१० करोड क्षतिपूर्ति माग्दै सम्राज्ञीविरुद्ध भुवन केसीले दायर गरे मुद्दा

नायक तथा कलाकार भुवन केसीले १० करोड क्षतिपूर्ति माग दाबीसहित नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

नायक केसीले आफूविरुद्ध गालीबेइज्जती गरेको भन्दै शुक्रवार अदालतमा उपस्थित भएर नायिका शाहविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए । 


Advertisement

‘१० करोड माग दाबी गरेर नायक भुवन केसीले नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दायर गर्नुभएको छ,’ कार्कीले लोकान्तरसँग भने ।

फिल्ममा काम गर्दा आफूमाथि दुर्व्यवहार गरेको आरोप सम्राज्ञीले असारमा सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।


Advertisement

उनले फिल्म ‘ड्रिम्स’ मा काम गर्दा निर्माता भुवन केसीले दुर्व्यवहार गरेको आरोप लगाएपछि यी दुईबीच सामाजिक सञ्जालमै दोहोरी चल्दै आएको थियो ।

सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरू पनि पक्षविपक्षमा बहसमा उत्रिँदै आएका छन् ।

सामाजिक सञ्जालमा आरोपप्रत्यारोपको लामो श्रृंखलापछि केसीले अदालतको ढोका ढक्ढक्याएका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्