×

NMB BANK
NIC ASIA

नाग पञ्चमी विशेष

नाग पूजाको धार्मिक र वैज्ञानिक महत्त्व के छ ?

साउन १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सनातन परम्परा अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ । नाग पञ्चमीको दिनदेखि वर्षायाम समाप्त भई हिँउदयाम शुरू हुने धार्मिक मान्यता छ ।

Muktinath Bank

नागका अष्टकूल (अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख गरी अष्टनागको चित्र घरको मुल ढोकामा टाँसेर विधिपूर्वक अष्टनागको पूजा गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । श्रावण शुक्ल पक्षमा पर्ने पञ्चमी तिथिका दिन नाग पूजा गर्नाले हानी गर्ने कालसर्प योग शान्त हुने विश्वास गरिन्छ ।


Advertisment
Nabil box
Kumari

वैदिक परम्परामा नाग देवताको विशेष स्थान छ । हरेक मन्दिरमा नागका मूर्तिहरू पाइन्छन् । हाम्रा प्राचीन कलात्मक घरको प्रवेशद्वारमाथि तोरण स्थापना गर्दा पनि नागको प्रतिक बनाएको पाइन्छ । हिन्दूका आराध्यदेव भगवान् शिवले घाँटीमै नाग धारण गरेको र भगवान् विष्णुले शेषनागलाई आसन बनाएको हाम्रा धार्मिक शास्त्रमा विभिन्न प्रसंग पाइन्छन् । सोहीअनुरुप मन्दिरमा भगवान्का मूर्तिमा सोही प्रतिरूप उतारिएका पनि छन् । हाम्रा पूर्खाबाट हामी नाग लगायत कुनै पनि जीवलाई मार्न नहुने अर्ति प्राप्त गर्दै आएका छौं ।
 
सनातन धर्ममा नागलाई किन यसरी पूजा गरिन्छ त ? यसबारे केही जिज्ञासा मेटाउन केही धार्मिक र केही वैज्ञानिक तर्क बुझ्ने कोसिस गरौं । हाम्रो अद्भूत संस्कृति र त्यसपछाडिको दार्शनिक उद्देश्यबाट विश्व नै कायल छ । आधुनिक विज्ञानले सत्यलाई पटक–पटक परिवर्तन गरिरहन्छ, हाम्रो संस्कृतिमा रहेका सनातन वैज्ञानिकतालाई त्यही आधुनिक आँखाबाट मात्रै हेरेर बुझ्न सम्भव नहुन सक्छ तर पनि केही सरल तथ्यहरू उजागर गर्ने कोसिस गरिएको छ ।

Vianet communication
Laxmi Bank

योग गर्दा कुण्डलिनी शक्ति जागृत हुन्छ । कुण्डलिनी शक्ति गतिशील भएमा हामीभित्रको ऊर्जाको अनुभव हुन्छ । त्यही कुण्डलिनी शक्तिको प्रतिकको रूपमा सर्पलाई मानिन्छ । ऊर्जाको उच्च अवस्थामा पुगेपछि चर्मचच्छु जागृत हुन्छ । जसले ग्रहण र अनुभव क्षमता उच्च हुन सक्छ । 

योग सिद्धान्त अनुसार प्रत्येक मानिसको मेरुदण्डभन्दा तल एउटा ऊर्जा संग्रहित हुन्छ, सो ऊर्जा जागृत भएमा आत्मज्ञान प्राप्त हुन्छ । त्यसका लागि ध्यान र आसन गर्नुपर्छ । ध्यान र योगबाट सो ऊर्जा मेरुदण्डको तलबाट माथि मष्तिकसम्म ७ वटा चक्र भएर फैलिन्छ । त्यही नै कुण्डलिनी शक्ति हो । ऋषिमुनिको चित्र र मूर्तिमा मस्तिष्क वरिपरि प्रकाशको घेरा राखिएको हुन्छ, त्यो सोही कुण्डलिनी शक्तिको प्रभाव हो । 

योगका प्रवर्तक ऋषि पतंजलिको शरीर सर्पको र शिर मानिसको देखाइन्छ । सोही सम्बन्धमा सद्गुरुलाई एक जिज्ञासुले प्रश्न गरे – सद्गुरु म पतंजलि र उहाँको शारीरिक संरचनाको बारेमा जान्न चाहन्छु, उनलाई किन सर्पसँग जोडिन्छ ?

सो प्रश्नमा सद्गुरु भन्नुहुन्छ – सर्प एउटा यस्तो जीव हो, जो एक विशेष प्रकारको ऊर्जाप्रति संवेदनशील हुन्छ । यदि तपाईं कुनै खासप्रकारको ऊर्जा सिर्जना गर्नुहुन्छ भने सबैभन्दा पहिला सर्प त्योतर्फ आकर्षित हुन्छन् । पतंजलिलाई आधा सर्पको रूपमा देखाउनु केवल एक प्रतिक हो । सर्पलाई कुण्डलिनीको प्रतिक मानिन्छ । यो प्रेमको अभिव्यक्ति हो, जसले पतंजलिलाई शक्तिशाली तरिकाले महसूस गर्नुभयो, उहाँहरूले पतंजलिको शिर र शरीर एक सर्पमा राखिदिनुभयो, ताकि यो देखाउन सकियोस् कि उहाँ तपाईंभित्रको त्यो दिव्यशक्तिभन्दा बिल्कुल अलग हुनुहुन्न । पतंजलि आफ्नो जीवन प्रक्रियासँग यति सुक्ष्मतासँग जोडिनुभएको थियो कि मानिसहरूले उहाँलाई स्वयम् दिव्य ऊर्जा नै हुन् भन्नुभयो । कमसेकम त्यसको आधा हिस्सा त उहाँ स्वयम् हुनुहुन्छ । पतजंलि त्यो मूलभूत शक्तिभन्दा अलग थिएनन्, जो तपाईंलाई तपाईंकोे भौतिक सीमाभन्दा टाढा लैजान्छ, जुन शक्तिले तपाईंलाई आत्मज्ञानको क्षेत्रसम्म लैजान्छ । यसरी उहाँहरूले पतंजलिलाई आधा सर्पको रूपमा देखाए, किनकि उहाँहरू यो कुरा स्वीकार्न चाहन्थे कि पतंजलि कुनै बाहिरी शक्ति नभई भित्री शक्ति हुनुहुन्छ । यति गहिराइबाट पतंजली तपाईंको जीवनमा सामेल हुन सक्नुहुन्छ । म जहाँ गए पनि सर्पले मेरो पिछा छोड्दैन, यो कुरा उहाँहरूलाई सम्झाउन कठिन हुनेछ, जसको मनमा सन्देह बसेको छ । सर्प संसारको एउटा मात्र त्यस्तो जीव हो, जुन जंगलमै भएपनि तपाईंले आफूलाई एक खास तरिकाले राख्नुहुन्छ भने यसलाई तपाईंले आरामसँग आफ्नो हातमा उठाउन सक्नुहुन्छ । यो विना विरोध तपाईंको हातमा आरामसँग आउनेछ । यो तपाईंलाई केही पनि गर्ने छैन तर यदि तपाईंले आफ्नो सोच पनि बदल्नुभयो भने यो तपाईंलाई तुरुन्तै टोक्नेछ । यदि तपाईं ध्यान गर्नुहुन्छ भने यो तपाईंसँग बेरिने छ र कुनै समस्या हुने छैन तर यदि तपाईंले व्याकुलता देखाउनुभयो भने यो तपाईंलाई सहन सक्दैन । फेरि यो तपाईंको समस्या भइदिनेछ । यो यस धर्तीको सबैभन्दा सुन्दर जीवमध्ये एक हो । अधिकतम विषालु सर्पको दाँत नै हुँदैन । तिनको मुखमा आरीजस्तै संरचना हुन्छ, त्यसले तपाईंलाई टोक्नै सक्दैन । सर्पसँग डराउनु नै अचम्मको कुरा हो । केही मात्रै सर्पबाहेक अरु कुनै सर्पहरू तपाईंको केही बिगार्न सक्दैनन् । उनीहरू तपाईंसँग डराउँछन्, तपाईलाई देख्ने बित्तिकै भागिहाल्छन् तर तपाईं पनि उनीहरूलाई देखेर डराउनुहुन्छ । सर्पको भय बेतुकको र बढाइचढाई बनाएको भय हो । मेडिकल संगठनमा प्रायः २ बेरिएका सर्पलाई प्रतिकको रूपमा देखाइन्छ । यो एक यौगिक प्रतिक पनि हो । भारतमा सर्पको प्रतिक र आध्यात्मिकता धेरै गहिरोसँग आपसमा जोडिएको छ । यस्तो संसारको लगभग हरेक भागमा छ, किनकि जहाँ मानिस जागरुक भए तिनीहरूले सहजै अनुभव गरे कि सर्प खास प्रकारको ऊर्जाप्रति संवेदनशील हुन्छ । त्यो ध्यानप्रति आकर्षित हुन्छ ।’

सद्गुरुको यस जवाफले मानिस र सर्पको आध्यात्मिक सम्बन्ध स्पष्ट हुन्छ । विश्व स्वास्थ्य संगठनको लोगोमा पनि सर्पको चित्र राखिएको छ । यसको कारण सर्पको भूमिका मानव स्वास्थ्यका लागि कति महत्त्वपूर्ण छ भन्ने प्रतिक हो । पर्यावरणको सुरक्षाका लागि सर्पको भूमिका सबैभन्दा ठूलो रहेको वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरेका छन् । यस पर्यावरणमा रहेका विषालु चिजहरूलाई सर्पले ग्रहण गर्छ ।

जैविक विविधता र पारिस्थितिक प्रणालीका लागि पनि सर्पको संरक्षण अपरिहार्य छ । भगवान् शिवले समुन्द्र मन्थन गर्दा निस्केको कालकुल विष आफ्नो घाँटीमा धारण गरे, त्यसैले शिवलाई निलकण्ठका नामले समेत चिनिन्छ । विषलाई कण्ठमा धारण गर्ने शिवले सर्पलाई पनि घाँटीमै बेरेर पहिरिएको विश्वास गरिन्छ ।

श्रावण महिनामा नै शिवको पनि विशेष पूजा आराधाना गरिन्छ । शिव कुनै व्यक्ति नभई अनन्त अभौतिक ऊर्जा हुन् । ऊर्जाको प्राप्ति ध्यानबाट मात्र सम्भव छ ।

पञ्च तत्वमध्ये जल सृष्टिका लागि आवश्यक छ । सर्पलाई जलको प्रतिक पनि मानिन्छ र जलबाट निस्किने विषाक्त चिजलाई सर्प, बिच्छी, मत्स्य, आदिजस्ता जीवले ग्रहण गरी वातावरण स्वच्छ राख्न मद्दत गर्छन् । त्यसैले नागको पूजा गर्नु भनेको पर्यावरणमा रहेको विषाक्त चिजलाई आफूमा लिई सृष्टिको रक्षा गर्ने जीवको सम्मान पनि हो । धार्मिक तथा वैज्ञानिक दुवै दृष्टिकोणले नाग पूजाको महत्त्व उत्तिकै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x