×

NMB BANK
NIC ASIA

निषेधाज्ञा र लकडाउनका कारण सप्तरीमा घरमै मनाइयो बकर इद

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद (इदुल जोहा)’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि इस्लाम धर्मावलम्बीले घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् ।
    
देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने आशामा बसेका सप्तरीका इस्लाम धर्मावलम्बीले सप्तरीको राजविराजमा लागेको निषेधाज्ञा र विभिन्न स्थानीय तहमा लागेको लकडाउनका कारण घरमै पर्व मनाएका छन् ।
     
धेरै जनाले घरमै बकर इद पर्व मनाइरहँदा राजविराज नगरपालिका– ४ स्थित जामे मस्जिदमा फाटफुट पुरुष मात्र नमाज पढन पुगेका थिए । तीन हजारसम्म अटाउनसक्ने सो मस्जिदमा सामाजिक दूरी कायम गरी ६०÷६० जनाका दरले दुई सिफ्टमा नमाज पढिएको राजविराज–४ का सरफराज अन्सारीले बताए । 

Muktinath Bank

जिल्लाभरीकै इस्लाम धर्मावलम्बी आउनसक्ने सो जामे मस्जिदमा यो वर्ष राजविराज– ४ का सीमित मानिस मात्र रहेको उहाँले बताए । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण पाहुना, अतिथिको उपस्थितिविना नै बकर इद मनाइएको राजविराज नगरपालिका– ११ झल्हीका इमरान अलीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि बकर इदमा अन्य धर्म, जातिका साथीभाइकोसमेत उपस्थितिमा खानपिन गरेर रमाइलो हुने गर्दथ्यो । तर यस वर्ष इद झँै बकर इद पनि इष्टमित्रविना मनाउनुपरेको अलीले बताए । सप्तरीको शम्भुनाथ नगरपालिका–२ का अनवर अलीले भने, “देशभरी लकडाउन खोलिँदा शम्भुनाथ नगरपालिकामा बिहीबारदेखि लकडाउन पुनः कडा पारिएकाले बाहिरका कसैलाई पनि बोलाइएन, परिवारका सीमित व्यक्ति बसेर मनायौँ ।”
    
“कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्थानीय तह र स्थानीय प्रशासनले भेला, जमघट हुन रोक लगाएका कारण पर्व मनाउने शैलीमा फेरबदल गरिएको हो”, सरफराज अन्सारीले भने, “भेला, जमघट नभए पनि कुर्बानी (बलिदान) को मासु तीन भागमा बाँडेर खायौँ । नमाज पढेर आएपछि खसीको बलि दिएको बताउनुभएका अन्सारीले थप्नुभयो, “काटिएको खसीको १८ किलोलाई तीन भाग लगाई एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग इष्टमित्रलाई र तेस्रो भाग परिवार बसेर खाइरहेका छौँ ।”
    
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तर कोरोनाको कहरले अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने र हात मिलाउने प्रचलन हटेको राजविराज–४ का शेरु खानले बताए । अङ्कमाल र हात मिलाउनुको साटो अब अदाब गरेर शुभकामना आदानप्रदान गर्न थालिएको खानले जानकारी दिए । 
    
कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले मुस्लिम आयोग, स्थानीय तह र स्थानीय प्रशासनले विज्ञप्ति र सूचना जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकाले घरमै मनाइएको कल्याणपुरका ऐयुव राइनले बताए ।
    
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लामी सङ्घ नेपालको सप्तरी अध्यक्ष कलिम खानले जानकारी दिए । “इब्राहिमलाई सबैभन्दा नजिकको प्यारो चीज कुर्वान (बलिदान) दिन अल्लाहको आदेश थियो, जसअनुसार उहाँले छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफँै आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै खानले भने।
    
मौलवी हारुन अन्सारीले ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै ‘हदिस’ नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, अनसारीले भने।


Advertisment
Nabil box
Kumari

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तरराष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएनन् । मक्का मदिना जान नपाएका हजयात्रीलेसमेत घरघरमै बकर इद मनाएका छन् । ​नानीमैया कटवाल,रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x