माघ २५, २०८०
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।
सबै (संस्थागत र सामुदायिक) विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ ।
काठमाडौँ महानगरपालिकाले पहिलो पटक स्थानीय पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले कक्षा १ देखि ८ सम्म अध्यापन गराउन स्थानीय विषयको पाठ्यक्रम तयार पारेको छ । महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरूका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।
पाठ्यक्रममा महानगर क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौसल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समावेश गरिएको छ ।
‘पाठ्यक्रम स्थानीय नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भन्नुभयो, ‘ नेपालभाषामा तयार गरिएको पाठ््यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित हुने चरणमा छ । पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक तयार हुनेछ ।’
बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यास गत पठन–पाठन हुने जानकारी दिए। ‘कक्षा ४ र ५ मा ७५ अभ्यास गत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उनले भने, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यास गत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’
काठमाडौं महानगरपालिकाको सातौं नगर सभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो ।
वज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहीँको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो ।
‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात गर्न सकुन् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले बताए।
पाठ्यक्रम समितिका सदस्य वरुण प्रसाद वैद्यले पाठ्यक्रम नेपालभाषामा तयार गरिएको भए पनि यसको सिकाई अत्यन्त सरल हुने भएकोले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताए । यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकोले पठनपाठनमा कुनै समस्या नआउने उनको भनाइ छ ।
‘यो विषय पढाउन हामी शिक्षकहरूलाई एउटा तालिम पनि दिन्छौं । तालिम पाए पछि जुनसुकै शिक्षकले पनि सजिलै पढाउन सक्नुहुन्छ,’ वैद्यले बताउनुभयो ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषा भन्दा पनि काठमाडौंको परिचयमा केन्द्रीत रहेको बताए ।
‘काठमाडौंमा बसोवास गर्ने मानिसहरूलाई काठमाडौंको संस्कृति, सम्पदा, रहनसहन, जनजीवन बारे परिचित गर्ने यसको मूल उद्देश्य हो । यी विषयहरू पढ्दा पढ्दै भाषा सिक्दै जाने भएकोले यसमा कुनै समस्या आउँदैन,’ उनले भने, ‘ पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि शिक्षकले आवश्यकताअनुसार नेपाली र अंग्रेजीमा पनि बुझाउन सक्नुहुन्छ ।’
उनले पाठ्यपुस्तकलाई सहयोग पुर्याउने अरु बहुभाषी पाठ्य सामग्रीहरू महानगरपालिकाले प्रकाशन गर्न लागेको जानकारी दिए।
काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले, स्थानीय भाषामा पाठ्यक्रम तयार पार्नुलाई ठूलो उपलब्धीका रुपमा चर्चा गरे।
यसको कार्यान्वयनका लागि अब हामी सामुदायिक र संस्थागत विद्यालयहरुलाई छलफल चलाउँछौं । ‘काठमाडौंको संस्कृति र सभ्यतालाई जस्ताको तस्तै बुझाउन यहींकै भाषा प्रयोग गरे सजिलो हुन्छ,’ पाठ्यक्रमको विशेषतामा कुरा गर्दै उनले भने, ‘यसले काठमाडौंमा बस्ने जोकोहीलाई पनि अपनत्व बढाउँछ ।’
स्थानीय विषय नेपालभाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपि बारे जानकारी दिने यो विषय काठमाडौं बाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताए ।
नोवेल एकेडमीका को–अर्डिनेटर शोभाकर भण्डारी भन्छन्,'विद्यालयमा अहिले पनि काठमाडौंको जात्रा, पर्वहरू बारे पढाइ नै रहेको छौं । यी बिषयलाई स्थानीय भाषामा पढाउनु अझ बढी प्रयोगात्मक हुन्छ । यसप्रति हामी उत्साहित छौं ।’
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...