जेठ २२, २०८०
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
साउन १६, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा लेखराज भट्ट दह्रोसँग प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । कुनैबेला प्रचण्डको अत्यन्तनिकट मानिने भट्टले उनको साथ छाड्दा नेकपाको आन्तरिक समीकरणमा नै फेरबदल हुने स्थिति आएको छ । त्यसो त पछिल्लो समय भट्टले मात्र होइन, पूर्वमाओवादीका अन्य नेताहरूले पनि प्रचण्डको साथ छाडेको टिप्पणी राजनीतिक वृत्तमा हुने गरेको छ ।
चार दशक लामो सहकार्यबाट साथ छाड्नै पर्ने गरी प्रचण्डसँग भट्टको चित्तदुखाइ के हो ? यीलगायत नेकपाको विवाद समाधानका उपायहरू र अन्य समसामयिक राजनीतिक विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य भट्टसँग लोकान्तरका लागिसुशील पन्त र ईश्वर अर्यालले शुक्रवार कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
पहिलो र आमप्रश्नबाट नै शुरू गरौँ, पार्टीमा समस्या किन आयो ?
पहिलो कुरा त हामीले कसरी बुझ्नुपर्यो भने हरेक पार्टीभित्र अन्तरविरोध आइरहन्छन् । विपरीतको एकत्व हुने हुनाले र यही समाजबाट आएको हुनाले यी खालका अन्तरविरोधहरू आउनु स्वाभाविक नै हो । समाधान कसरी गरिन्छ भन्ने मुख्य पाटो हो ।
अन्तरविरोधको समाधान कुन विधि र पद्धतिबाट हुन्छ, त्यो अन्तरसंघर्षलाई कसरी अघि बढाउने र अन्तरसंघर्ष सञ्चालनका विधिहरू के तय गर्ने, ती कुरामा नेतृत्व अडिएको छ कि छैन, स्वस्थ रूपमा आफ्ना विचारहरू कमिटी प्रणालीमा राख्ने वा बाहिर छताछुल्ल भएर गर्ने हो कि ? यी विषयमा उठेका प्रश्नको समाधान खोज्नुपर्छ ।
विधिमा रहनु नै जनवाद हो भन्ने लाग्छ मलाई । तर बाहिर छताछुल्ल पारियो भने त्यो ध्वंशतिर जान्छ । पार्टीभित्र एकता हुन्छ, त्यसपछि संघर्ष हुन्छ, त्यो परिवार समाज र पार्टीमा पनि हुन्छ । एकता भन्ने कुरा विपरीतको एकत्व हो ।
अहिले पार्टी एकता संघर्ष र रुपान्तरणको विधिलाई व्यवस्थित ढंगले लैजानेभन्दा पनि गुट–उपगुट र कोटरीमा छलफल गर्ने हिसाबले अघि बढ्यो । नेतृत्वले कहिले भैँसेपाटी, कहिले खुमलटार, कहिले अर्को टार कता हो कता भेला बैठक गरिरहने प्रवृत्ति देखायो । पार्टीलाई टारैटारले बिगार्यो ।
एकता ताका गरिएको द्विअध्यक्षात्मक प्रणालीलाई नमान्दा यस्तो भएको मान्नुहुन्छ तपाईं ?
पार्टीलाई व्यवस्थित गर्ने दुईवटा नेतृत्वले हो । दुईवटा पार्टीको दुईवटा नेतृत्वले कति बहस गर्यो, कति छलफल गर्यो ? एकताका निम्ति कुन विधिबाट गयो भन्ने कुरा प्रमुख हो ।
एकतालाई बचाउने र तोड्ने मुख्य जिम्मेवारी बनेको मुख्य नेतृत्वकै हो । उहाँहरू दुईवटैको कर्तव्य के हो भने दुवैजना नेताहरू बसेर कुन विधिबाट एकता गरेको हो, कुन विधिबाट यहाँसम्म आएको हो, त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ ।
एकता एउटा ऐतिहासिक कदम थियो, विश्व कम्युनिस्ट आन्दोलनमा एउटा ऐतिहासिक कदम थियो त्यो ।
अहिले एकतालाई बचाउने उहाँ दुवैजनाको मुख्य कर्तव्य हो । एक कदम अघि, दुईकदम पछि भनिन्छ नि, उहाँहरूले अहिले त्यो रणनीति अपनाउनुपर्छ । दुईवटै नेता एक-एक कदम पछि हट्ने हो ।
त्यो भनेको के हो ? कहाँ पछि हट्नुपर्यो तपाईंको दृष्टिमा ?
मैले देखेको के हो भन्दा पहिला दुईवटा एजेण्डामा जानुपर्छ । पहिलो कोभिड– १९, बाढीपहिरो र प्राकृतिक विपत्तिबाट सिर्जना भएको समस्यालाई पार्टीले कुन हिसाबले लिन्छ ? त्यसबाट पैदा हुने आर्थिक क्राइसिसलाई कसरी हेरेको छ र सरकारलाई कसरी सपोर्ट गर्छ, त्यसमा केन्द्रित हुनुपर्यो ।
दोस्रो हाम्रो पार्टीभित्र जुन राजनीतिक वैचारिक समस्या आएका छन्, त्यसलाई हल गर्न त महाधिवेशनमै जानुपर्यो । दुईवटा अध्यक्ष बसेर प्रस्ताव ल्याउने र सचिवालयमा छलफल गर्ने र त्यसलाई स्थायी कमिटीमा ल्याउने र अघि बढ्ने भन्ने जुन विषय छ, त्यसलाई कार्यान्वयन गर्नुपर्यो ।
त्यो हुन नसके मंसिर ४ मा जानुपर्छ । कार्यकारी अध्यक्षका रूपमा अध्यक्ष प्रचण्डलाई दिने, जुन महत्त्वपूर्ण, रणनीतिक र दूरगामी प्रभाव पर्ने निर्णयहरू छन् त्यसलाई प्रधानमन्त्रीले पार्टी सचिवालयको बैठकबाट छलफल गराएर पारित गराउने । दुवै अध्यक्ष र सचिवालय र आवश्यक परे स्थायी कमिटीमा पनि निर्णय गराउने । दैनिक पार्टी सञ्चालनका काम प्रचण्डले लिने गरेर अघि जानुपर्छ ।
दैनिक सरकारका कामको जिम्मा प्रधानमन्त्रीले लिएर अघि बढ्नुपर्छ । बाँकी संवैधानिक निकाय, राजनीतिक नियुक्ति जस्ता कुराहरू र अन्य रणनीतिक महत्त्वका राष्ट्रिय प्रभाव पार्ने निर्णयहरू जस्तो अन्तर्राष्ट्रिय सन्धि सम्झौता छ भने पार्टी कमिटीमा ल्याएर छलफल गर्नुपर्छ ।
वामदेव गौतमले प्रस्ताव गर्नुभएको जुन ६ वटा बुँदा छ, त्यो र तपाईंको कुरा मिलेको हो ?
सारमा हामी दुवैको कुरा मिल्छ । म त वामदेवजीले अहिले भन्नुभयो, हिजै मैले भन्दै आएको हो । हिजो पार्टी एकता हुँदा सहमतिबाट हरेक मतभेदलाई वार्ताद्वारा हल गर्नुपर्छ भन्ने थियो । निर्णय गर्ने, निष्कर्षमा पुग्ने भनेको छ ।
एकताको महाधिवेशनलाई सहमतिबाटै टुंग्याउने, नेतृत्व छनोट गर्ने भनेपछि विचारहरू मन्थन गरेर एउटा सहमतिको बिन्दुमा पुगेर निर्णय गर्ने । नेतृत्वको चयन पनि र विचारको चयन पनि त्यहाँबाट हल गर्न सकिन्छ, गर्नुपर्छ ।
बहुमत अल्पमत अहिलेको प्रश्न होइन । बहुमत अल्पमतले अहिले पार्टी विभाजन हुन्छ ।
कमिटी प्रणाली व्यवस्थित गर्नुपर्यो भन्नुभयो यहाँले, कमिटी प्रणालीबाट चल्नु कम्युनिस्टहरूको मूल चरित्र पनि हो । तर एउटाले बैठक स्थगित गर्ने, अर्कोले बोलाउने जुन खालको तमासा देखिएको छ, यसबारेमा के छ तपाईंको राय ?
मैले बैठकका सम्बन्धमा बुझेको के हो भने सचिवालयले प्रस्ताव ल्याउने भनिसकेपछि दुईवटा अध्यक्षहरू मिलेर प्रस्ताव तयार गर्नुपर्थ्यो । प्रधानमन्त्रीज्यूले भनेअनुसार उहाँले बोलाउँदा बोलाउँदा प्रचण्ड साढे १० बजेसम्म आउनुभएन । दुईजना अध्यक्ष मिलेर प्रस्ताव तयार हुन सकेन ।
ओलीले प्रस्ताव तयार गर्नका लागि बैठक स्थगित गरिएको तर उहाँहरू बैठक चलाउनुपर्यो भन्दै आउनुभएको बताउनुभएको छ ।
दुईवटा अध्यक्षविनाको कुनै पनि बैठकको अर्थ रहँदैन, त्यसले विभाजनतिर नै लैजान्छ र गुटहरूको सिर्जना गर्छ । इमान्दार एकता चाहने कार्यकर्ता वा नेतृत्व होस्, त्यो दिशातर्फ जानु हुँदैन । त्यसले दुईवटा नेताहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ ।
दुईवटा अध्यक्षबीचको असमझदारी लम्बिनुको जोखिम के देख्नुभएको छ ?
दुईवटै नेताहरूले एकता बचाउन अन्तिमसम्म प्रयास गर्नुपर्छ । यो पार्टी अब फुट्यो भने अन्तिम अवस्थामा कोर्स नै परिवर्तन हुन्छ । अर्को कोर्समा जान्छ देश । देश अराजकता र अस्थीरतातर्फ जान्छ । त्यसो हुन नदिन नेतृत्वले जिम्मेवारी बोध गर्नुपर्छ र महसूस गर्नुपर्छ ।
आफूले के पायो र गुमायो भन्ने दिशातर्फ गयो भने गैर-जिम्मेवारी हुन्छ । तर पहिलो प्राथमिकता भनेकै राष्ट्र देश र जनता हो, त्यसपछि पार्टी र त्यसपछि व्यक्ति हुन्छ । अहिले व्यक्तिलाई प्रधान बनाएर अरू सबैलाई गौण बनाएर सोच्ने प्रवृत्ति जुन छ, म मेरो भनेर जसरी सोचिएको छ । यो बाट नेतृत्वहरू मुक्त हुनुपर्छ ।
विगत माओवादी पृष्ठभूमिका र आमनागरिकबाट पनि तपाईं र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध बिग्रेको हो भन्ने खालको धारणा आइरहेको भइरहेको छ । वास्तविकता के हो ? तपाईंको चित्त दुखाइ के हो ?
मेरो चित्त दुखाइ र चित्त खुसीको कुरा होइन । मैले भनेको कुरा के हो भने उहाँचाहिँ जिम्मेवार हुनुपर्छ । उहाँले नै पुल भत्कायौं र पछाडि फर्किन सकिन्न भन्नुभएको हो ।
हिजोको एमालेभित्रको गुटसँग मिलेर अर्कोलाई प्रहार गर्दै हुनुहुन्छ । मूल नेतृत्वलाई विस्थापित गरेर कुनै पार्टी बन्दैन । हिजो पार्टी एकता नहुँदा माओवादीको मूल नेतृत्वसँग म अडेर बसेको हो । साथ दिएको हो ४० वर्षसम्म ।
पछिल्लो चरणमा उहाँका केही भनाइ र गराइहरूमा चित्त बुझेको छैन । सबै समग्रमा समय आएपछि भनौंला । तर मेरो उहाँप्रति केही नकारात्मक छैन ।
मैले एकतालाई बचाउनुपर्छ र दुईवटा नेतृत्व एकठाउँमा हुनुपर्छ भन्नेमा मेरो जोड छ । मैले के पाएँ, के पाइन भन्ने कुरा गौण प्रश्न हो ।
प्रचण्डले तपाईंलाई अलिकति मिस गरेजस्तो, छोडेर जाँदा अलिकति चित्त दुखाएजस्तो पनि गरेको देखिन्छ नि !
गत ४० सालमा म उहाँको एकदमै नजिक रहेर काम गरेँ । उहाँलाई अरू धेरैले साथ छोडे तर मैले छोडेको थिइन । तर अहिले उहाँले एकचोटी आत्मसमीक्षा गर्नुपर्यो ।
मैले सुदूरपश्चिमलाई के दिएँ, के गरिन त्यो उहाँले एकपटक सम्झिनुपर्छ । हिजो मैले तेस्रो मोर्चा भनेको थिएँ । अनि त्यहाँ कसले के पायो, मूल मुद्दामा हामी गयौं कि गएनौँ ।
शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन के गरियो, के गरिएन । लिम्पियाधुरालाई नक्सामा ल्याउन भूमिका खेलियो कि खेलिएन ।
उहाँको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण के हो ? एकता गर्दा सुदूरपश्चिमलाई के दिनुभयो ? यो प्रश्नको उत्तर उहाँ आफैंले खोज्नुपर्ने हो । यहाँ एउटा व्यक्ति लेखराजको प्रश्नै होइन ।
मेरो अहिले पनि सदासयता छ, सम्मान छ प्रचण्डप्रति । उहाँलाई कसले के कुरा लगाउँछन् भन्ने कुरा उहाँले नै जान्नुपर्छ ।
प्रचण्ड गलत सल्लाहको पछि लाग्नुभयो भन्ने हो तपाईंको धारणा ?
अस्ति सुदूरपश्चिमका हिजो उहाँलाई सडकमा गाली गर्ने मान्छे, जसले डिप्रेसनको औषधि खाएका छन् उनलाई बोलाएर ल तपाईं नै नेता हुनुभयो भनेर प्रचण्डले पगरी गुथाउनुभयो, मेरोविरुद्ध । अहिले सामाजिक सञ्जालमा, फेसबूकमा जसले मलाई चिनेकै छैनन्, बुझेको छैन, उसले तथानाम लेखिएरहेको छ । जसलाई प्रचण्डले नै प्रोत्साहन दिएको हो ।
मलाई फाइदा हुने नहुने मैले त केही पनि देखेको छैन । व्यक्तिगत रूपमा त्यो ठाउँमा पुर्याइएको मान्छेले आफ्नो जमिन छोडेर बोलेका कुरा, गरेका निर्णयका परिणामहरू के हुन्छन् त्यसमा गम्भीरतापूर्वक अध्यक्षले समीक्षा गर्नुपर्छ ।
तपाईं केपी ओलीसँग मिल्नुलाई अब पार्टी अन्तरघुलन भन्न मिल्छ कि नाईं ?
मैले गरेको होइन एकता । प्रचण्डले गरेका हुन् । अहिले दुईवटा अध्यक्ष हो । देशको कार्यकारी केपी शर्मा हो । अहिले पार्टी टुट्नु हुँदैन अहिले केपी शर्मा नै प्रधानमन्त्री रहनुपर्छ र म उहाँसँग छु भनेको छु, सार्वजनिक रूपमै ।
पार्टी फुट्ने त विचारले हो । एकता हुँदाको राजनीतिक दस्तावेजमा कहीँ पनि भिन्न मत छैन । अस्ति केन्द्रीय कमिटीले पारित गरेको दस्तावेज हेर्नुस् त्यहाँ पनि भिन्न मत छैन । तर अहिले मतभिन्नता भएको कहाँ हो ?
लेनदेनको कुरा हो भने उहाँहरूले अँध्यारो कोठामा बसेर जे सहमति गर्नुभएको थियो, त्यो सहमति कहाँ कार्यान्वयन भएन, कहाँ कमजोर भयो भएन भन्ने कुरा उहाँहरूले जान्ने कुरा हो । उहाँसँग साक्षी बसेकाले जान्ने कुरा हो ।
पार्टी एकता हुँदा पनि सल्लाह गरेको होइन, छलफल गरेको होइन । अहिले जान्ने कुरा के हो भने दुवै पार्टी अध्यक्षले गरेको कुरा मैले आत्मसात गरेको हो ।
पछाडि फर्किने पुल छैन है भनेर उहाँहरूले भन्नुभएको हो । त्यही कुरालाई दह्रोसँग समातेको मात्र हो ।
महाधिवेशनमा विचार मिल्यो भने तपाईं प्रचण्डसँग मिल्ने सम्भावना छ कि छैन ?
विचार प्रचण्डसँग मिले प्रचण्डसँग, ओलीसँग मिले ओलीसँग, अथवा मैले छुट्टै विचार मैले नै ल्याउन सक्छु ।
प्रचण्ड पक्षका अन्य केही नेताहरू पनि तपाईंले नै राखेको विषय सही छ भन्ने दिशातर्फ आएका छन् । तपाईंसँगै अन्य विषयमा पनि उहाँले लिएको बाटो कहीँ न कहीँ गलत छ भनेर प्रचण्डले रियलाइज गर्नु पर्ने हो ? बजारमा प्रचण्डलाई आफ्नैले साथ छोडेको टिप्पणी भएको छ नि !
पहिलो कुरा त सुदुरपश्चिमको अलगै पाटो हो । त्यो पनि समीक्षा गर्नु जरुरी छ । अर्को समग्ररूपमा समीक्षा गर्न जरुरी छ । हिजो उहाँका लागि मर्न तयार हुने मान्छेहरू किन छोड्दैछन्, किन टाढा भइरहेका छन्, छन् त्यो त विचार गर्नुपर्छ ।
हिजो किन एकता भयो, कसको प्रेरणाले भयो त्यो ठीक थियो कि थिएन र अहिले किन तोड्न खोजिएको हो ? के मिलेन ? ठीक छ कि छैन भनेर हेर्नुपर्छ । व्यक्तिगत इगो हो कि, स्वार्थ पुगेन कि, भागबण्डा पुगेको छैन कि त्यो पनि समग्रमा समीक्षा गर्नुपर्छ ।
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...