मौद्रिक नीति आउँदै, कोरोनाले शिथिल अर्थतन्त्र उठाउला त ?

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लोकान्तरकर्मी देवकोटा आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

कोरोना महामारीका बीच नयाँ आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

 सो नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड)ले बिहान बसेको बैठकबाट पारित गरेको छ । 


Advertisement

बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । 

कोरोना महामारीबाट ग्रस्त अर्थतन्त्र उकास्नका लागि मौद्रिक नीति आउने छ । 


Advertisement

कोरोना महामारीका बीच गभर्नर महा प्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीतिमा ऋणीलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

स्रोतका अनुसार, ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको छ । 

जसअनुसार बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।

यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । 

यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म पुर्‍याउनेसम्मका योजना मौद्रीक नीतिमा उल्लेख गरिएको स्रोतले बताएको छ । 

 

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्