वैज्ञानिकहरूको त्रुटिका कारण प्रजनन् भएको माछाको नयाँ प्रजाति

प्रतिकार्यात्मक तस्वीर।

कुनै नयाँ चीजको खोज वा अविष्कार गर्न जति मिहिनेत लाग्छ, त्यति नै समय पनि। कुनै खाेज सफल नहुन पनि सक्छन्।

तर, विश्वमा यस्ता पनि आविष्कार भएका छन्, जो संयोग र दुर्घटनाबाट भए।


Advertisement

हालै वैज्ञानिकहरूले खोजको क्रममा एउटा अनपेक्षित नतिजा हासिल गरेका छन्।

वैज्ञानिकहरूले माछाको नयाँ प्रजाति पत्ता लगाएका छन्। तर, यसको कल्पना स्वंय वैज्ञानिकहरूले पनि गरेका थिएनन्। 


Advertisement

वैज्ञानिकहरूले भूलबस त्रुटि गर्दा अमेरिकामा पैडलफिश र रूसको स्टर्जोन प्रजातिको माछाबाट शंकर प्रजनन भयो। वैज्ञानिकहरुले उक्त माछाकाे नाम  स्टर्डलफिश राखे।

सीनेटको एक रिपोर्ट अनुसार ती दुई माछाको प्रजनन एक दुर्घटना थियो। 

पैडलफिश र स्टर्जोन नामक दुबै माछाको प्रजाति धेरै पुरानो हो। यिनीहरुको विकास पनि सुस्त भएको देखिन्छ।

युनियन अफ कन्जर्वेशन अफ नेचरका अनुसार यी दुबै प्रजातिका माछा लोपोन्मुख घोषणा गरिएको छ।

वैज्ञानिकहरू यी दुई माछामा छुट्टाछुट्टै जिनोजेनेसिस नामको एक अलैंगिक प्रजनन पद्धतिको प्रयोग गरिरहेका थिए।

यो प्रक्रियामा डिएनएको योगदान बिना नै शुक्राणुको उपस्थिति आवश्यक हुन्छ।

शोधकर्ताले भूलबस पैडलफिशको शुक्राणुलाई स्टर्जोनको अण्डामा  गर्भाधान गरिदिए।

उनीहरुले यो कुरा थाहा थिएन।  तर माछाको एक नयाँ प्रजाति विकसित भयो।

शोधकर्तोको गल्तीको परिणाम अण्डाबाट एक नयाँ शंकर प्रजातिको माछाको प्रजनन भयो। यो शोध हंगरीमा रिसर्च इन्स्टिच्यूट फर फिशरीज एन्ड एक्वाकल्चरका वैज्ञानिक एटिला मोजार र उनका साथीहरुले गरेका थिए। यो शोध साइन्टिफिक जर्नलमा प्रकाशित भएको छ। 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्