×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन लागेको आरोप लगाउँदै कडा ढंगले प्रस्तुत भएका छन् ।

Muktinath Bank

केही महिनायता नेकपामा देखिएको संकट केपी ओलीकै कारण पैदा भएको भन्दै उनले ओलीले नै एमाले नामको दल निर्वाचन आयोगमा दर्ता गराउन पहल गरेको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसका सन्दर्भमा शुक्रवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विचार र संघर्षको बलमा मात्र पार्टी एकता हुने उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

उनले २०१४ सालमा कम्युनिस्ट पार्टीको नीति पुष्पलालको र नेतृत्व अर्कैको भएको स्मरण गर्दै त्यसले कम्युनिस्ट आन्दोलन धरासायी बनाएको टिप्पणी गरेका छन् ।

Vianet communication
Laxmi Bank

जसको नीति हो त्यसको नेतृत्व नभएको भन्दै उनले त्यतिबेलाको परिस्थितिलाई अहिलेको परिस्थितिसँग जोड्न खोजेका थिए । 'नीति एउटा पारित हुने, नेतृत्व अर्को हुने हो कि भनेर हामीले अहिले हाम्रो पार्टीमा पनि हेर्न जरुरी छ जस्तो मलाई लाग्छ,' उनले भने ।

उनले घुमाउरो भाषा प्रयोग गर्दै नीति समाजवादउन्मुख जनताको जनवाद हुने तर ओलीले जनताको बहुदलीय जनवादको रट नछाडेको र यसले पार्टी एक हुन नसक्ने बताए ।

पार्टी फुट्न पनि सक्छ !

प्रचण्डले पार्टीभित्र चलेको संघर्ष समाजमा चल्ने संघर्षको प्रतिविम्ब रहेको बताए ।

'जबसम्म कम्युनिस्ट पार्टी रहन्छ तबसम्म पार्टीभित्र संघर्ष चलिरहन्छ । समाजमा चलेको संघर्षकै रिफ्लेक्सन पार्टीभित्र चल्ने हो,' उनले भने, 'एकता, संघर्ष र रूपान्तरणपछि नयाँ आधारमा एकता हुन पनि सक्छ र फूट पनि हुन सक्छ ।'

प्रचण्डले एकता विधि र पद्धतिका आधारमा हुने कुरामा जोड दिँदै भने, 'एकता चोचोमोचो मिलाएर हुने कुरा होइन । विचार संघर्षको बलमा नै कम्युनिस्ट पार्टीभित्र एकता हुने हो । एकता संघर्षद्वारा हासिल गरिने कुरा हो । संघर्षबाट एकतै प्राप्त हुन्छ भन्ने कुनै जरुरी छैन । एकता संघर्ष रुपान्तरण पछि नयाँ आधारमा एकता भएन भने पार्टी फुट्न सक्छ ।'

उनले पार्टीभित्र भएको संघर्षलाई संकेत गर्दै एकतै हुनुपर्छ भन्ने आदर्शवादी भ्रममा नरहन सबैलाई आग्रह गरे ।

सरकारका बारेमा कतिबेला नराम्रो समाचार सुन्नुपर्ने हो ? सन्त्रास पैदा भयो !

प्रचण्डले सरकारका कामकारवाहीमाथि पनि असन्तुष्टि प्रकट गरे ।

सम्बोधनका क्रममा उनले भने, 'स्थायी  कमिटीको बैठक के हुन्छ, एकता सफलतापूर्वक टुंगिन्छ कि नाई भन्ने प्रश्न छन् । ती प्रश्नहरू हामी अनुभूत गर्छौं । हामीले गठबन्धन गरेर चुनाव लड्दा र साझा उम्मेदवार लैजाँदा हामीले प्रतिबद्धता व्यक्त गर्दा यो गर्छौं, ऊ गर्छौं भनेर भनेका थियौं । सामूहिक रूपले समृद्ध र विकसित नेपाल बनाउछौं र समाजवादी अर्थतन्त्र निर्माण गर्छौं भनेर देशव्यापीरूपमा अभियान चलाउँदै गर्दा भरोसा पैदा भएको थियो, यहाँ आउँदा कति कायम राख्यौं, कति कायम राख्न सकेनौं, त्यसको बहस स्थायी कमिटीमा हुन्छ ।'

उनले बिहानबेलुका सरकारका बारेमा कतै गलत र नहुने समाचार त सुन्नु पर्दैन भनेर आफू सन्त्रासमा बाँचिरहेकोसमेत बताए । 'बिहान बेलुका के नहुने समाचार सुन्नुपर्ने हो भन्दै सन्त्रास किन पैदा भयो ? आजको यक्ष प्रश्न यही नै हो । पार्टीमा यही प्रश्नको जवाफ खोज्ने जमर्को हामीले गरिरहेका छौं,' सम्बोधनका क्रममा प्रचण्डले भने ।

सामूहिक निर्णय नमान्ने ? व्यक्ति नै सर्वेसर्वा ?

उनले सम्बोधनकै क्रममा केन्द्रीय कमिटीको बैठक २ वर्षसम्म बोलाउन नसक्ने अवस्था आएको बताए ।

'हामीले सामूहिक जिम्मेवारी लियौं कि लिएनौं भन्ने कुरा हेर्दा २ वर्षसम्म केन्द्रीय समितिको बैठक गर्न सकेनौं,' उनले भने, 'समस्या आउँदा सामूहिक छलफल गर्ने र त्यसबाट आउने निचोडलाई कार्यान्वयन गर्ने हाम्रो पद्धति खल्बलिएको छ । बैठक नै नबसेपछि सामूहिक निर्णय भन्ने कुरै भएन ।'

उनले पार्टी भनेको विवेक र सरकार भनेको सत्ता रहेको बताए ।

'विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ,' उनले भने, 'पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । सत्ताले पार्टीमाथि हैकम चलाउने काम गर्‍यो भने त्यो गैरवैज्ञानिक हो । दुई वर्ष हेर्‍यौं भने सरकारले पार्टी चलाउने काम भएको हो कि भन्ने देखिन्छ ।'

बैठक राख्न नै कसरत गर्नुपर्ने !

प्रचण्डले बैठक नै नराख्ने र राखिहाले पनि ओली सहभागी नहुने कुराप्रति आपत्ति जनाएका छन् ।

सम्बोधनका क्रममा उनले भने, 'शृंखलाबद्ध उठेका सुशासनका प्रश्नहरू, हामीले विचारलाई प्राथमिकता दिने या पावरलाई प्राथमिकता दिने भन्ने प्रश्नमा कसरी गइरहेका छौं ? हुँदाहुँदा हाम्रो पार्टीमा बैठक बस्न नै निकै कसरत गर्नुपर्ने र बैठक बसेपछि त्यसको ओज र गरिमालाई कायम राख्ने कि नराख्ने अर्कोथरी डिबेटहरू सुन्नु परिरहेको छ ।'

समयमै नक्सा प्रकाशन गर्नुपर्छ भन्ने चाहिँ राष्ट्रघाती, ढिलो गर्ने चाहिँ राष्ट्रवादी ?

प्रचण्डले नक्सा प्रकाशित गरेका कारण आफूलाई हटाउन भारत र पार्टीभित्रकै केही नेताहरू लागिपरेको भन्ने प्रधानमन्त्री ओलीको बोलीमाथि पनि धावा बोलेका छन् ।

'पार्टीले जतिबेला सामूहिक निर्णय गर्छ त्यो सापेक्षिक रूपले सही हुन्छ । राष्ट्रियताको विषयमा नक्साको विषय उठ्यो र नेपाली भूमिलाई समेत गाभेर नक्सा बनाइयो,' उनले भने, 'त्यतिबेला स्थायी समितिको बैठकको अध्यक्षता गरेको थिएँ मैले, भारतले गलत गर्‍यो र हामीले हाम्रो भूमि लिएर नक्सा प्रकाशन गर्नैपर्छ भनेर निर्णय गरियो र सरकारलाई नक्सा प्रकाशन गर्न ढिलो गर्न हुँदैन भनेर सुझाव दिइयो ।'

उनले थपे - 'सरकारले नक्सा निकाल्ने भन्दा भूमि नै फिर्ता गर्ने भनेको कुरा भनेको सुन्नुभयो होला । माघमा बसेको केन्द्रीय समिति बैठकमा नक्सा छिटो प्रकाशित गर्नुपर्‍यो भन्ने निर्णय भयो । त्यसपछि अन्तिममा आउँदासम्म पनि नक्सा प्रकाशित हुने छाँट देखिएन । हामीले नक्सा प्रकाशित गर्नुपर्ने कुरा नीति कार्यक्रममा पार्नुपर्छ भनेर भन्यौं र प्रधानमन्त्री पनि मान्नुभयो ।'

उनले पार्टीले मात्र निर्णय गरेर नपुग्ने र त्यसलाई वैधानिकता दिन सरकारको आवश्यकता रहेको भन्दै सरकारलाई धन्यवादसमेत दिएको स्मरण गरे ।

'पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्न खोजियो भने त्यो इमान्दारिता हुँदैन,' प्रचण्डले भने, 'यो सबैको राष्ट्रिय एकताको प्रतिफल हो, कम्युनिस्ट पार्टीको सामूहिक विवेकको अभिव्यक्ति हो । त्यही पार्टी जसले यो नक्सा समयमै प्रकाशित गर्ने निर्णय गर्‍यो, त्यसका नेताहरू राष्ट्रघाती र दलाल, जसले यति ढिलो गर्‍यो त्यो चाहिँ राष्ट्रवादी हुने भन्ने कुरा इमान्दारिता होइन ।'

ओलीले निर्वाचन आयोगमा एमाले दर्ता गर्न पहल गरे !

उनले पार्टीमा सबै ठीकठाक रहेको आफूले नदेखेको बताए ।

'पार्टी संकटमा छ,' उनले भने, 'अहिले ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य होइन । पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले, हाम्रो पार्टीको अर्का अध्यक्षकै पहलमा दर्ता भएको छ । यो सबैले देखेको कुरा हो । अहिले देशभरि केही कार्यकर्ताहरूलाई नाराजुलुसमा लगाउने कोशिश भएको छ । पार्टीमा छलफल गरिरहेका छौं तर मुर्दावाद र जिन्दावाद को जुलुस भएको छ ।'

उनले पार्टीका नेता कार्यकर्ताहरूले के गरौं भनेर सोध्ने गरेको तर आफूले एकताको पक्षमा धैर्यताका साथ उभिनुहोस् भनेर आग्रह गरेको बताए ।

'साथीहरूले सोध्छन् देशभरि, हामीले पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौं,' उनले भने ।

जबजलाई निषेध गरेका छैनौं !

प्रचण्डले जनताको बहुदलीय जनवादको विषयलाई प्रवेश गराएर पार्टी एकता भंग गर्न खोजिएको समेत आरोप लगाए । 'एकताका केही आधारहरू बनायौं, वैचारिक ढंगले मार्क्सवाद र लेनिनवादलाई सर्वसम्मत ढंगले मानेका छौं भने राजनीतिक कार्यदिशामा जनताको जनवादलाई मानेका छौं,' उनले भने, 'समाजवादउन्मुख जनताको जनवादलाई कार्यदिशा भन्यौं । कता–कता हामी पछाडि फर्किन खोजेका संकेतहरू देखिएका छन् । विभिन्न ठाउँमा महाधिवेशनका निम्ति छलफल ओपन गरिएको छैन । जनताको बहुदलीय जनवाद जिन्दावाद भन्यो भने त्यो एकताको पक्षमा उभिएको जस्तो देखिँदैन ।'

तर उनले जबजलाई निषेध भने नगरेको बताए । 'कमरेडहरूको ध्यान जान जरुरी छ, जबजलाई निषेध गरेका छैनौं,' उनले भने, 'बहुदलीय जनवादले खेलेको ऐतिहासिक भूमिकालाई उच्च मूल्यांकन गरिएको छ । माओवादीले खेलेको भूमिकालाई पनि उच्च मूल्यांकन भनिएको छ । यी सबैलाई विकसित र परिमार्जित गर्नुपर्छ ।'

मैले माओवाद जिन्दावाद भनेदेखि एकता के हुन्छ ?

प्रचण्डले आक्रोशित हुँदै थपे - 'मैले माओवाद जिन्दावाद भन्न थालेँ र अर्कोले जबज जिन्दावाद भन्यो भने के हुन्छ ? त्यो विभाजनतर्फ गएको ठहर्छ । एकअर्काको भावनालाई ठेस पुर्‍याएर पार्टी एकता हुँदैन ।'

उनले पार्टी एकताकै पक्षमा यतिधेरै मेहनत गरिएकाले अहिल्यै जुलुस निकाल्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । 'जुलुस नानिकालौं अहिले, एकताकै निम्ति मेहनत गरिरहेका छौं,' उनले भने, 'मैले धेरै ठाउँमा भन्ने गरेको छु, पार्टी भनेको विचार र विधि हो । पहिलो विचार हो त्यसपछि विधि हो । विचार र विधि पद्धतिको संयोजन नै पार्टी हो ।'

प्रचण्डले विचार र विधिमा एकरूपता कायम गर्ने कोशिश गर्नुपर्ने बताए ।

'एकताप्रति तपाईंलाई माया छैन भने कुनै न कुनै रूपले एकतालाई क्षति पुग्ने गतिविधि गर्नुभएको छ,' उनले भने, 'सामूहिक निर्णयप्रति विश्वास छैन भने व्यक्तिगत फैसलालाई नै पार्टी मान्न सम्भव छैन । त्यसो भयो भने एकतालाई निरन्तरता दिन सम्भव छैन ।'

अझ खारिएको पार्टी बन्नेछ !

प्रचण्डले पार्टीभित्रको बहस सामूहिक निर्णय मान्ने कि एकल मान्ने, समाजवादतिर हो कि पूँजीवादतिर हो भन्नेमा केन्द्रित रहेको बताए ।

'बाहिर पदको निम्ति पो हो कि भन्ने देखिएको छ, त्यो सच्याउन पर्ने भएको छ,' उनले भने, 'समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नुपर्थ्यो त्यो सकिएको छैन ।'

सम्बोधनका क्रममा प्रचण्डले व्यक्तिलाई पदमा लैजाने र नलैजाने भन्ने बहस नचलेको बताए । प्राथमिक र प्रधान कुरा विचार नै रहेको उनको भनाइ छ ।

'हामी कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न अन्तिम दमसम्म प्रयास गरिरहेका छौं,' उनले भने, 'पार्टीलाई एकताबद्ध राखिनेछ । यो बहसको निष्कर्ष पार्टीमा विचार पनि स्पष्ट भएर आउने छ, विधि पनि स्पष्ट रूपमा पालना गर्ने हिसाबले अघि बढिन्छ । यो बहसबाट अझ खारिएको र एकताबद्ध पार्टीको विकास हुनेछ । हामी सबैले लिनुपर्ने संकल्प यही हो । एकताका निम्ति सही र सचेत ढंगले अघि बढ्न म सबैलाई अपील गर्छु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x