×

NMB BANK
NIC ASIA

पहिरोमा परेर कालिकोटमा ८ जना बेपत्ता, १ जनाको शव फेला

साउन १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कालिकोट जिल्लामा सोमवार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा ८ जना बेपत्ता भएका छन् ।

Muktinath Bank

कालिकोट जिल्लाको रास्कोट नगरपालिका–१ बडलतोलामा एकैघरका ५ जना बेपत्ता भएका छन् । बडलतोलाका जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका २ छोरा, १ छोरी र साली पहिरोमा बेपत्ता भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाका अनुसार शाही, उनकी १५ वर्षीया छोरी संगिता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नविन शाही र १५ वर्षीया साली अस्मिता शाहीसहित उनी बेपत्ता भएका छन् ।


Advertisment
Nabil box
Kumari

सान्नी त्रिवेणी गाउँपालिका–७ की केशुरा शाही पनि घर भत्किँदा पुरिएकी छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ,’ उनले भने, ‘कर्णाली करिडोर अन्तर्गत रास्कोट–९ मा बेलिब्रिज पुल भाँचिएको छ भने झोलुङ्गे पुल खोलामा आएको बाढीले भत्काएको छ । अहिले आवागमन बन्द भएको छ ।’

Vianet communication
Laxmi Bank

रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सोही वडाको चोक्टेबगरमा टेके टमाटा, छोरी यशोदा टमटा र झाँउरे दर्जीकी पत्नी बेपत्ता भएका बताएका छन् । चारैतिरबाट पहिरो खसिरहेका कारण अहिले ९ घर उच्च जोखिममा रहेको उनले बताए ।

‘उद्धारका लागि टोली खटिइरहेको छ । नेपाल प्रहरी र श्रम रोजगार दल त्यहाँ पुग्ने प्रयास गरिरहेका छन् । मौसम प्रतिकूल छ । पानी परिरहेको छ,’ उनले भने, ‘अहिले जयबहादुर शाहीको शव भेटिएको छ । स्थानीयले जति सक्छन् उद्धार गर्ने र तत्काल हेलिकप्टर बस्न नसक्ने अवस्था कायम छ ।’

गृह मन्त्रालयसँग हेलिकप्टरबारे कुरा भइरहेको उनले बताए । ‘मौसममा थोरै सुधार हुने वित्तिकै उद्धार कार्यमा तीव्रता आउँछ । अहिले पनि उद्धार कार्य भने जारी नै छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x