सञ्चय कोषले विभिन्न शिर्षकमा लागू गर्‍यो नयाँ ब्याजदर

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने विभिन्न सेवामा नयाँ ब्याजदर लागू गरेको छ । 

नयाँ ब्याजदर श्रावण १ गतेदेखि लागू हुनेगरी निर्धारण गरिएको हो । 


Advertisement

कोषका अनुसार सञ्चय कोष रकममा प्रदान गर्ने ब्याजमा ब्याजदर ७ प्रतिशत बनाएको छ ।

यस्तै निवृत्तभरण कोषमा रकम प्रदान गर्ने ब्याज ७ प्रतिशत, सञ्चयकर्ता विशेष सापटीमा लिने ब्याज ८.२५ प्रतिशत कायम गरेको छ । 


Advertisement

कोषले सञ्चयकर्ताको घर सापटीमा लिने ब्याजमा दुई वटा ब्याजदर कायम गरेको छ ।

जसअनुसार ४९ लाख वा सोभन्दा कम प्रवाह भएको सापटीमा ८.५० प्रतिशत र ४० लाखभन्दा बढी सापटीमा ८.७५ प्रतिशत ब्याजदर कायम भएको छ । 

सञ्चयकर्ता शैक्षिक सापटी र घर मर्मत सापटीमा लिने ब्याजमा ८.५० प्रतिशत, सरल चक्र कर्जामा लिने ब्याज ९.०० प्रतिशत कायम गरेको छ । 

यस्तै निवृत्तभरण कोषमा आर्थिक वर्ष २०७६/७७ का लागि सञ्चय कोष रकममा प्रदान गरे सरह वार्षिक ब्याजदर ८.२५ प्रतिशत कायम गरेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्