नेपाल टेलिकममा रिचार्ज गर्न अब डायल गर्नुहोस् *४१२#

नेपाल टेलिकमका विभिन्न सेवाहरुको  रिचार्ज गर्नका लागि युएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ ।

कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा टपअप (रिचार्ज) गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।


Advertisement

यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।  

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप (रिचार्ज)  युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ । 


Advertisement

त्यसैगरी नयाँ सिम एक्टीभेट गर्न हाल १४१५ मा कल गरी फस्र्ट कल एक्टीभेसन (एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ । 

टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत टप अप (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको टप अप (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने  प्रवक्ता जोशीको भनाइ छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्