×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा बाढीपहिरोले क्षति पुगेका संरचना सञ्चालन गर्न १० करोड बजेट चाहिने

मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

साउन १५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले बाढीपहिरोका कारण सडक सम्पर्क विच्छेद भएका मनाङ र मुस्ताङ जिल्लामा तत्काल सडक सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ। 

Muktinath Bank

वर्षाले प्रदेशमा भौतिक पूर्वाधारमा पु-याएको क्षतिबारे समितिको आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडकसमेत अवरुद्ध रहेकाले अविलम्ब मर्मत गरी सडक सम्पर्क स्थापित गराउन सरकारलाई निर्देशन दिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सभापति दीपक कोइरालाले स्थानीय तह जोड्ने, प्रादेशिक तथा सङ्घीय सरकारको दायित्वभित्र रहेका सडक समेत तत्काल मर्मत गरी व्यवस्थितरुपमा अघि बढाउन र नहर, कुलो, खानेपानीलगायतमा पुगेको क्षतिबाट जनजीवन प्रभावित भएकाले विपद्का बेला ‘फास्ट ट्रयाक’बाट काम गर्न सरकारलाई आग्रह गरेका हुन्। 


Advertisment
Nabil box
Kumari

बैठकमा मन्त्री बस्नेतले सडकलगायत पूर्वाधारमा पुगेको क्षति मर्मत र पुनःनिर्माणका लागि मन्त्रालयमा छुट्टै बजेट नभएको बताउँदै आन्तरिक मामिला मन्त्रालय मातहतको विपद् व्यवस्थापन कोषमा बजेट निकासा गरी तत्कालै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

Vianet communication
Laxmi Bank

मुस्ताङमा यातायात सञ्चालनका लागि सङ्घीय सरकारका प्राविधिकसँगसमेत समन्वय भइरहेको र हाल बेलिब्रिज राख्ने काम निरन्तर जारी रहेकाले एक÷दुई हप्तामा काम सम्पन्न हुने विश्वास मन्त्री बस्नेतको छ।

चालू आर्थिक वर्षमा बजेटमा परेका सडक, सिँचाइ तथा खानेपानीका योजनाको मर्मतसम्भार तत्काल शुरु गर्ने तयारी गरे पनि निरन्तरको वर्षाका कारणले कठिनाइ भएको बताउँदै मन्त्री बस्नेतले भने, ‘बजेट परेका योजनामा वर्षा रोकिएलगत्तै काम हुन्छ, नपरेका ठाउँमा  विपद् कोषबाटसमेत आवश्यक बजेट ल्याएर काम गर्छौं, खानेपानी र बत्तीको तत्कालै व्यवस्थापन हुन्छ।’

मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले वर्षाका कारण प्रादेशिक तथा स्थानीय तहका केन्द्र जोड्ने ३४ सडक, दुई वटा झोलुङ्गे पुल, सिँचाइ नहर ९५ तथा खानेपानीका ५५ आयोजनामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क रहेको जानकारी दिँदै प्राथमिकताका आधारमा मर्मतको काम अघि बढाइने बताए। क्षति पुगेका संरचना सञ्चालन गर्नका लागि मात्र १० करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x