पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंगलवार दिनभरका घटनाक्रमपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकप्रकारको राजनीतिक सन्नाटा देखा परेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको सहमतिविनै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले प्रधानमन्त्री निवास बालुवाटारमै स्थायी कमिटी सदस्यहरू भेला गरेपछि नेकपा विवाद छताछुल्ल भयो ।
आफूसँग परामर्श नै नगरी अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरू बालुवाटार पुगे । सोमवार खुमलटारमा भएको सहमतिका आधारमा प्रचण्ड–नेपाल समूहले मंगलवार जसरी पनि स्थायी कमिटी बैठक राख्ने ढिपी गरे । तर मंगलवारको भेलालाई बैठक भन्ने कि भेला भन्ने विषयमा स्वयं प्रचण्ड नेपाल खेमामै एकमत देखिएन ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र निकासको बिन्दु नदेखिएको स्थितिमा उपाध्यक्ष वामदेव गौतमले अगाडि सारेको ६ बुँदे प्रस्तावले नेकपाभित्र तरंग ल्याइदिएको छ, र गौतमको प्रस्तावको आसपासमा रहेर सहमति खोज्न दोस्रो तहका नेताहरू फेरि छलफलमा जुटिसकेका छन् ।
‘गौतमको प्रस्ताव सुविचारित ढंगले आएको छ, त्यसैको आसपासमा सहमति भेटिन सक्छ,’ नेकपाका एक प्रभावशाली स्थायी कमिटी सदस्यले भने । गौतमको मध्यमार्गी प्रस्तावपछि ओली उनलाई भेट्न मंगलवार भैंसेपाटीस्थित निवासमै पुगे ।
झट्ट हेर्दा सो प्रस्ताव ओलीको समर्थन जस्तो देखिएपनि गौतमले महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अधिकार दिने कुरा गरेका छन् । स्रोतका अनुसार यो प्रस्ताव तयार गर्ने बेलामा नेकपाका स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, घनश्याम भुसाल र योगेश भट्टराईसँग पनि राय लिइएको थियो ।
‘एकले अर्काको प्रस्ताव नमान्ने र दुवै पक्ष मेरो गोरुको बाह्रैटक्का भनेर बसिरहेको समयमा गौतमको प्रस्ताव सहमति र बहसका लागि मध्यमार्गी विकल्प हुनसक्छ,’ ती सदस्यले भने ।
प्रचण्ड–नेपाल समूहको भेलामा प्रस्ताव पेश गर्ने क्रममा नै गौतमले आफू कतैपट्टि नढल्किएको समेत बताएका थिए ।
माधवकुमार नेपाल समूहले उठाएको पार्टीमा विधि, पद्धति स्थापित गर्ने माग सम्बोधन हुने गरी पार्टीका बैठक पार्टी कार्यालयमा गर्न वामदेवले प्रस्ताव गरेका छन् । आफ्नो प्रस्ताव पेश गर्ने क्रममा गौतमले गुटगत भेलाले निकास नदिने बताए ।
मंगलवार नेकपामा भएको क्रियाकलापका कारण नेकपा स्थायी कमिटीका सदस्यदेखि तल्लो तहका कार्यकर्ता समेत चरम अन्यौल र निराशामा छन्– पार्टीको भविष्य के हुन्छ भनेर ।
प्रचण्ड नेपाल समूहको मंगलवारको भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सहमति गरेर स्थायी कमिटीको बैठक छिटोभन्दा छिटो राख्ने पहल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । स्रोतका अनुसार बुधवार दिउँसोसम्म ओली–
प्रचण्डको भेटघाट तालिका बनिसकेको छैन ।
मंगलवार विकसित भएका घटनाक्रमले उत्पन्न असामान्य अवस्थाबाट ‘कुल’ भएपछि मात्र नयाँ चरणको छलफल शुरू हुने नेकपा स्रोत बताउँछ ।
'दुवैको रिस मर्यो होला, अब नयाँ शिराबाट सहमति'
असार १० गते शुरू भएको स्थायी कमिटी बैठक लम्बिँदै जाँदा विवाद पनि झन गिजोलिँदै गएको छ । मुस्किलले ५ दिन बसेको स्थायी कमिटी बैठक १० पटक जति त स्थगित भइसकेको छ । पछिल्लोपटक मंगलवार स्थगित बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।
स्थायी कमिटी बैठक लगातार स्थगित भइरहेकोमा प्रचण्ड–नेपाल समूह असन्तुष्ट थियो । आफ्नो सहमति बेगर बैठक स्थगित गरेकोमा असन्तुष्ट प्रचण्डले मंगलवार झोकमा आएर स्थायी कमिटीका सदस्यहरूको बैठक राखे । मंगलवारको भेलालाई प्रचण्ड समूहले बैठक दाबी गरेपनि ओली पक्षले यसलाई भेला भनेको छ ।
‘पार्टीको अध्यक्ष र महासचिव अनुपस्थित भएर पनि बैठक हुन्छ र ?’ संसदीय दलका उपनेता समेत रहेका नेकपा नेता सुवास नेम्वाङले लोकान्तरसँगको कुराकानीमा भनेका थिए, ‘उहाँहरू भेला हुनुभएको हो, हिजोअस्ति खुमलटारमा आज (मंगलवार) बालुवाटारमा ।’
बैठक स्थगित गरिएको आक्रोश स्वरूप मंगलवार स्थायी कमिटीका सदस्यहरूको भेला गरेपनि अध्यक्ष प्रचण्डले पार्टीको एकता जोगाउने कुरामै जोड दिएका थिए ।
भेला या बैठक जे भनिएपनि बहुमत सदस्यहरू उपस्थित हुँदा पनि कुनै निर्णय नगर्नु नै एकताका लागि गरिएको प्रतिबद्धताको रूपमा सो समूहका नेताहरू व्याख्या गर्छन् ।
अबको सहमति के होला भन्ने प्रश्नमा एक स्थायी कमिटी सदस्यले भने, ‘कहिले कताको, कहिले कताको बैठक । अब त हामी पनि थाकिसक्यौं, कुनै न कुनै निकास त दिनैपर्छ ।’
सहमति खोज्ने भनिएपनि निकास पहिल्याउन नेताहरूलाई हम्मेहम्मे परेको छ । असार १० गते शुरू स्थायी कमिटी बैठकमा असार १६ गते प्रचण्ड, नेपाललगायतका समूहले ओलीको राजीनामा माग गरेपछि विवाद बल्झिएको थियो ।
तर, नेकपाको विवाद अहिले ओलीको राजीनामाबाट विचार र पद्धतिमा प्रवेश गरेको छ । साउन ५ गते प्रचण्ड निवासमा भएको पूर्व माओवादी पक्षको भेलामा पनि ओलीको राजीनामाको एजेण्डा जोडले उठेन । प्रचण्ड नेपालको अहिले माग अलि अमूर्तजस्तो देखिएको छ ।
स्थायी कमिटी स्थगित गरेर पार्टी सञ्चालनको प्रोटोकल
स्थायी कमिटी सदस्य गणेश साह स्थायी कमिटीको जारी बैठक तत्काल स्थगित गरेर पार्टी सञ्चालनको कार्यविधि बनाउन जरुरी रहेको बताउँछन् ।
‘पार्टीभित्र उठेका विभिन्न विषय र विवादको अन्तिम निरुपण त महाधिवेशनबाट हुन्छ, तर महाधिवेशन नहुने बेलासम्मका लागि पार्टी चलाउने तरिका या कार्यावधि (प्रोटोकल) बनाएर अगाडि बढ्न सकिन्छ,’ साहले बुधवार लोकान्तरसँग भने ।
नेताहरूले इगो छाडेर पार्टी हितलाई आफूभन्दा माथि राखेमा निकास भेटिने उनी बताउँछन् । ‘यो स्थायी कमिटीलाई तत्काल स्थगित गरौं, नयाँ एजेण्डाका बारेमा सचिवालयमा सहमति गरेर व्यवस्थित ढंगले पार्टी चलाऊँ,’ उनले भने ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...