×

NMB BANK
NIC ASIA

तत्काल लगातारको झरी नहुने, खण्डखण्डको वर्षा हुने

साउन १७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

अबको केही दिन लगातारको झरी नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ ।

Muktinath Bank

छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ । तर बेलाबेलामा सामान्यदेखि चर्काे घाम पनि लाग्छ ।


Advertisment
Nabil box
Kumari

अबको ३ दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ । खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ ।

उनले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको बताए । आइतवार र सोमवार अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ । देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिए ।

प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको १–२ स्थानमा भारी वर्षको सम्भावना कायमै छ । शनिवारभन्दा आइतवार र सोमवार भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताए ।

यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो । उक्त वर्षापछि आएको बाढी, पहिरो र डुवानले मुलुकका अधिकांश क्षेत्र प्रभावित बनाएको थियो । 

साउनको १२ देखि १६ सम्म पश्चिम क्षेत्रमा बढी वर्षा भयो तर विगतको जस्तो लगातार वर्षा हुन पाएन । तैपनि केही स्थानमा पहिरो खसेर मानिसको मृत्यु भएको छ भने केही हराइरहेका छन् । उद्धारको काम जारी छ । 

अबको ३ दिन भने त्योभन्दा केही कम वर्षा हुने जनाइएको छ । केही ठाउँमा भारी वर्षा हुने अनुमान छ । ‘पहिलेको जस्तो लगातार रुपमा वर्षा हुने देखिँदैन, खण्डखण्डमा वर्षा हुन्छ,’ अर्यालले भने, ‘छोटो समयमा केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ ।’

शनिवारको तुलनामा आइतवार र सोमवार तराईका १/२ स्थानमा बढी वर्षा हुने जनाइएको छ ।

विगत १० वर्षको तुलनामा यस वर्ष पहिराले धेरै मानिसको ज्यान लिएको छ । भेलपहिरो खसेर बढी क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । प्राप्त विवरणअनुसार गत वैशाखयता पहिरोबाट १५६ जनाको मृत्यु भइसकेको छ भने ४५ जना बेपत्ता छन् ।

बाढीबाट ६ जनाको मृत्यु १३ जना बेपत्ता भएका र चट्याङबाट ४७ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङबाट वैशाखयता २०९ जनाको मृत्यु, ५८ बेपत्ता र २९९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३० पछि डेढ महिनाको अवधिमा पहिरोमा परेर मात्रै १५४ को मृत्यु भएको छ । 

प्राधिकरणका प्रमुख अनिल पोखरेलले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्ने, जोखिम कम गर्ने र विपद्का घटना भएमा क्षति कम गर्ने गरी आवश्यक समन्वयमा काम भइरहेको बताए । उनका अनुसार राहत र उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोलीसहित संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकाय सक्रिय रहेका छन् । – नारायण ढुङ्गाना/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x