नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहित पार्टीका ९ भ्रातृ संस्थाको म्याद ६ महिनाका लागि थप गरेको छ।
सभापति शेरबहादुर देउवाले यसअघि विभिन्न समयमा थप गरिएको कार्यकालभित्र भ्रातृ संस्थाको अधिवेशन गर्न नसकेका भातृ संस्थाको म्याद थप गरेका हुन्।
यद्यपि, म्याद थपको निर्णय आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेगरी समाप्त भएको मितिले ६ महिना थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसरी म्याद थपिएका भ्रातृ संस्थामा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज छन्।
लोकान्तर संवाददाता