इन्टरमिलानले मेस्सी किन्ने ?

इटालीको फूटबल क्लब इन्टर मिलानले लियोनेल मेस्सीलाई अर्को वर्ष किन्नका लागि प्रयास गरिरहेको बुझिएको छ । 

बार्सिलोना क्लबले यस सीजनमा खासै गतिलो प्रदर्शन गर्न नसकेको र क्लबमा आन्तरिक संघर्ष पनि बढ्दै गएकाले मेस्सी विरक्त भइसकेको बुझिएको छ । 


Advertisement

इटलीको गजेटा देलो स्पोर्त पत्रिकाका अनुसार, इन्टरमिलानको चिनियाँ शेयरहोल्डर सुनिङ होल्डिङ्स ग्रूपले ३३ वर्षीय मेस्सीलाई अर्को सीजनमा सान सिरो ल्याउने योजना बनाइरहेको छ । 

सन् २०१८ मा इटालीको क्लब युभेन्टसले रियाल मड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याए झैं प्रतिस्पर्धी क्लबले मेस्सी ल्याउन खोजेको हो । 


Advertisement

बार्सिलोनासँग मेस्सीको सम्झौता सन् २०२१ सम्म छ तर उनले उक्त सम्झौतालाई अघि बढाउने नबढाउने विषयमा ठोस निर्णय गरेका छैनन् । आफ्नो व्यावसायिक जीवनको पूरै भाग उनले बार्सिलोनामा नै खर्चेका छन् । 

चिर प्रतिस्पर्धी क्लब रियाल मड्रिडले यस सीजनको उपाधि जितेपछि ६ पटकका बालून दोर विजेता मेस्सीले आफ्नो क्लबको प्रदर्शन कमजोर र त्रुटिपूर्ण रहेको भनी आलोचना गरेका थिए । 

क्लबको बोर्डसँग पनि मेस्सीको सम्बन्ध तिक्ततापूर्ण बनेको अवस्था छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्