कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
साउन १२, २०७७
गएरातिदेखि अविरल झरी रोकिएको थिएन । तैपनि साउनको सोमबार भएकाले अञ्जु गुरुङले भगवान् शिवको पूजा आराधनाका लागि मन्दिर जाने निधो गरिन् ।
सबेरै उठेकी उनले आफ्ना २ साथीलाई पनि फोन गरिन् । साथीहरू उनको प्रस्तावमा सहमत हुँदै फेवाताल किनारको केदारेश्वर मन्दिर जाने भए ।
रेनकोट लगाएका उनीहरू स्कूटर चढेर अञ्जुको घर पोखरा मियाँ पाटन आए । त्यतिबेलासम्म ६ बजिसकेको थियो ।
अञ्जु पनि आफ्नो स्कूटर चढिन् । पोखरा १, गाईघाटस्थित सेदीनदी किनारबाट पवित्र जल उठाएर २ स्कूटरमा हुँइकिँदै २०/२२ वर्षका ३ युवतीहरू ७ बजेतिर केदारेश्वर मन्दिर पुगे । तर मन्दिरको मूल गेटमै ताला लगाइएको थियो ।
सुरक्षामा तैनाथ प्रहरीसमक्ष मन्दिर प्रवेशका लागि अनुनय गरे, तर कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेश दिइएन । उनीहरू निराश बने ।
मन्दिरको बाहिरी गेट छेउमै धूपबत्ती बाले र, भगवान् शिवको नाममा जल चढाएर फर्किए ।
अञ्जु र उनका साथीहरूमात्रै हैन, यहाँ सोमबार बिहानभर झण्डै १ हजार जना जति श्रद्धालु भक्तजन निराश हुँदै फर्किएका छन् ।
वर्षाका कारण रुझ्दैभिज्दै जसोतसो मन्दिर गेट पुगेका उनीहरू यसरी फर्किन बाध्य भएका हुन् ।
पछिल्लो समय पोखराको केदारेश्वर मन्दिर बोलबमधामका रूपमा चर्चित छ । झण्डै २ दशकदेखि यहाँ बोलबम मेला लाग्छ । मन्दिरमा हजारौं मानिसहरू साउनका हरेक सोमबार भगवान् शिवको पूजाआजा गरी शिवलिङ्गमा जल चढाउन आउँछन् ।
यसपालि भने सो हुल छेकिन गएको हो । तैपनि मानिसहरू लकडाउन हटिसकेको अवस्थामा कोरोना संक्रमण जोखिम कम हुँदै गएको अनुमान गर्दै मन्दिर प्रवेश पाइन्छ कि भनी आउन छाड्दैनन् ।
यसबारेमा केदारेश्वर महादेवमणि सेवाश्रम समितिले पनि आधिकारिक सूचना जारी गरिसकेको छैन ।
सरकारले भने कोरोना जोखिम भन्दै मठमन्दिरहरूमा गत चैत ११ देखि लगाएको भीडभाड तथा पूजाआजा खुला गरेको छैन ।
मन्दिरमा अघिल्लो साता साउन पहिलो सोमबार भने केही संख्यामा भक्तजन मन्दिर प्रवेश गरी फर्केका थिए ।
केही घण्टाको लागि खुला गरिएको पूजाआजा यो साता भने प्रशासन आफैंले मन्दिर व्यवस्थापन समितिका नाममा सूचना टाँस गरी प्रवेशमा रोक लगाएको हो ।
भक्तजनले मन्दिर जान अटेर गरेपछि प्रहरीले केहीलाई त लाठीचार्ज गरेर धपाएको थियो ।
मन्दिर व्यवस्थापन समिति सचिव खिमबहादुर पहारीले सामाजिक दूरी कायम गरी पूजाआजामा छुट गर्नुपर्ने माग गर्दछन् । मन्दिरकै लागि भनी टाढाटाढाबाट भक्तजन आउने हुँदा यहाँ आएर गेटबाट फर्काउन नहुने उनको तर्क छ । आफूहरूलाई विना जानकारी प्रशासन आफैँले आएर मन्दिरको नाममा सूचना टाँस गरेको उनले बताए ।
मन्दिरमै भेटिएका विश्व हिन्दू महासंघ कास्कीका पूर्व सल्लाहकार विष्णुबहादुर राजभाटले धार्मिक आस्थाको केन्द्र केदारेश्वरको गेटबाट प्रशासनले भक्तजन फर्काउन नहुने बताए । ‘रोक लगाउनु नै अर्थपूर्ण हैन, प्रहरी प्रशासन र स्वयंसेवकको सहयोगमा आवश्यक दूरी कायम गरी पूजाआजा खुला गरिनुपर्छ,’ उनले भने ।
‘बोलबमको ध्वनीले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ विगत वर्षमा सेती किनार गाईघाटबाट भक्तजन बाजागाजाका साथ जल चढाउन मन्दिर पुग्ने गर्दथे ।
हरेक वर्ष बोलबम संयोजक रही कार्य गरेका शंकर खरालले गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने ८ संयोगका कारण केदारेश्वर चर्चित बन्दै गएको बताए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...