×

NMB BANK
NIC ASIA

टेलिकमले परिमार्जन गर्यो आफ्नो वेबसाइट, यस्तो छ विशेषता

साउन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल टेलिकमले आफ्नो वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरेको छ । 

Muktinath Bank

परिमार्जित वेबसाइटको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको बारेमा समेत जानकारी लिन सकिन्छ ।
 
रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फर्मसमेत यहीबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेण्ड्स एण्ड फ्यामिली सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड्कल्ड अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ । कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटर समेत यहींबाट अध्ययन गर्न सकिन्छ । साथै कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्यूजलेटर  कम्पनीको वेबसाइटबाट सस्क्राइब  समेत गर्न सकिन्छ । 
नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ । 
 
आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी उपलब्ध छ । यहींबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । पछिल्लो समयमा लोकप्रिय मानिएका डाटा प्याकेजहरुलाई क्रमशः राखिएकाले धेरै ग्राहकले यसको प्रयोगलाई सहज मान्ने गरेका छन् । 

यसको अलावा नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको धभदकष्तभ मा उपलब्ध छ । मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ । साथै डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ भने न्यूज एण्ड अपडेट्सबाट कम्पनीको वार्षिक स्मारिका, महत्वपूर्ण सूचनाहरु तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजाहरु सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन, एफटिटिएच तथा एडिएसएल सेवाका बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न शर्ट कोड्स पनि वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x