×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना घट्दै, ३ हजार ३०० परीक्षणमा ५७ मात्रै संक्रमित

साउन ३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।

Muktinath Bank

गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । बिहीवार १६७ र शुक्रवार १०१ जनामा कोरोना देखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौबीस घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका २ र तेह्रथुमका २, कोशी अस्पताल विराटनगरमा इलामका १ र मोरङका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका १, नारायणी अस्पताल वीरगञ्जमा बाराका १ जनालाई कोरोना देखिएको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २, नुवाकोटका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका १, पर्वतका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ र पाल्पाका २, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका १, दैलेख पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका ४, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका १ र रुकुमपश्चिमका ३ जनामा कोरोना देखिएको छ ।
 
डडेल्धुरा अस्पतालमा डडेल्धुराका २, बझाङका २ र डोटीका ७, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका १ गरी शनिवार जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ छ । संक्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय संक्रमण रहने दुवैको जम्मा संख्या १७ हजार ५०२ पुगेको छ ।

Vianet communication
Laxmi Bank

विगत २४ घण्टामा २७ प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिले क्वारेन्टीनमा रहेका व्यक्तिको संख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका संक्रमित व्यक्तिको संख्या ५ हजार ८२५ छ । कोभिड–१९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १०३ रहेको छ । शनिवारसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । 

मन्त्रालयको २ वटा कल सेन्टरबाट ७६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको संख्या १ लाख ६० हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ताको संख्या ८७ हजार २८१ छ । जम्मा इन्ट्री गरिएको संख्या ६७ हजार ८४७ रहेकामा शनिवार ७० जनाले इन्ट्री गरेका छन् ।

रेडजोनमा परेकाको जम्मा संख्या ५२७ छ । शनिवार कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको संख्या ३० लाख ५१ हजार ५०० छ । भाइबर ग्रुपमा जोडिनेको संख्या ४ लाख ६ हजार ४२४ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x