मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य !

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यसवर्ष मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य प्रस्तुत गरेको छ ।

१५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । 


Advertisement

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक ५ सय र विकास बैंकले ३ सयवटा कर्जा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले कोरोनाभाइरस (कोभिड १९)को असर परेका कर्जाको पुनर्तालिकीकरण गर्ने भएको छ । अब कोभिडप्रभावित उद्यमी तथा व्यवसायीले कर्जाको पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । 


Advertisement

कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । चालु आर्थिक वर्षको शुरूदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो ।

यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

शेयर धितो कर्जाको सीमा ७० प्रतिशत

अब शेयर लगानीकर्ताले बैंकबाट शेयर धितोमा कर्जा लिँदा धितोको ७० प्रतिशतसम्म लिन सक्नेछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो ।

यो व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्