×

NMB BANK
NIC ASIA

शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस मनाइँदै

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिमलाई थलो बनाएर गरीब र किसानका पक्षमा संघर्ष गरेका शहीद भीमदत्त पन्तको शनिवार ६८ औं स्मृति दिवस मनाइँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

उनले जन्मस्थल डडेल्धुरादेखि कञ्चनपुरको भीमदत्तनगरसम्म सालिकमा माल्यार्पणदेखि विविध कार्यक्रम गरी मनाइँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कि त जोत हलो कि त छोड थलो, यदि हैन भने अब छैन् भलो’ भन्ने नारा दिएर किसानका पक्षमा सामन्तविरुद्ध सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हुँदा उनलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीनलगायत उपेक्षित समुदायले अझै न्याय पाउन नसकेको भूमि अधिकारकर्मी रामबहादुर चुनाराले बताए ।

Vianet communication
Laxmi Bank

‘यहाँका गरीबको हकअधिकार र व्यवस्थापन पूरा गर्ने सपना थियो,’ उनले भने, ‘उहाँको बाटोमा हामी हिँडिरहने छौं ।’ भूमि अधिकार मञ्चले शनिवार ६० जिल्लामा विविध कार्यक्रम गरी उनलाई सम्झिँदैछ । भूमि अधिकार मञ्च कञ्चनपुरको संयोजक समेत रहेका चुनाराले कोरोना संक्रमणका कारण स्मृति दिवसमा औपचारिक कार्यक्रम गर्न नसकिएको बताए ।

‘कञ्चनपुरमा मात्रै गाउँ भूमि अधिकार मञ्चले ३६ वटा स्थानमा वृक्षरोपण गर्दैछ,’ उनले भने । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त पार्कमा रहेको पन्तको शालिकमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, महेशदत्त जोशी र मानबहादुर सुनार तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट लगायतले माल्यार्पण गरे ।

महेन्द्रनगरस्थित अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले पन्तले देखाएको बाटोमा निरन्तर लाग्नुपर्ने सबैको जोड रहेको बताए । ‘उहाँले देखाएको बाटो राजनीतिक दलले व्यवहारमा उतार्न सकेको देखिएन,’ प्रतिष्ठानका अध्यक्ष सुवेदीले भने, ‘शहीद पन्तले देखाएको मार्गमा हिँड्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।’

मन्त्री सहितको टोलीले नवनिर्मित भवन परिसरमा वृक्षरोपण समेत सो अवसरमा गरेका छन् ।

डडेल्धुराको कारीगाउँमा विक्रम संवत् १९८३ मंसिर १० गते उनी आमा सरस्वती र बुवा तारनाथका सुपुत्रका रुपमा जन्मिएका थिए । उनको विक्रम संवत् २०१० साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरका घरमा खाना पकाउन लागेका बेला टाउको काटेर हत्या गरिएको थियो । काटेको टाउको बाँसको टुप्पामा झुण्ड्याइ राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

पन्तले सामन्तीप्रथा उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्तरुपमा उठान गरी चेतना छर्ने कार्यका लागि सशस्त्र आन्दोलनको शुरूआत गरेका थिए । 

सामन्तका घरबाट तमसुक फाड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नूनकाण्ड उनका चर्चित काण्ड थिए । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले विक्रम संवत् २००७ सालदेखि आन्दोलनको शुरूआत गरेका थिए । परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर र थारु संगठित गरी मुक्ति सेना गठन गरेका थिए । विक्रम संवत् २०७२ फागुनमा सरकारले पन्तसहित किसान विद्रोहका २२ नेतालाई शहीद घोषणा गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x