×

NMB BANK
NIC ASIA

नयाँ मोडमा नेकपा विवाद

पदीय खिचातानीपछि वैचारिक बहसको गोलचक्करमा फस्दै नेकपा !

'यी स्वार्थ समूह हुन्, वैचारिक राजनीतिक समूह होइनन्'

साउन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लो केही समयदेखि चलिरहेको पदीय भागबण्डाको विवाद अब पार्टीको राजनीतिक, विचार सिद्धान्त र कार्यदिशामा उन्मुख हुने संकेत देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि शुरू भएको विवाद अब सिद्धान्त र विचारको चरणमा प्रवेश गरेको छ । यद्यपि नेताहरूले यो विवाद पद लेनदेनको विषय मात्र नभएको दाबी गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीलाई विधिसम्मत चलाउने, एक व्यक्ति एक पद कायम गर्ने भन्ने बहस नेकपामा लामो समयदेखि चलिरहेको थियो । जसरी बहस गरेपनि ओलीको राजीनामामा नै उनीहरूको एकसूत्रीय माग जस्तो देखिन्छ । गत वैशाखदेखि भने नेकपाको विवाद पदमा गएर अड्किएको थियो । ओलीइतरका नेताहरूले प्रधानमन्त्री या अध्यक्ष पदबाट राजीनामा माग्ने तर ओलीले राजीनामा नदिने यही विवादले नेकपालाई चार महिनादेखि ज्वरो आइरहेको छ । 


Advertisment
Nabil box
Kumari

गत वैशाख १७ गतेको सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्ड लगायतले पहिलोपटक ओलीको राजीनामा मागेका थिए । असार १० गते शुरू भई पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठकमा प्रचण्ड–माधवकुमार नेपालले जोडतोडले ओलीको राजीनामा माग गरेपछि नेकपाको विवाद पदीय भागबण्डामा गएर अड्किएको विश्लेषण भएको थियो ।

Vianet communication
Laxmi Bank

यसबीचमा सहमतिका लागि भगिरथ प्रयत्न भइरहेका छन् । ओली प्रचण्डले मात्र दर्जनौंपटक छलफल गरेका छन् । दोस्रो तहका नेतामार्फत कयौं पहलकदमी भइरहेका छन्, तर ठोस सहमति जुटिसकेको छैन ।

विचारको बहसमा घमासान 

असार १४ गतेको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गरिएपछि चरमोत्कर्षमा पुगेको विवाद दुई अध्यक्षबीचका भेटघाटले केही मत्थर भएजस्तो देखिएको थियो । सहमतिका विभिन्न प्रस्तावमा छलफल पनि चलिरहेको थियो । साउन ३ गते बसेको सचिवालय बैठकमा अर्ली महाधिवेशन गर्ने प्रस्तावले सहमतिनजिक पुगिएको थियो । 

सचिवालय बैठकपछि आफूलाई ‘जनताको बहुदलीय जनवाद’को भारी बोकाउन खोजिएको र महाधिवेशनपछि जबजको प्रवक्ता भएमात्र अध्यक्षमा समर्थन गर्न सकिने खालको शर्त राखिएको भन्दै प्रचण्डले पूर्व माओवादी खेमाका सदस्यहरूसँग विमर्श गरेका थिए । साउन ५ गते आफ्नै निवास खुमलटारमा पूर्व माओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्यहरूसँग पार्टीको विचारबारे छलफल गरेका थिए । 

‘बाहिर पदका लागि हानथाप भएजस्तो देखियो, यो विचारको बहस हो भनेर तपाईंहरू लाग्नु पर्‍यो’ प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरसँग भने । 

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन भएयता पहिलोपटक नेकपामा सिद्धान्तको गोलचक्कर शुरू भएको जस्तो देखिएको छ । 

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा प्रचण्डले दिएका अभिव्यक्तिले नेकपामा विचारको बहस प्रधान भएको बताएका थिए ।

शुक्रवारको कार्यक्रममा प्रचण्डले भनेका थिए–

‘... कम्युनिस्ट पार्टीभित्र चल्ने बहस पनि एउटा अपरिहार्य प्रक्रिया हो । समाजमा चल्ने वर्ग सङ्घर्ष, वैचारिक धारा र प्रवृत्तिको सङ्घर्षको प्रतिविम्ब कम्युनिस्ट पार्टीभित्र आइराख्छ । जबसम्म कम्युनिस्ट पार्टी रहन्छ, तबसम्म पार्टीभित्र पनि सङ्घर्ष चलिराख्छ । हामी पनि कोही द्विविधामा हुन जरुरी छैन । कम्युनिस्ट पार्टीभित्र सङ्घर्ष पार्टीबाहिर समाजमा चलेको सङ्घर्षको प्रतिविम्बको रिफ्लेक्सनको रूपमा हुने हो।

त्यहाँ कहिले श्रमजीवी वर्गको निम्ति निष्ठावान प्रवृत्ति हावी हुन्छ । कहिले विजातीय प्रवृत्ति पनि हाबी हुने गर्छ र पार्टीहरूले रुप रंग बदल्दै जाने हुन्छ । अनि एकता, सङ्घर्ष, रूपान्तरण र फुट्सम्म पनि । समाजवादी आन्दोलनमा फुट कस्तो बेला पैदा हुन्छ भन्ने कुरा मार्क्स र एंगेल्सले महत्त्वपूर्ण विचारहरू त्यतिबेलै संश्लेषित गर्नु भएको थियो । यसबारेमा पनि स्मरण गर्नु र अध्ययन गर्नु जरुरी छ भन्ने मलाई लाग्छ ।

एकता एउटा निश्चित मूल्य मान्यता र विधि पद्धतिको आधारमा हुने कुरा हो । र त्यो एकता सङ्घर्षद्वारा हासिल गरिन्छ । एकता चोचोमोचो मिलाएर हुने कुरा होइन। सङ्घर्षकै माध्यमबाट एकता पनि बलियो हुने हो। पार्टीभित्र र बाहिर पनि हुने विचारको सङ्घर्षबाट एकता बलियो हुँदै जाने कुरा हो। सङ्घर्ष र बहसभन्दा बाहिर तथाकथित एकताको माला जपेर एकता हुने कुरा होइन। यो सङ्घर्षद्वारा हासिल गरिने कुरा हो।

सङ्घर्षबाट एकता मात्र प्राप्ति हुन्छ भन्ने कुरा पनि होइन। इतिहासले पटकपटक देखाएको कुरा के हो भने एउटा सच्चा कम्युनिस्ट नेता र कार्यकर्ताले  एकता सङ्घर्ष रूपान्तरण नयाँ आधारमा नयाँ एकता हासिल गर्ने सोच र विधि लिनुपर्दछ । तर यसो गर्दा एकता मात्र हासिल नभएर पार्टी फुट्न पनि सक्छ। यही आधारमा समाजवादी आन्दोलन अगाडि बढेको छ भन्ने कुरा त्यति बेला एंगेल्सले पनि भन्नुभएको छ।

त्यो कुरा बिल्कुल वैज्ञानिक र सत्य सावित भएको छ। एकता सङ्घर्ष र रूपान्तरण नयाँ आधारमा नयाँ एकता विश्वले धेरैपटक देखेको छ । कोही आदर्शवादी भ्रममा हुनु पनि जरुरी छैन ।’

प्रचण्डले अहिलेको अवस्थालाई झण्डै ७० वर्षअघि पुष्पलालले बेहोरेको कठिनाइसँग पनि तुलना गरे ।

‘...स्वयं पुष्पलालले के भोग्नुभयो भन्ने कुरा पनि महत्त्वपूर्ण छ। पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर एउटा ऐतिहासिक र युगान्तकारी प्रक्रियाको थालनी गर्नुभएको हो। जसको प्रक्रियामा तपाईं हामी हुर्केका छौं।

जन्मेका छौं। तर, स्वयं पुष्पलाल २००८ सालपछि महासचिवबाट हटाइनु, २०१० सालमा महासचिव बन्नबाट रोकिनु, २०१४ सालमा उहाँकै नीति र विचार पारित हुने तर नेतृत्वमा रायमाझी हुने बडो विडम्बनापूर्ण स्थिति पुष्पलाल कमरेडले भोग्नुभयो। नीति एउटाको तर नेतृत्व त्यसका विरोधीको।

तपाईं हामीले यसो हेर्‍यौं भने अहिले पनि त्यस्तै भएको हो कि ? नीति र विचार एउटाको हुने तर नेतृत्व अर्कैको हुने भएको हो कि ! आज हामीले भोग्नुपरेको समस्याको चुरो त्यतै कतै छ कि भनेर हेर्न पनि जरुरी छ जस्तो मलाई लाग्छ, किनभने २०१४ मा पुष्पलालको जनवादी क्रान्तिको नीति पारित भएर पनि राजापरस्त रायमाझी आउने जुन प्रवृत्ति देखियो, त्यसबाट शिक्षा लिनुपर्ने र भविष्यमा त्यस्तो प्रवृत्ति नहोस् भनेर हेर्नुपर्ने छ ।

यदि त्यस्तै हुने हो भने १४ सालपछि जस्तो स्थिति आयो, त्यस्तै हुनेछ । २०१४ सालपछि नीति एउटा र नेतृत्व अर्को भएपछि त्यो कम्युनिस्ट आन्दोलन दुर्घटनामा जाने नै थियो। त्यसमा कसैको पवित्र इच्छा हुँदैमा रोकिने कुरा होइन। त्यसको आफ्नो वैज्ञानिक विधि छ। नियम छ। त्यहीअनुसार अघि बढ्छ। २०१७ सालमा दोस्रो महाधिवेशन केन्द्रीय कमिटीको हालत के भयो।

र २०१९ को महाधिवेशनपछि कसरी पार्टी छिन्नभिन्न हुने स्थिति भयो भन्ने इतिहासलाई हेर्ने हो भने हामीले मार्क्स एंगेल्सले भनेका ती अन्तर्निहित वैज्ञानिक वस्तुवादी सच्चाइ हामीहरूले आफैंले पनि हाम्रो कम्युनिस्ट आन्दोलनमा भोगेको देख्न सकिन्छ । र त्यो प्रक्रियामा पार्टीहरू पुनर्गठनका प्रयास भए ।

त्यसबाट कम्युनिस्ट पार्टी र आन्दोलन ध्वस्त भए त ? भएनन् । अर्को पुस्ताले फेरि झण्डा उठायो । फेरि नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनहरू अगाडि बढाउने प्रयास भए। अगाडि बढे। त्यही क्रममा नेपालको कम्युनिस्ट आन्दोलन दुई धारका रूपमा अघि बढ्यो जसलाई २०७५ आएर हामी एकताबद्ध गर्ने ठाउँमा आइपुग्यौं ।’

पार्टी एकताबाट पछाडि फर्किन खोजेका संकेतहरू देखिएको दाबी पनि प्रचण्डले त्यो दिन गरे । 

‘...अहिले बैठक चलिरहेको छ। मैले सार्वजनिक रूपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ। साँचो कुरा के हो भने यहाँ अहिले सबै कुरा ठीकठाक छ भन्ने कुरा मैले भनें भने त्यो सत्य होइन ।

पार्टी संकटमा छ, किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ, त्यसकारण त्यसले सकंटलाई व्यक्त गरेकै छ । यो सबैले देखेकै कुरा हो । अहिले देशभरि केही कार्यकर्तालाई नारा जुलुशमा लगाउने कोशिश भएको छ।

तपाईंहरूले देखिराख्नु भएकै छ। हामी पार्टीलाई कसरी मिलाएर लैजाने, विवाद कसरी मिलाउने, राष्ट्रिय मुद्दाहरूमा कसरी एकताबद्ध भएर जाने भन्ने छलफल र बहस गरिरहेका छौं, तर देशभरि जिन्दावाद र मुर्दावादका नारा लगाइएका छन् । देशभरिबाट साथीहरूले हामीलाई सोध्छन्, हामी के गर्ने ? हामीले धैर्य लिनुस् र पार्टी एकताको पक्षमा उभिनुस् भनेर भनेका छौं । तर, त्यस खालका प्रचारहरू भएका छन् ।

यसबाट पार्टी संकटमा छ भन्ने देखाएको छ । पार्टी सामान्य स्थितिमा छैन । पार्टी एकताको प्रक्रियामा हामीले केही आधारहरू बनायौं । सबैभन्दा पहिला वैचारिक राजनीतिक आधार । वैचारिक ढंगले मार्क्सवाद र लेनिनवादलाई हाम्रो पार्टीको निर्देशक सिद्धान्त हो भनेर सर्वसम्मतमा मानेका छौं भने राजनीतिक कार्यदिशाको रूपमा जनताको बहुदलीय जनवाद, २१औँ शताब्दीको जनवाद र माओवादसम्बन्धी मान्यतालाई अबको नयाँ चरणमा विकसित गर्नुपर्छ परिमार्जित गर्नुपर्छ भन्दै समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको हाम्रो कार्यदिशा भन्यौं, तर तपाईं हामीले अहिले फेरि कता कता फेरि हामी पछाडि फर्किन खोजेका संकेतहरू देखिएका छन् ।

विभिन्न ठाउँमा कहिले २१औँ शताब्दीको जनवाद जिन्दावाद भन्यौं भने या माओवाद जिन्दावाद भन्यौं भने अनि अर्काेतिर न महाधिवेशनको निम्ति छलफल खुल्ला गरेका छौं । यस्तो अवस्थामा त्यसो भनियो भने त्यो अगाडि गएको ठहरिँदैन । त्यो पार्टी एकताको पक्षमा उभिएको ठहरिँदैन । पार्टी विभाजनतिर जबर्जस्त गइरहेको छ भन्नेतिर मात्र संकेत गर्छ ।’

माथिका तीन प्याराग्राफमा प्रचण्डले गरेको संकेतले नेकपाभित्र विचार र सिद्धान्तको लडाईं झन् पेचिलो बन्दै गएको बुझ्न सकिन्छ ।  

नौलो जनवादी क्रान्तिदेखि जबजसम्म 

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेपछि संस्थापक पुष्पलालले नेकपाको सिद्धान्त नौलो जनवादी क्रान्ति नामकरण गरेका थिए । रुसले समाजवादी क्रान्ति भनेपनि पुष्पलालले नेपालमा श्रमजीवी वर्गको प्रतिनिधित्व बहुसंख्यक किसानले गर्ने भएकाले जनवादी क्रान्तिको कार्यदिशा तय गरेका थिए । 

निरंकुश पञ्चायतको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापनापछि २०४९ सालमा काठमाडौंमा सम्पन्न पाँचौ महाधिवेशनमा तत्कालीन नेकपा एमालेले ‘जनताको बहुदलीय जनबाद’को कार्यक्रम पारित गर्‍यो । नेकपाका तत्कालीन महासचिव मदन भण्डारीले ‘विचार’को रूपमा अगाडि सारेको जबजलाई जनकपुरमा सम्पन्न एमालेको सातौं महाधिवेशनले ‘मार्गदर्शक सिद्धान्त’को रूपमा व्याख्या गर्‍यो । 

पाँचौंदेखि आठौं महाधिवेशनसम्म जबजलाई पार्टीको विचार र सिद्धान्त बनाएको एमालेले नवौं महाधिवेशनमा गएर जबजको भारी बिसाएको थियो । जबजभित्र संविधानको सर्वोच्चता, विधिको शासन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धा समेटिएका छन् ।

जबज कार्यान्वयनका लागि पहल कदमी लिने अर्थात् सशक्त राजनीतिक दल बनाउने, प्रतिष्पर्धा गर्ने र श्रेष्ठता हासिल गर्ने अर्थात् चुनाव जित्ने भनेर तय गरिएको थियो । 

२०६५ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा नेता घनश्याम भुसालले जबजको विकल्पको रूपमा समाजवादमा जाने कार्यक्रम प्रस्ताव गरेका थिए । उनको सो प्रस्ताव अस्वीकृत भएर जबज नै पारित भयो । 

सामान्तवादको अवशेषको रूपमा रहेको राजतन्त्र ढलिसकेको अवस्थामा जबज भनेपनि नौलो जनवाद भनेपनि सबै क्रान्ति पूरा भएकाले सामान्ती अर्थतन्त्रको सट्टा राष्ट्रिय पूँजी विकास गर्दै समाजवादमा जाने बाटो तय गरौं भन्ने घनश्यामको प्रस्ताव अस्वीकृत भयो । 

२०७१ साल साउन १ गते सम्पन्न पार्टीको नवौं महाधिवेशनमा झलनाथ खनालले पेश गरेको प्रस्ताव पारित भयो । आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर दलाल पूँजी नियन्त्रण गर्ने र रणनीतिक लक्ष्य समाजवाद स्थापना गर्ने खनालको कार्यक्रम थियो । 

‘शान्तिपूर्ण जन क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं,’ भनिएको थियो । 

राजनीतिक सिद्धान्त नेपाल समूहको पारित भएपनि नेतृत्वमा भने ओली विजयी भए । 

सैद्धान्तिक अलमलमा नेकपा  

२०५७ जेठ ३ गते पार्टी एकता गर्दा नेकपा एमालेको जनताको बहुदलीय जनवाद, माओवादीको २१ औं शताब्दीको जनवादलाई छाडेर ‘समाजवादउन्मुख राजनीतिक प्रणाली’मा जाने भनिएको थियो । सो सहमतिबाट पछाडि फर्केर ‘जबज’मा फर्किने शर्त राखिएको भन्दै प्रचण्ड र पूर्व माओवादी खेमा सशंकित छ । 

कम्युनिस्ट पार्टीमा महाधिवेशनको मिति घोषणा भएपछि विभिन्न समूहले राजनीतिक प्रस्ताव तयार गर्छन् । नेकपामा भने महाधिवेशनको मिति घोषणा नहुँदै राजनीतिक सिद्धान्तको विषयमा बहस शुरू भएको छ । 

अहिले प्रचण्ड र नेता नेपाल एक ठाउँमा उभिएजस्तो देखिएपनि भोलिको दिनमा विचारको बहसमा उनीहरू फरक–फरक बाटो हिँडने ओलीपक्षीय नेताको विश्लेषण छ । ‘जबजलाई नमान्ने प्रचण्ड र १४ वर्षसम्म जबजको नेतृत्व गरेका माधव नेपालको मिलन दुई खोलीको किनाराजस्तै हो,’ ओली पक्षीय एक केन्द्रीय सदस्यले भने ।

गएको जेठ ३ गते मदन भण्डारीको स्मृति दिवसको अवसरमा ओली र प्रचण्डले जारी गरेको संयुक्त वक्तव्यलाई प्रचण्डले जबजलाई स्वीकार गरेको रूपमा अर्थ्याइएको थियो । 

यी स्वार्थ समूह हुन्, वैचारिक राजनीतिक समूह होइनन् : राम कार्की 

पूर्व माओवादी खेमाका नेता राम कार्की जबजलाई धर्मग्रन्थको रूपमा व्याख्या गर्ने एउटा प्रवृत्ति र २१ औं शताब्दीको जनवादलाई चटक्कै बिर्सिने प्रवृत्तिका कारण नेकपाभित्र वैचारिक विवाद देखिएको बताउँछन् । 

‘पूर्व एमाले भित्र मदन भण्डारीलाई देवत्वकरण गर्ने, जबजलाई प्राचीन धर्मग्रन्थ जस्तै गर्ने तर पूर्व माओवादी २१ औं शताब्दीको जनवादलाई फर्केर पनि नहेर्ने अवस्था रह्यो,’ कार्कीले लोकान्तरसँग भने, ‘एउटा समूहले जबजलाई पूजा गर्ने, अर्को समूहले २१ औं शताब्दीको जनवादलाई मन्साएजस्तो गर्‍यो । वास्तवमा दुवै दस्तावेज कम्युनिस्ट आन्दोलनका उपलब्धि हुन् र दुवैको स्वामित्व लिन सके समाधान भेटिन्छ ।’

कार्ल मार्क्सको विचारमा समेत आलोचना र छलफल हुने गरेको सन्दर्भमा जबजलाई धर्मशास्त्रजस्तो छुनै नहुने, विकास गर्नै नहुने धारणाले नेकपालाई वैचारिक गोलचक्करमा फसाउने उनको विश्लेषण छ ।

छोटो समयमा बनेको भएपनि २१ औं शताब्दीको जनवादको दस्तावेज विश्व कम्युनिस्ट आन्दोलनकै लागि बहस गर्न योग्य प्रतिवेदन भएको उनको टिप्पणी छ । 

नेता कार्की नेकपाभित्र अहिले देखिएको गठबन्धन स्वार्थ प्रेरित रहेको बताउँछन् । ‘प्रचण्ड–नेपाल भन्नुस् या अन्य कुनै समूह राजनीतिक वैचारिक आधारमा बनेका होइनन्, यी स्वार्थ समूह हुन् । यी समूह कहिलेसम्म कायम रहन्छन् भनेर भविष्यवाणी गर्न सकिँदैन,’ कार्कीले भने । 

माधव नेपालनिकट नेकपा केन्द्रीय सदस्य चूडामणि जंगली विश्वकर्मा भने प्रचण्ड–नेपाल समूह सैद्धान्तिक र राजनीतिक धरातलमा खडा भएको दाबी गर्छन् । ‘पार्टीलाई विधिसम्मत चलाउनु पर्छ भन्ने कुरामा दुई नेताको समान धारणा देखिन्छ,’ विश्वकर्माले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x