×

NMB BANK
NIC ASIA

यी तीन चिनी मिलले किसानबाट उखु लगे, तर २२ करोड तिर्न आलटाल

साउन १५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगलाई उधारोमा उखु दिए वापतको करिब  २२ करोडको  झुक्तानी पाएका छैनन्। 

Muktinath Bank

किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट नौ करोड, इन्दिरा सुगर मिलबाट पाँच करोड र वाग्मती चिनीमिलबाट आठ करोडको भुक्तानी पाउनुपर्ने बाँकी छ। चिनी उद्योगका सञ्चालकले किसानको रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि उद्योग मन्त्रालयमार्फत उद्योग सञ्चालकलाई आवश्यक सहजीकरण गर्न सो बारे उद्योग मन्त्रालयमा लिखित जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये वाग्मतीको आव २०७६÷७७, लुम्बिनीको आव २०७५÷७६ र इन्दिराको आव २०७५÷७६ मा किसानको उखु खरिद गरेवापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो। यद्यपि वाग्मती चिनी उद्योगले अब तत्कालै एक साताभित्र रकम भुक्तानी गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताए। 


Advertisment
Nabil box
Kumari

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग  स्थापना  भएको वर्ष बाहेक अन्य सबै वर्ष चिनी उत्पादन बन्द गरेको छ भने  दुई वर्षदेखि लुम्बिनी चिनी उद्योगमा  चिनी उत्पादन बन्द हुँदै आएको छ।

Vianet communication
Laxmi Bank

उद्योगहरुले विभिन्न बहानामा रकम भुक्तानी गर्न आलटाल गर्दै आएकाले तत्काल रकम भुक्तानी शुरु नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने जिल्ला उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए।

यद्यपि जिल्लामा नियमित रुपमा इन्दिरा चिनी उद्योग मात्र सञ्चालनमा आउने गरेको छ भने किसानसँग उखु लिए बापत अघिल्लो वर्ष रकम भुक्तानी नगरेका कारण वाग्मती चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेन। पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ। पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ। 

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार चालू आव २०७६÷७७ मा कूल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको छ। यसैगरी अघिल्लो आव २०७५÷७६ मा कूल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x