×

NMB BANK
NIC ASIA

नेपालमै पहिलो पटक सिजीले ल्यायो एन्ड्रोइड टिभी, के-के छन् विशेषता, मूल्य कति ?

साउन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको चर्चित ब्राण्ड सीजीले नेपालमै पहिलो पटक ‘एन्ड्रोइड टेलिभिजन’ बजारमा सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

अत्याधुनिक प्रविधिसहितको उक्त टिभी ३२ देखि ७५ इन्च सेरिजमा आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिक्री विभागका डेपुटी म्यानेजर हरी चन्द्र अर्यालले सीजीले ल्याएको टिभी नै नेपालमै पहिलो पटक आएको एन्ड्रोइड टिभी भएको दावी गरे । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार, नेपाली ब्राण्डमा पहिलो पटक यही टिभी गुगल सर्टिफाइड भएको हो । यसअघि अन्य विदेशी ब्राण्डमात्रै गुगलबाट सर्टिफाइड भएको थियो । 

Vianet communication
Laxmi Bank

उनका अनुसार, एन्ड्रोइड टिभी पहिचानका लागि गुगलमा गई चेक गर्न सकिनेछ । गुगलमा गई एन्ड्रोइड डट कम स्ल्यास टिभीमा गई हेर्न सकिनेछ । त्यहाँ सीजीले ल्याएको टिभी पनि देख्न सकिनेछ । 

नयाँ वर्ष २०७७ को शुरूवात सँगै नेपाली बजारमा सीजीको एन्ड्रोइड टिभी लञ्च भएको हो । 

यसमा गुगल एसिस्टेन्ट क्रोम कास्ट रहेको हुन्छ । यसको माध्यमबाट नेटफिल्क्स पनि चलाउन सकिनेछ । कम्पनीले ७५ इन्चको टीभीमा नेटफिल्क्स पनि प्रयोग गर्न सकिनेछ । 

गुगल क्रोम कास्टको सहयोगले मोबाइलको भिडियो टिभीमा सजिलै शेयर गर्न मिल्नेछ । डेपुटी म्यानेजर अर्याल भन्छन्,‘मोबाइलमा हेर्ने भिडियो क्रोम कास्टको सहायताले टिभीमा शेयर गर्न सकिनेछ । टिभीमा धेरै जनाले भिडियो हेर्न सक्नेछन् ।’

‘गुगल एन्ड्रोइड’ एक प्रकारको सिस्टम हो । ओएलइडी, एलइडी, स्मार्ट पछिको ‘गुगल एन्ड्रोइड’ आधुनिक टेक्नोलोजी हो ।

यस टिभीमा गुगल सिस्टमसँग सहकार्य गरेर गुगल प्ले स्टोर, गुगल असिस्टेन्ट र क्रोमकास्टजस्ता सिस्टम जडान गरिएको छ ।

गुगल असिस्टेन्टले यसलाई आकर्षक र बहुउपयोगी बनाएको छ । यसको मद्दतले प्रयोगकर्ताले बोलेर टिभीलाई अनअफ गर्ने, साउण्ड घटाउने बढाउने, आवश्यक कुरा इन्टरनेटमा खोज्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेसन, बाइक मर्मत केन्द्रलगायत आफूले चाहेको ठाउँको ठेगाना पत्ता लगाउने छ । 

गुगल प्लेस्टोरको माध्यबाट नयाँनयाँ एप, गेम र फिल्म डाउनलोड गर्न सक्छन् । यस टिभीमा गुगल प्ले मुभिज् र टिभी, गुगल प्ले गेम्स जस्ता अन्य धेरै विशेषताहरू रहेका छन् । 

गुगल एन्ड्रोइड टिभी ३२, ४३, ५०, ५५, ६५ र ७५ इञ्च गरी ६ वटा साइजमा ग्राहकले रोज्न सक्नेछन् । यी साइजको मूल्य क्रमशः २९ हजार ९ सय, ५१ हजार ९ सय, ६८ हजार ९ सय, ८९ हजार ९ सय, १ लाख २३ हजार र २ लाख ८४ हजार रहेको छ । 

३२ इन्चदेखि ५५ इन्चसम्मको टिभीमा ३ वर्षको वारेन्टी दिइएको छ । ६५ इन्च र ७५ इन्चको टिभीमा १ वर्षको वारेन्टी दिइएको छ । 

एन्ड्रोइड टिभीमा २ जिवी रोम र ४ जिवीको र्‍याम हुन्छ । यसको सहायताले टिभी छिटो चल्छ । 

काठमाडौं उपत्यकामा ४३ इन्चभन्दा माथिको जुनसुकै एन्ड्रोइड टिभी किन्दा सिजीले निशुल्क डेलिभरी सुविधा तथा फ्री इन्स्टल्टमेन्ट प्रदान गर्दछ । 

‘हामीले २ः१:१ सिस्टममा सर्भिस दिन्छौं,’उनले भने,‘कल टिपाएको २ घण्टाभित्रमा कल रेस्पोन्स गर्ने, यसको १ दिनमा सर्भिस दिन्छौं ।’

ग्राहकको सेवालाई प्रमुख केन्द्रमा राखेको बताउँदै उनले सेवामा ब्राण्ड कहिल्यै नचुकेको दावी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x