×

NMB BANK
NIC ASIA

विकास निर्माणका काममा समन्वय बढाउन उपप्रधानमन्त्री पाेखरेलको निर्देशन

साउन १६, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजना र सरकारका कार्यक्रमको कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउन मन्त्रालय र मातहतका अङ्गलाई निर्देशन दिएका छन्।

Muktinath Bank

रक्षा मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा शुक्रबार मन्त्री पोखरेलले कुनै कार्यक्रमलाई एउटा मात्रै मन्त्रालयको काम ठानेर अर्काे मन्त्रालय र निकायले बुझ्न नहुने भन्दै समग्र राष्ट्र र सरकारको कामसँग सम्बन्धित विषयका रुपमा लिन आग्रह गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सहभागी अन्य मन्त्रालय र निकायमा प्रतिनिधिलाई पनि सोही भावनाका साथ कार्यक्षेत्रमा औपचारिकता नभई परिणामका लागि एकीकृत समन्वय गर्न उनको आग्रह थियो।


Advertisment
Nabil box
Kumari

मन्त्री पोखरेलले भने, 'औपचारिक पत्राचार वा जिम्मेवारी पर सारिनु विभागीयवाद (डिपार्टमेन्ट्लालिज्म) हो । यो लकिरको फकिर हुनु हो । यसरी हुँदैन । सम्बन्धित निकाय र प्रतिनिधिबीच भर्टिकल मात्र होइन होरिजेन्टल पनि सम्बन्ध हुनुपर्छ।'
    
उपप्रधानमन्त्री पोखरेलले बैठकमा आमन्त्रित गरिएकामध्ये केही मन्त्रालयका प्रतिनिधि उपस्थित नभएका विषयमा पनि गम्भीर चासो व्यक्त गर्र्दै रक्षा मन्त्रालयका सम्बन्धित कर्मचारीलाई ध्यानाकर्षण गराए।    

Vianet communication
Laxmi Bank

बैठकमा नेपाली सेनाबाट निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गको निर्माण कार्यमा रुख कटान, खोकनाको जग्गा विवाद, परामर्शदाता छनोट आदि विषयमा विभिन्न समस्या र अन्य निकायको समन्वयका सवाल उठेका थिए।

 राष्ट्रिय योजना आयागका उपाध्यक्ष डा पुष्पराज कँडेलले दुई मन्त्रालयको समन्वयमा समाधान गर्न सकिने विषय आफैँ समाधान गर्न आग्रह गर्दै विकास समस्या समाधान समितिमा ल्याउने प्रस्ताव र गरिने निर्णय तथा कार्यान्वयनलाई परम्पराभन्दा पृथक बनाउन जोड दिए। 

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुनःनिर्माणको कार्य सम्पन्न नहुँदा सेनाको आधुनिकीकरणमा चुनौती देखापरेको उल्लेख गर्दै सिंहदरबारभित्र रहेको चण्डीदल गण बसेको स्थानमा सङ्घीय संसद्को भवन निर्माण प्रारम्भ भएकाले उक्त दललाई कहाँ राख्ने भन्नेबारेमा हालसम्म अन्योल देखिनु पीडादायी भएको बताए।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले द्रुतमार्गका लागि ललितपुरको खोकनावासीको सहयोग भए पनि बाहिरका मान्छे त्यहाँ गएर समस्या बल्झाउने कामको विरोध नगरिएसम्म राष्ट्रिय गौरावको आयोजना सफल नहुने स्पष्ट गरे।    

सो आर्थिक वर्षमा मन्त्रालयको ४२ वटा कार्यक्रमका माइलस्टोन राखिएकाका ४२ वटा (८० प्रतिशत) सम्पन्न भएको, बेरुजु फछ्र्याैट १४ अर्ब २८ करोडबाट नौ अर्ब ८९ करोडमा झारिएको जनाइएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x