कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
श्रावण (साउन) महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ। यी ५ तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो ।
१-मरकन्डू ऋषिका पुत्र मारकण्डेयले लामो आयूका लागि श्रावण महिनामै घोर तपस्या गरेर भगवान शिवको कृपा प्राप्त गरेका थिए । जसबाट मिलेका मन्त्र शक्तिका अगाडि मृत्युका देवता यमराज पनि नतमस्तक भएका थिए ।
२. भगवान शिवलाई श्रावण महिना प्रिय लाग्नुको कारण यो पनि छ कि, भगवान शिव श्रावण महिनामै पृथ्वीमा अवतरित भए आफ्नो ससुराली गएका थिए । त्यहाँ उनको स्वाग्त अर्घ्य र जलाभिषेकबाट गरिएको थियो । मानिन्छ कि प्रत्येक वर्षको श्रावण महिनामा भगवान शिव आफ्नो ससुराली आउँछन् । भू–लोक वासीका लागि भगवान शिवको कृपा पाउने यो उत्तम उपाय हो ।
३. पौराणिक कथामा वर्णन गरिएको छ कि यसै श्रावण महिनामा समुद्र मन्थन गरिएको थियो । समुद्र मन्थन पछि नै कालकूट विष निस्किएको थियो । जसलाई भगवान शिवले आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । तर विषपानका कारण महादेवको कण्डा निलो रंगको भयो । जसबाट शिवको नाम ‘नीलकण्ठ महादेव’ पनि रहन गयो ।
विषको प्रभाव कम गर्नका लागि देवी–देवताले शिवलाई जल अर्पण गरे । यसकारण शिवलिङ्गमा जल चढाउनुको खास महत्व छ । यही कारण हो कि साउन महिनामा भगवान शिवलाई जल चढाउँदा विशेष फल प्राप्त हुन्छ ।
४.‘शिवपुराण’मा उल्लेख गरिएको छ कि भगवान शिव स्वय जल हुन्। यसकारण जल अभिषेकको रुपमा भगवान शिवको अराधना गर्नु सबैभन्दा उत्तम फल हो ।
५.शास्त्रहरुमा वर्णित गरिएको छ कि श्रावण महिनामा भगवान विष्णु योगनिन्द्रमा हुन्छन् । यसकारण यो समय भक्तजन, साधु–सन्त सबैका लागि अमूल्य हुन्छ । यो चार महिनामा हुने एक वैदिक यज्ञ हो। जसलाई एक प्रकारको पौराणिक व्रत पनि मानिन्छ, र यसलाई ’चौमासा’ पनि भनिन्छ। त्यसपछि सृष्टि सञ्चालनको उत्तरदायित्व भगवान शिवले ग्रहण गर्छन् । यसकारण साउनको प्रधान देवता भगवान शिव बन्छन् ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...