पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् ।
पोखरा नगरभित्र उत्पादन हुने फोहोरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
महानगरले ‘छुट्याऔं फोहोर, बनाऔँ मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा महानगरका ११ वडामा अभियान सञ्चालन गरिने कडरियाले बताए ।
अभियान सञ्चालन गर्न पोखरा महानगरप्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति गठन गरिएको छ ।
अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझावसमेत संकलन गरिएको छ ।
महानगर प्रमुख जिसीले घरमा उत्पादन हुने फोहोरलाई तीन प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए ।
उनले घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई प्राङ्गारिक मल तथा ऊर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।
जिसीका अनुसार फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी चार महिनासम्म निरन्तरता दिने, चार महिनाभित्रमा फोहोरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गरिनेछ ।
अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहोर मैला व्यवस्थापन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिए । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ ।
सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा दैनिक १८२ टन फोहोर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहोरमध्ये ८० प्रतिशत घरायसी फोहोर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।
पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समितिका सदस्यसचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रूपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहोर व्यवस्थापन गरिएको बताए ।
बरालका अनुसार पोखरामा वि.सं. २०५५ मा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र २०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...