न्यायपालिकाको गरिमामा आँच आउने गरी टीकाटिप्पणी नगरौं : सर्वोच्च

सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पार्नेगरी समाचार प्रवाह या टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

सर्वोच्चले सोमवार विज्ञप्ति प्रकाशित गरेर अदालतका काम कारवाहीबारे पछिल्ला दिनमा प्रवाह भइरहेका समाचार टिकाटिप्पणी र गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको हो । 


Advertisement

‘न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्चाउने कार्य निर्धारित  विधि र प्रक्रिया अनुरूप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको व्यहोरा विदितै छ,’ सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासबाट भएको फैसलालाई लिएर व्यापक टीकाटिप्पणी भइरहेको छ । 


Advertisement

कुन मुद्दा भन्ने उल्लेख नगरी सर्वोच्चको विज्ञप्तिमा न्यायपालिकाको काम कारवाहीका बारेका भ्रम सिर्जना हुने गरी समाचार प्रवाह गर्दा या टिकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा या गरिमामा आँच आउने उल्लेख गरिएको छ । 

प्रधानन्यायाधीश राणासहितको इजलासले गरेको फैसला सर्वोच्चकै संयुक्त इजलासले पुनरावलोकन गर्ने आदेश गरिसकेको छ ।

हेर्नुहोस्, विज्ञप्ति :


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्