×

NMB BANK
NIC ASIA

हिमालय एयरलाइन्सद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

साउन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Muktinath Bank

सो एयरलाइन्सले आम्दा अस्पताल, दमक र सिसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
    
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै झापाको दमकस्थित आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसीएमसी०, गुल्मीलाई पिसीआर उपकरण हस्तान्तरण गरिएको जनाएको छ ।
    
    शनिबार पनि एरलाइन्सले पिसीआर ९एनएइ ३२, आइसिटी ओबी १६ उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थानमेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच जोर डिस्पोजेबल पञ्जा सिसिएमसी गुल्मीलाई प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामग्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एयरलाइन्सका उपाध्यक्ष विजयश्रेष्ठले संयुक्तरुपमा सिसीएमसीको कार्यालय रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गर्नुभएको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
    
    सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले सङ्कटको क्षणमा स्वास्थ्य सामग्रीको परिमाण प्रयाप्त नभएको र नेपाल मात्र नभई विश्व नै कठिन चरणमा गुज्रिरहेको अवस्थामा एयरलाइन्सबाट प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यर्कीलाई बचाउन मद्दत गर्ने बताए। एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सरकारी अभियानमा सारथी बन्न पाउँदा कम्पनी गौरवान्वित भएको भन्दै कठिन परिस्थितिमा सरकारका आगामी काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
    
    एयरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडिटी किट, १०० थान पिपिइ सेट, ५०० थानएन ९९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ । 
    
    स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा  अध्यक्ष झोउले महामारीका समयमा केही हदसम्म सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै व्यावसायिकता र सामाजिक दायित्वलाई एकसाथ अघि बढाइने बताउनुभयो । हिमालयले सरकारको कोभिड–१९ कोषमा रु एक करोड रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १७७ टन अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान गरेको छ । त्यस्तै विभिन्न मुलुकमा रहेका एक हजार १४० नेपालीलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x