×

NMB BANK
NIC ASIA

ग्राहकको सुरक्षासँगै व्यापार बढाउँदै एलजी, डेपुटी जनरल म्यानेजर भन्छन् : ग्राहकको विश्वासलाई डगमगाउन दिंदैनौं

साउन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९)को महामारी शुरू भएसँगै जोखिम न्यूनीकरण तथा रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी गर्‍यो । लकडाउनसँगै अधिकांश उद्योग, व्यापार बन्द भए । 

Muktinath Bank

यसैबीचमा शुरूमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी ब्राण्डले सामान बेच्न बन्द गर्‍यो। यद्यपी केही समयपछि उसले आफ्नो व्यापार पुनः सञ्चालन गर्न थाल्यो । अनलाइन मार्फत तथा घरमै डेलिभरी सुविधासहित उसले सामान बिक्री गर्‍यो । एलजीका डेपुटी जनरल म्यानेजर पुरुषोत्तम भण्डारी ग्राहकको मागलाई मध्यनजर गर्दै बजार शुरू गरिएको बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘विश्व नै कोरोना भाइरस (कोभिड–१९)को महामारीमा गुज्रिरहेको छ । हाम्रो मुलुक र हामी पनि यो सँगसँगै हिँड्नुपर्ने बाध्यता छ । हामीले अहिले विशेषगरी कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यमा सुरक्षात्मक विधी अपनाउँदै काम गरिरहेका छौं । ग्राहकको सुरक्षामा हाम्रो मुख्य ध्यान गएको छ । यस्तै प्रोडक्टको सेफ्टी पनि गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

सरकारले लकडाउन गरेदेखि जेठ दोस्रो सातासम्म सामाग्री बिक्री भएन । तर जेठ १५ पछि भने व्यवसाय शुरू गरेको उनी बताउँछन् । उनी भन्छन्, शुरूमा त हामीले व्यापार बन्द नै गर्‍यौं, जेठ १५ पछि पुनः सञ्चालनमा आयो । सुरक्षालाई ध्यानमा राख्दै हामीले सामान डेलिभरी गर्दा फीडब्याक राम्रो पायौं ।’

Vianet communication
Laxmi Bank

एलजीले अत्याधुनिक प्रविधिसँग ग्राहकको जीवनस्तर समायोजन गरिरहेको उनको दावी छ । उनी भन्छन्,‘हामीले अत्याधुनिक प्रविधितर्फ ग्राहकको जीवनस्तर ढाल्न हामी प्रयासरत छौं । प्रविधि सँगसँगै मानिसलाई कसरी कुदाउने भन्नेतर्फ यस ब्रान्डको ध्यान केन्द्रित छ ।

एलजी ब्रान्डको वासिङ मेशिन अत्याधुनिक प्रविधियुक्त छ । यसमा धोएको लुगाले एलर्जी हुँदैन अर्थात एलर्जी फ्री हुन्छ । यस्तै वासिङ मेसिनमा हालेको लुगा कस्तो खाले छ ? सोही अनुकुल उसले कपडा धुन्छ । मेसिनमा वाइफाईको पनि सुविधा छ । जसको सहायताले घरमा भएको वासिङ मेसिनमा घरबाहिरैबाट वाइफाई कनेक्ट गरी कपडा धुन सकिन्छ । 

अहिले वर्षा सिजन छ । दिनदिनै लुगा धुनुपर्ने अवस्था छ । त्यसका लागि वासर ड्रायर उपलब्ध छ । जसले छिनमै लुगा सुकाउँछ । जसले ग्राहकको जीवनशैलीलाई थप सहज बनाउँछ । 

रेफ्रीजेरेटरमा पनि एलजीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । १४ दिनसम्म फ्रिजमा कुनै सामान फ्रेस राख्न फ्रिज उपयुक्त हुने भण्डारी दावी गर्छन् । उनी भन्छन्,‘लकडाउनमा तरकारी तथा फलफूल त सधैं किन्न जान मिलेन, त्यतिखेर बहुउपयोगी भयो, अहिले पनि त सधैं बजार गइन्न, दुई सातासम्म कुनै वस्तु ताजा रहन्छ भने त क्या काइदा, हामीले त्यही भएर यस्तो फ्रिज ल्याएका हौं ।’

हामीसँग अहिले अल्ट्रा एचडी टिभी छ । न्यानो टेक प्रविधिमा बजारमा ल्याएका छौं । जसले गुणस्तरीय चित्र, वा भिडियो देखाउँछ ।     

एलजीले लकडाउनका समयमा आफ्नो सामान खरिद गर्ने ग्राहकलाई कोरोना बीमा समेत गरिदिने गरेको थियो । उनी भन्छन्,‘एलजीका सामान किन्ने ग्राहकलाई हामीले कोरोना बीमा गराइदिने काम समेत गर्‍यौं, करिब १ देखि साढे १ महिनाको हाराहारीमा हामीले पोलिसी निशुल्क दियौँ । अहिले भने बन्द गरेका छौं ।’ 

यस्ता स्किमहरूले ब्राण्ड प्रतिको विश्वास बढेको उनी बताउँछन् । 

एलजीले बिक्री पछिको सेवालाई पनि मुख्य प्राथमिकतामा राखेको भण्डारी बताउँछन् । ब्राण्डले सामान खरिदपछि सो सामानको फ्री इन्स्टलमेन्ट सेवा दिइएको छ । उनी भन्छन्,‘टिभी, वाशिङ मेशिनलगायतको इन्स्टलमेन्ट फ्री छ, अहिले आफ्नै सर्भिस सेन्टरका मानिसहरू खटाइएको छ, पहिले त ग्राहक स्वयंले बाहिरी मानिस ल्याएर इन्स्टल पनि गर्ने गरेका थिए ।’

मूल्यको आधारमा मध्यम तथा उच्च आर्थिक अवस्था भएका ग्राहकलाई लक्षित गरी सामान ल्याइएको उनी बताउँछन् । उनका अनुसार, २६/२७ हजार रुपैयाँ पर्ने ३२ इन्चको टिभी बेच्नेछ । यस्तै स्मार्ट टिभी, अल्ट्रा एचडी, ओलेडका ८६ इन्चसम्मका टिभी बिक्रीमा छन् । 

यस्तै रेफ्रिजेरेटरको मूल्य पनि २५ हजार रुपैयाँ हाराहारीमा पर्नेदेखि ५ लाख/६ लाख पर्ने फ्रिजहरू पनि रहेको उनीले बताए । 

ग्राहकको सुरक्षामा ध्यान केन्द्रित गरेको बताउँदै उनले स्वास्थ्य सुरक्षासहित सामान खरिदबिक्री गर्नका लागि आफूहरू सधैं तयार रहेको बताए । उनी भन्छन्, एलजी ब्रान्डमा ग्राहकको विश्वास पहिलेदेखि कै हो । हामीले यसलाई डगमाउन दिएका छैनौं र दिने छैनौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x