×

NMB BANK
NIC ASIA

७५ वर्षीय सांसद 'कान्छी थकाल्नी': कम्युनिस्ट कुट्ने विगत, संसद्‍मै महादेव प्रकट हुने भाषण !

साउन ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सिंहदरबारस्थित संसद् सचिवालयमा आइतवार आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।


Advertisment
Nabil box
Kumari

नेकाको समानुपातिकतर्फको बन्द सूचीको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम ६ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो । 
 
गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पुर्‍याएको पृष्ठभूमि जोडिएको छ ।

Vianet communication
Laxmi Bank

शपथपछि उनले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरो रूपमा आवाज उठाउने प्रतिक्रिया दिइन् ।

उनले भनिन्, 'हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।'

को हुन् ज्वारचन ?

(वि.सं. २०७३ मा लोकान्तर डट्कमले रूपान्तरित संसद्की तत्कालीन सांसद ज्वारचनसँग सम्बन्धित एक फिचर प्रकाशित गरेको थियो । त्यसमा थोरै सम्पादनसहित पाठकहरूसमक्ष पुन: पेश गरेका छौं : सम्पादक)

पहेंलो पछ्यौरी, पहेंलो टीका र काँधमा छड्के झोला बोकेकी एकजना वृद्धा दिउँसो प्रायः सिंहदरबारमा मन्त्रालय चाहार्दै हिँडिरहेकी भेटिन्छिन् ।

झट्ट हेर्दा देवघाटकी ‘भक्तेनी’ जस्ती देखिने ती महिला व्यक्तिगत भनसुनका लागि भन्दा पनि जिल्लामा विकास निर्माणका आयोजना माग्दै मन्त्री र सचिवको कोठामा धाइरहेकी हुन्छिन् ।

मन्त्रालयमा धाइरहने ती वृद्धा हुन्– नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन अर्थात ‘कान्छी थकाल्नी’ । गुल्मी, पाल्पा र रुपन्देही आसपासमा सुवर्ण ज्वारचनभन्दा ‘कान्छी थकल्नी’ नाम लोकप्रिय छ ।

त्यसो त नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि उनलाई ‘कान्छी दिदी’ भनेर सम्बोधन गर्दथे, भलै उमेरले उनी भट्टराईभन्दा कान्छी भएपनि ।

खरो स्वभावकी तर दयावान ‘समाजसेवी’ नेत्रीको रूपमा उनले आफ्नो परिचय बनाएकी छिन्, गुल्मी आसपासमा ।

जतिबेला नेपालका आम महिलाहरू राजनीतिको ‘र’ उच्चारण गर्न डराउँथे, त्यो बेलादेखि सुवर्ण ज्वारचन राजनीतिमा होमिएकी थिइन् ।

‘त्योबेला कोही पनि आउन नमान्ने, कार्यक्रम गर्नुपर‍्‍यो भने घरघर बोलाउन जानुपर्ने,’ २५ वर्षअघिका दिन सम्झँदै सुर्वण भन्छिन्, ‘आजभोलि त कार्यक्रम गर्ने भन्यो भने पुरुषभन्दा महिला धेरै आउँछन् ।’

पञ्चायतविरुद्ध संघर्ष

पञ्चायतविरुद्ध विक्रम संवत् २०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी भएकी सुवर्णले पश्चिम नेपालमा एकजना ‘क्रान्तिकारी’ महिला नेतृत्वको रूपमा छवि बनाएकी छिन् ।

अहिले पनि सुवर्ण अर्थात ‘कान्छी थकाल्नी’को नाम सुन्दा कतिपयका रौं ठाडा हुन्छन् । कम्युनिस्टप्रति अनुदार रहेको आरोप लाग्ने उनले जिल्लामा कम्युनिस्ट कार्यकर्तालाई झापड हानेको समेत आरोप लाग्नेगर्दछ ।

२०४८ सालमा सरकारको नेतृत्व गरेपछि देशभर कांग्रेसका कार्यकर्ता उग्र र कम्युनिस्टविरोधी बनेका थिए । ‘धेरै कठिन संघर्ष गरियो, माओवादीले झण्डै मारेका, रातभर हिँडेर खालि खुट्टा रिडीसम्म आएर बाँचें,’ उनले सुनाइन् ।

२०४९ सालमा गुल्मी जिल्लाको जिविस उपसभापति निर्वाचित भएपछि उनी झन् चर्चित भइन् ।

राजनीतिभन्दा पनि उनको परिचय समाजसेवाको क्षेत्रमा चर्चित छ । सम्पूर्ण देशको लागि नीति बनाउने हैसियतमा उनी छैनन्, तर आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि उनी रात दिन सक्रिय छिन् ।

‘रिडी, रुद्रवेणी वामीटक्सारसम्म बाटो बनाउन धेरै लडेँ, कतिपटक काठमाडौं धाएँ, धेरै दुःख गरेर बाटो बनाइयो, अहिले जनतालाई सुविस्ता भएको छ,’ सुवर्णको कथन छ ।

वि.सं २००२ मा गुल्मीमा जन्मिएकी सुवर्ण ७१ (हाल ७५) वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छिन् ।

‘यो सरकार बनेपछि म ५० पटक नपुगेको कुन मन्त्रालय होला ? चारवटा बाटोको माग गर्दै विजय गच्छेदारकोमा गएकी थिएँ,’ सुवर्णले भनिन्, ‘दुईवटा ‘कन्फर्म’ भयो भनेका थिए, ठगेछन् ।’

बीपीले टिकट नदिएपछि केआई सिंहको पार्टीमा

परिवारको राजनीतिक पृठभूमिका कारण सुवर्ण राजनीतिमा होमिएकी थिइन् । दाजु कांग्रेसका नेता, दिदी पञ्चायतकी सदस्य ।

सुवर्णका दाजु डिठ्ठा तामुजन लालचन नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए । लालचनलाई भेट्न श्रीभद्र शर्मा, थिरबम मल्लजस्ता नेता उनको घरमा पुग्थे । यो २०१५ साल आसपासको कुरा हो ।

पहिलो संसदीय निर्वाचनमा बीपी कोइरालाले क्याप्टेन गिरिबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएपछि लालचनले डा. केआई सिंहको पार्टीबाट चुनाव लड्ने निधो गरे ।

त्यतिबेला गुल्मीमा दुईवटा निर्वाचन क्षेत्र थिए । वार गुल्मी र पार गुल्मी भनेर बडियार खोलाले सिमाना छुट्ट्याइएको थियो ।

केआई सिंहको पार्टीको चुनाव चिह्न थियो– धानको बाला । त्यो बेला एउटा गीत चर्चित बनेको थियो, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो ।’ चुनावमा सुवर्णका दाजुले १५ सय भोटले चुनाव हारे ।

क्रान्तिकारी कांग्रेसका उम्मेदवारको घरमा दिदी सुकदेवी लालचन भने पञ्चायत सदस्य बनिन्, तर पनि राजनीतिक सहिष्णुता कायम थियो ।

‘पञ्चायतका मानिस आउँदा म चुप बस्थें, कांग्रेसका मान्छे आउँदा दिदी चुप बस्ने,’ ज्वारचनले पुराना दिन सम्झिइन् ।

जिल्लामा पार्टी स्थापनाका लागि गिरिजाप्रसाद कोइराला २०३३ सालमा गुल्मीमा पुगेका थिए ।

त्यतिबेला कांग्रेसको सदस्य बन्ने महिला फेला पार्न मुस्किल थियो । भागवत ज्ञवालीको अध्यक्षतामा गठन गरिएको कार्यसमितिमा सुवर्ण सदस्य बनिन् ।

‘मलाई राजनीति गरेर केही लिनु छैन, आफ्नो ठाउँलाई केही गर्न सके भने त्यही ठूलो कुरा हो,’ उनी भन्छिन् ।

बोटेका छोराछोरी पढाउन स्कूल

सुवर्णको पहल र सक्रियतामा गुल्मीको चोरकाटेमा प्रावि स्कूलको स्थापना भयो, पञ्चायत सरकारले एकजना शिक्षक दिएपछि ।

‘अहिलेको जमानामा केटाकेटीलाई पढाउनुपर्छ भनेर स्कुल खोलियो, तर शुरूशुरूमा केटाकेटी आएनन्, पिपलगेडी मिठाई बाँडेर पनि विद्यार्थीलाई तान्यौं,’ सुवर्णले भनिन् ।

‘प्राविलाई निमावि तहमा स्तरोन्नति गर्‍यौं, तर तलब दिन सकिएन । गुरु परमानन्दलाई लगेर गुल्मी जिल्लामै धान्याञ्चल महायज्ञ गर्‍यौं र स्कूललाई प्रस्तावित मावि बनायौं । अहिले त्यहाँ उच्च मावि बनाएका छौं । धान्याञ्चल महायज्ञपछि चोरकाटेको नाम परिवर्तन गरेर परमानन्द नगर राखियो ।’

‘अमेरिका अस्ट्रेलिया जान नसक्ने विद्यार्थीले आफ्नै गाउँमा स्तरीय शिक्षा पढ्न पाउन् भन्ने मेरो सपना हो । अहिले पनि विद्यार्थीहरू बिहानभरि पढेर घाँसका भारी लिएर घर जान्छन्,’ सुवर्ण भन्छिन् ।

‘क्याम्पस पढ्नका लागि काठमाडौं, बुटवल जान नपरोस् भन्ने मेरो चाहना हो ।’

हिन्दू धर्मकी कट्टर भक्त

सनातन हिन्दू धर्मकी पक्षधर सुवर्णको चिनजान भारतको प्रसिद्ध तीर्थ हरिद्वारका पुजारीहरूसँग छ । 

धर्मनिरपेक्षताको विरोधमा सुवर्णले संसद्मा गरेको एउटा सम्बोधन चर्चित बनेको थियो– ‘संविधानमा धर्मनिरपेक्षता राख्नुभयो भने भगवान् शिव प्रकट भएर तपाईंहरूलाई खरानी बनाउनुहुनेछ ।’

संविधानमा धर्मनिरपेक्ष राखिएपनि त्यसलाई हटाएरै छाड्ने उनको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x