×

NMB BANK
NIC ASIA

लकडाउन सम्बन्धी नयाँ निर्णय लिदै सरकार

साउन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो ।

Muktinath Bank

साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला ९ दिनमा १२ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १५ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ५ सय ४७ भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार सरकारले सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ । ‘बाहिरबाट मान्छे नआऊन् भन्ने विषयमा पनि छलफल भएको थियो,’ उनले भने । बैठकमा भदौ १ गतेपछि लामो दूरीका यातायात सेवा सञ्चालन र घरेलु र अन्तर्राष्ट्रिय विमान सञ्चालनका सम्बन्धमा सम्बन्धित मन्त्रालयले तयार पारेको मापदण्डमाथि पनि छलफल भएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सरकारले साउन ७ गतेबाट यातायात सेवामा जोर–बिजोर नम्बर प्रणाली हटाएको छ भने दुई सिफ्ट सञ्चालन हुँदै आएका सरकारी कार्यालय एकै सिफ्टमा कायम गरिएको छ । यस्तै, बिहीबारबाट ट्रेकिङ, ट्राभल्स, पर्वतारोहण, पर्यटन व्यवसाय, होटल र रेस्टुरेन्ट (सामूहिक भोज, भेलाबाहेक) सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेललाई पनि सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

सरकारले अझै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन तथा तोकिएबाहेकका अन्तर्राष्ट्रिय नाकाबाट प्रवेशमा रोक लगाएको छ । यस्तै, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, सामूहिक खेलिने खेल, खेल मैदानमा हुने प्रस्तुति, धार्मिक, सामाजिक स्थल, पुस्तकालय, संग्रहालय, चिडियाखाना, सभा, गोष्ठी, तालिम, सेमिनार प्रदर्शन, मेला र सम्मेलनमा भने अझै रोक लगाइएको छ ।

शिक्षण संस्थाका क्वारेन्टीन हटाइने

सरकारले शिक्षण संस्थामा क्वारेन्टीन र आइसोलेसन सञ्चालन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने र त्यस्ता संरचना बनाई प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार निर्मलीकरण गर्नुपर्ने बताए ।

विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवागमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्रनिकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने सरकारको निर्णय छ । मुलुकभरका ४ हजार ५ सय सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयका २५ क्याम्पसमा क्वारेन्टीन निर्माण गरिएको छ । तिनलाई स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउनुपर्ने मन्त्री खतिवडाले बताए ।

सरकारले देशभरका विद्यालय पुनः सञ्‍चालनको कार्यढाँचासमेत जारी गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको जानकारी दिएका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्यढाँचा निर्माणको काम भइरहेको बताए । भदौ १ देखि विद्यार्थी भर्ना खोल्ने निर्णय यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको थियो । विद्यार्थीको अभिलेखीकरण गरेर कोरोना संक्रमण कायम रहेसम्म वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिनुपर्ने मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x