×

NMB BANK
NIC ASIA

कैलालीमा बाढी: तीन जना बेपत्ता, २५ सय घरपरिवार डुबानमा

साउन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 मंगलबार रातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन्। भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए। 
 
बाढीमा फसेका स्थानीय ४० वर्षीय बलबहादुर चौधरी, २८ वर्षीय बिक्की शाही र ३२ वर्षीय हेमन्त शाहीलाई प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ। बेपत्ताको खोजी कार्य भइरहेको विष्टले बताए।

Muktinath Bank

​वर्षासँगै स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका वडा नं २, ३, ५ र ८ का गरी ४५० घर डुबानमा पर्दा एक हजार ९७७ जना विस्थापित भएका छन्। डुबानका कारण घरभित्रको धनमाल भिजेर नष्ट भएको छ। विस्थापितलाई नजिकको सुरक्षित ठाउँमा राख्ने कार्य भइरहेको छ। 
 
‘मोटर बोड’सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बिहानैदेखि उद्धार गरिरहेको छ। कुलरिया खोला र पथरैया नदीको बाढीका कारण जानकी गाउँपालिकाको वडा नं १, २, ४, ५, ७ र ८ नराम्रोसँग प्रभावित भएकामा वडा नं ३ र ७ का झण्डै १०० परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए। कतिपय कच्ची घरसमेत भत्किएर क्षति पुगेको भए पनि यसको यकीन विवरण आउन बाँकी छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'डुबानका कारण धेरै परिवारको घरभित्रको अन्न भिजाएको र भाँडाकुँडा बगाएर क्षति पु¥याएको छ,' अध्यक्ष चौधरीले भने, 'विस्थापितलाई नजिकको विद्यालय र सेल्टर हाउस (डुबानबाट जोगिन बनाइएको घर)मा राखिएको छ।'  
   
यस्तै पथरैया र काँडा नदीमा आएको बाढीका कारण जोशीपुर गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का झण्डै दुई हजार ५०० घरपरिवार डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए। घरमा पानी पसेपछि धेरै परिवारको धनमाल भिजेर क्षति पुगेको चौधरीले बताए।
 
गाउँपालिकाको पुरानो भवनमा समेत पानी पसेपछि भवनमा राखिएको १९ बोरा चामलसमेत नष्ट भएको जनाइएको छ। टीकापुर नगरपालिकाको ३, ७, ८ र ९ वडासमेत डुबानका कारण प्रभावित भएका छन् । सो क्षेत्रमा प्रभावित भएका परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरिरहेको  ।
  
यसैबीच कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव आज मध्याह्नमा खतरा नजिक पुगेकामा अपराह्नपछि केही घटेको छ। इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटर पुगेकामा अपराह्न घटेर १० दशमलव तीन मिटरमा आइपुगेको बताए। यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ। 
 
कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेपछि बर्दिया र कैलाली जिल्लाको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन बिहान सूचना दिइएको थियो। कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न खोलामा पनि बहाव बढेको छ। उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका छन्। 
  
वर्षासँगै उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलाली जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन्। 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x