×

NMB BANK
NIC ASIA

स्थानीय तह र प्रतिनिधिसभा सदस्य निर्वाचनताका निकै चर्चापछि एकाएक गुमनाम देखिएका रामसमझ रानाले आधुनिक एकीकृत कृषि उद्योगमा हात हालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

निर्वाचनमा पराजयपछि उनी ठूलो लगानीका साथ आधुनिक एकीकृत कृषि कर्ममा कम्मर कसेर लागेका हुन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ वनकट्टामा २०७६ वैशाखदेखि थालिएको नयाँ व्यवसायमा उनी जमेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोना कृषि फर्ममार्फत उनले डेढ बिघा क्षेत्रफलमा ५ वटा पोखरी बनाएर व्यावसायिक माछापालनलगायत व्यवसाय थालेका छन् । उनी पहिलो वर्ष (२ सिजन) मा ८० लाख रुपैयाँ बढीको माछा बिक्री गर्न सफल भएका छन् । सबै खर्च कटाएर पहिलो वर्षमै माछाबाट १० लाख रुपैयाँ नाफा गरेको राना सुनाउँछन् ।


Advertisment
Nabil box
Kumari

पोखरी देखाउँदै उनी भन्छन्, ‘यो जग्गामा मैले धान वा गहुँ खेती गरेको भए बढीमा ३० क्विन्टल धान र ३० क्विन्टल गहुँ फलाउन सक्थें होला तर यसै पोखरीमा मैलै २ लटमा ३ सय क्विन्टल माछा उत्पादन गरेको छु । वास्तवमा कृषि क्रान्ति यही नै हो ।’ 

Vianet communication
Laxmi Bank

माछापालनसँगै शुरूवात गरेको उनको बाख्रापालन, कुखुरापालन, केराखेती र घाँसखेती पनि लोभलाग्दो छ । १२ कठ्ठा जग्गामा आधुनिक खोरसहित १०० वटा बाख्राहरू व्यावसायिक गतिमा हुर्किरहेका छन् भने सँगै २ हजार लोकल कुखुरा पनि व्यावसायिक उडान भरिरहेका छन् ।

उनको फर्ममा अस्टे«लियन बोयर, राजस्थानी स्रोही, खरी, जमुनापारी लगायत उन्नत जातका बाख्रा रहेका छन् । ‘अस्टे«लियन बोयर जातको एउटै भालेमा मात्रै ३ लाख लगानी गरेको छु । जसको तौल आजभोलि डेढ क्विन्टल छ । राजस्थानी स्रोही जातको भालेको पनि डेढ क्विन्टल नै छ । ती भालेहरूबाट खरी र जमुनापारी जातका माउसँग क्रस गराएर पाठा उत्पादनको योजना छ । पाठाको माग पनि उच्च छ,’ व्यवसायी रानाले भने, ‘हालसम्म ब्राखापालनमा लगानी मात्रै गरिरहेको छु । बाख्राको लगानी ७० लाख पुगेको छ । ३०० वटा बाख्रा पुर्‍याउने लक्ष्य छ ।’ 

उनले ३ विघा क्षेत्रफलमा थालेको केराखेती पनि लहलहाउँदो छ । टिस्युकल्चर प्रविधिबाट उत्पादित केराको बेर्ना उनले रोपेका छन् । स्थानीय जानकी माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर केराखेती थालेको उनले बताए । केरासँगै उनले केरा प्लटमा खुर्सानी पनि रोपेका छन् । केराको बोट हुर्कनुभन्दा पहिले खुर्सानीको उत्पादन लिइसक्ने रानाको योजना छ ।

राना अगाडि भन्छन्, ‘चुनावको बेला हाम्रो नारा नै कृषि क्रान्ति गर्ने भन्ने थियो । आमजनतालाई कृषि क्रान्ति गर्ने आश्वासन पनि दियौं । पार्टी अध्यक्ष प्रचण्डको पनि त्यसैमा जोड थियो । बेलाबखत प्रशिक्षणमा कृषि क्रान्तिकै चर्चा गर्नुहुन्थ्यो । मेयर पदमा चुनाव हारेपछि जनतालाई कृषि क्रान्ति कसरी गर्न सकिन्छ भनेर सिकाउनलाई पनि मैले आफैं हात हालेको हुँ ।’

व्यावसायिक चक्र योजना

हालसम्म कृषि व्यवसायको लागि जग्गा खरिदसहित साढे २ करोड लगानी गरिसकेको र ५ करोड लगानी पुर्‍याउने योजना रहेको उनी बताउँछन् । हालसम्म उनी बैंक कारोबार (कर्जा) मार्फत काम गर्दै आएका छन् तर बैंकको करोडौं सावाँको व्याज भुक्तानीको लागि चाहिने रकमको जोहो भने सोही व्यवसायबाट मज्जाले गर्दै आएको उनी सुनाउँछन् । 

बाख्रापालनलाई बढी प्राथमिकता दिएको र हालसम्म लगानी मात्रै गरिरहेको बताउँदै उनी अगाडि थप्छन्, ‘२ वर्षदेखि बाख्रामा मात्रै लगानी मात्रै थपेको छु । केरा र घाँसको उत्पादन पनि आएको छैन । लगानी साढे २ करोड नाघेको छ । खासगरी मैले व्यावसायिक चक्र बनाएर काम गरिरहेको छु । माछा र मुर्गाबाट छोटो अवधिमा प्रतिफल लिन सकिन्छ । सोहीबाट आउने आम्दानीले नै बैंकिङ कारोबारमा खेल्ने वातावरण बनाएको छु । यो कुरा आमकिसानले पनि जान्न जरुरी छ ।’

उनले कैलालीको गदरिया बजारमा किराना पसलसँगै गल्ला व्यापार पनि गर्दै आएका छन् तर उनको प्राथमिकता कृषि व्यवसायमा रहेको छ ।

व्यवसायी रानाले औपचारिक उच्च शिक्षा तथा प्राविधिक शिक्षा लिएका छैनन् तर सफल व्यावसायिक फर्मको अध्ययन अवलोकन र स्वाध्ययनले व्यवसायमा फड्को मार्दै गएका हुन् । केही कामदारसहित आफैं कृषि कर्ममा होमिएका उनी माछा, कुखुरा, बाख्रालाई कतिबेला कस्तो आहार, औषधि दिने लगायत कुरामा अभ्यस्त भएका छन् ।

उत्पादित कृषि उपजको बजार उत्साहजनक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘माछा र लोकल कुखुराको बजार एकदमै राम्रो छ । बजार पुग्नै पर्दैन । व्यापारीहरू फर्मबाटै उठाउँछन् । सय क्विन्टल माछा बिक्री गर्न १० दिन पनि लाग्दैन ।’

रोजगारी सिर्जना

जिल्लाको निकै विकट क्षेत्रमा व्यवसाय थालेका रानाले रोजगारी पनि सिर्जना गरेका छन् । उनको फर्ममा दैनिक १०–१२ व्यक्तिले ज्यालादारी रोजगारी पाएका छन् भने ५ जनालाई नियमित रोजगारी दिइएको छ ।

एकताका राजनीतिबाट विरक्त भएका उनी व्यावसायिक कृषि कर्मले निकै सन्तुष्टि मिलेको बताउँछन् । किसान, मजदुर वर्गले राजनीति तथा चुनाव लड्नै नसकिने अवस्था रहेको र जसको शिकार आफू पनि भएको उनी सुनाउँछन् तर हालको व्यवसायले मन हलुको भएकोमा उनले आत्मसन्तुष्टि व्यक्त गरे ।

‘१० वर्षे जनयुद्धदेखि राजनीतिमा सक्रिय थिएँ । गएको निर्वाचनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छु तर व्यवसायमा लाग्दैमा राजनीतिबाट पर भागेको भने भन्न मिल्दैन । राजनीति सेवा हो तर व्यापार बनाइएको छ,’ उनले भने, ‘राजनीतिले दुःखेको मनमा यो व्यवसायले मल्हम लगाएको छ । माछाको उफ्राइ, कुखुरा र ब्राखाको बोली र खेल्ने शैलीले मूड फ्रेस हुन्छ ।’

उनले तत्कालीन नेकपा माओवादी (केन्द्र) बाट स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दिएका थिए तर उनी पराजित भए । प्रतिनिधिसभा सदस्य निर्वाचनताका नेपाली कांग्रेसमा प्रवेश गरी कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई जिताउने अभियानमा लागेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x