गर्मीमा शरीरबाट पसिना आइरहन्छ । पसिना आउनु आफैंमा राम्रो कुरा हो तर यसले शरीर दुर्गन्धित चाहिँ बनाइदिन्छ ।
पसिनाको दुर्गन्ध हटाउन पर्फ्युमको प्रयोग गर्न त हुन्छ तर त्यसको गन्ध केही समयपछि उडिहाल्छ ।
यहाँ हामी घरेलु तरिका अपनाएर पसिनाको दुर्गन्धबाट छुटकारा पाउने उपाय बताउँदैछौं ।
बेकिङ सोडा
पसिनाको दुर्गन्धबाट छुटकारा पाउनका लागि बेकिङ सोडा प्रभावकारी वस्तु हो । यसमा कागतीको रस राखेर पेस्ट बनाएर काखीमुनि दल्दा दुर्गन्ध भाग्छ । दश मिनेटसम्म पेस्टलाई रहन दिएर सफा पानीले काखी धुनुहोला ।
रोजवाटर
छालाका लागि रोजवाटर लाभदायक हुन्छ । एक जग पानीमा रोजवाटर राखेर त्यसमा कागतीको रस पनि राख्नुस् । अनि त्यसलाई काखीमुनि दल्नुस् । यसले पसिनाको दुर्गन्ध हटाइदिन्छ ।
पानको पात र अमला
पानको पात र अमलालाई पिँधेर पेस्ट बनाउनुस् । त्यस पेस्टलाई काखीमा १० मिनेटसम्म राख्नुस् । अनि ताजा पानीले धुनुस् ।
सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रा निकालेर त्यसलाई सुकाउनुस् । सुकेको बोक्रालाई बाथटबमा त्यत्तिकै राख्नुस् । अनि त्यही पानीले नुहाउनुस् । यसले पसिनाको दुर्गन्ध आउन दिँदैन ।
आलु
आलु काटेर काखीमुनि केही समयसम्म दलिरहनुभयो भने पनि दुर्गन्ध भाग्छ ।
एजेन्सी