिब्बतसम्बन्धी व्यवस्था मिलाइयो । नेपालले ल्हासामा महावाणिज्यदूत राख्न पाउने भयो । ल्हासामा अहिले पनि नेपालको बाहेक अन्य कुनै देशको कूटनीतिक नियोग छैन । अनि सन् १९६१ मा सीमासन्धि भै तदनुसार सिमाना निर्धारणको काम केही वर्षभित्रैमा सम्पन्न भएको देखिन्छ । कूटनीतिक सम्बन्धपछि चीनले नेपालको पूर्वाधार विकास र आर्थिक स्तरोन्नतिमा सहायक हुने अनेक प्रकारका सहायता प्रदान गर्दै आएको छ ।
चीनसँग सिमाना जोडिएका १४ वटा देशहरूमा नेपाल एक हो, तर चीनले नेपाललाई परम्परागत सम्बन्धको कारण प्राथमिकतामा राखेको हुन सक्छ । यसभन्दा पनि महत्वपूर्ण कारण नेपालको सिमाना तिब्बतसँग पर्नु र त्यो चीनको संवेदनशील प्रदेश हुनु हो भन्ने कूटनीतिकवृत्तको विश्लेषण रहने गरेको छ । बेला-बेलामा काठमाडौंका सडकमा पश्चिमीजगत्को उक्साहटमा देखिने ‘फ्री टिवेट’का पर्चा-प्रचारका प्रसङ्गले बेइजिङलाई झस्काउने गर्दछ ।
सावधानी\समझदारी
जे होस्, समयको अन्तरालमा चीन विश्वशक्तिको रूपमा चिन्नुपर्ने मुलुक भएको छ । सोभियत संघको विघटनपछि अमेरिकाको प्रतिस्पर्द्धामा आएको चीनको सामरिक र आर्थिक शक्तिसित बाँकी विश्व परिचित छ । सम्भवतःयसै कारणले हो, केही सातायता भारत र चीनबीच लद्दाखको सीमाक्षेत्रमा देखिएको तनाउ लडाञीमा परिणत हुने जोखिम कम छ भन्ने आकलन केही टिप्पणीकारहरूबाट आइरहेको छ । अर्को कुरा, भारत र चीन दुबै एसियाका ठूला र छिमेकी देश भएकोले एकै महादेशका दुई देशमाझ खल्बली प-यो भने अर्को महादेशको कुनै देश हस्तक्षेपको लागि तानिएर आउन सक्छ । यो वास्तविकता दिल्ली र बेइजिङ दुबैले बुझेका छन् । तसर्थ एसियामै विभाजन आउने, गराउने र खर्चिलो समेत हुने युद्धमा यिनीहरू होम्मिने सम्भावना न्यून देखिएको हो ।
एसिया र त्यसमा पनि दक्षिण एसियालाई दृश्यपटलमा राखेर पारस्परिक सम्बन्धको लेखाजोखा गर्ने सिलसिलामा एकपल्ट प्रोफेसर यदुनाथ खनालबाट यस्तो कथन आएको रहेछ :-“ चिनियाँहरू यथार्थवादी छन् । उनीहरू नेपाल-चीन सम्बन्ध, नेपाल-भारत सम्बन्ध र चीन-भारत सम्बन्ध अलगअलग र स्वतन्त्र सम्बन्ध हुन् भन्ने मान्छन् । ...नेपाल-भारत मैत्रीको स्थानापन्न हुन सक्तैन भन्ने पनि मानेका छन् । ...भारत-चीन मित्रताको स्थानापन्न हुन सक्तैन भन्ने भन्ने कुरामा पनि उनीहरू स्पष्ट छन् ।“ जयराज आचार्यद्वारा लिखित यदुनाथ खनालः जीवनी र विचार पुस्तक (साझा प्रकाशन, २०५९) मा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिबारे खारिएका यस्ता अवधारणा एवं व्याख्याहरू प्रशस्त भेटिन्छन् । जग-जाहेर कुरो हो, खनालसँग भारत र चीन दुबै देशमा राजदूत भई काम गरेको अनुभव थियो । र, एकपल्ट अमेरिकामा राजदूत र दुईपल्ट नेपालमै परराष्ट्र सचिवको ओहोदा सम्हाल्ने दुर्लभ व्यक्तित्व हो खनालको ।
विश्वसम्बन्धका आयाम र प्राथमिकता गतिशील हुन्छन् । वि.सं. २०६१ असोजमा खनालको निधन भएयता गठबन्धन र समीकरणहरूमा टड्कारो परिवर्तन आएको छ । तथापि विश्वव्यवस्थाका मूलभूत मान्यताहरू यथावत् नै छन् । भारत र चीन दुबैले यो यथार्थ बुझेकै होलान् । नेपालको हित दुई छिमेकी देशसँग सन्तुलित सम्बन्ध राख्नुमा छ । उनीहरूबीचको विवादमा संलग्न नरहनु बुद्धिमानी हुन्छ । सन् १९६२ (वि.सं. २०१९) मा भारत-चीन युद्ध हुँदा नेपालले यही नीति अख्तियार गरेको थियो । र, दुबै जुझारू पक्षले नेपाललाई पर्नसक्ने अप्ठ्यारोप्रति समझदारी देखाएका थिए ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...