श्रीमतीको हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला पाएर पनि सर्वोच्च अदालतको आदेशमा छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकन मुद्दामा आइतवार सुनुवाइ हुँदैछ ।
सर्वोच्चका न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले असार १५ गते गरेको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
सर्वोच्चको आदेशपछि कोइराला बिहीवार नै छुटिसकेका छन् । विवादास्पद फैसला गर्ने न्यायाधीशको ‘कार्यक्षमता’माथि प्रश्न उठिरहेको समयमा सर्वोच्चको पूर्ण इजलासमा छलफल हुन लागेको हो ।
लोकान्तर संवाददाता