खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि उच्च

गत जेठ महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि उच्च देखिएको छ ।

सो महिनामा दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च देखिएको हो ।


Advertisement

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को एघार महिनाको वित्तीय स्थिती सार्वजनिक गर्दै सो महिनामा मूल्यवृद्धि उच्च देखिएको जनाएको हो । 

समिक्षा अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको छ । 


Advertisement

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७६ जेठमा यी क्षेत्रहरुमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

जेठमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३२ प्रतिशत रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्