×

NMB BANK
NIC ASIA

महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिकामा जोड

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नवीनतम् प्रविधि र ऊर्जाको पहुँचले महिलाको समयमा वचत, कायमको गुणस्तरियता र सहजता हुने भएकाले महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिका महत्वपूर्ण हुने आज यहाँ आयोजित बेविनार कार्यक्रममा जोड दिइयो ।

Muktinath Bank

हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरुले वित्त, सूचना र प्रविधिमा महिलाको सहज पहुँच अभिवृद्धि नभएसम्म मुलुकको समग्र विकास प्रक्रियाले पूर्णता पाउन नसक्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा मानुषी नामक संस्थाकी संयोजक विद्या ब्रजाचार्यले गरिबी, आर्थिक स्रोतमा पहुँचको अभाव र श्रमको असमान वर्गीकरणले गर्दा महिलाको वित्तीय समावेशीता हुन नसकेकाले आर्थिक विकास र गरिवी निवारणका प्रयासहरु सफल हुन नसकेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले मानुषीले महिलालाई हस्तकला, व्यवसाय र वित्तीय व्यवस्थापन, लघुकर्जाबाट विपन्न, पिछडिएका महिलाको सशक्तीकरण र व्यापार मेलाहरुमार्फत उनीहरुका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्दै आएको उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

ग्रामीण प्रविधि केन्द्रका आश्मा पाख्रिन र पाक्टिकल एक्सनका मन्जरी श्रेष्ठले महिलालाई घरायसी प्रयोजन, सामुदायिक क्षेत्र, सूचना सञ्चार प्रविधिका क्षेत्र र व्यावसायिक क्षेत्रमा ऊर्जा र प्रविधिको पहुँच बढाउन सकेमा मात्र उनीहरुको सशक्तीकरण हुनसक्ने बताउनुभयो । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको सहयोगमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, कार्भे, ललितपुर, धादिङ र चितवन जिल्लामा सञ्चालन गरिएका विभिन्न क्रियाकलापहरुबाट महिलाहरुको जीवनस्तरमा आएको परिवर्तनका बारेमा उनीहरुले प्रकाश पारे । 

 महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिकामा जोड

हरित तथा समावेशी नेपाल कार्यक्रमका प्रवन्धक ऊर्जाविद् इन्दिरा शाक्यले जबसम्म महिला आर्थिकरुपमा सशक्त हुँदैनन् तबसम्म उनीहरुको सशक्तीकरण हुन नसक्ने भएकाले विकासका हरेक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउन, आर्थिक स्रोतमा पहुँच राख्न र ऊर्जा एवं प्रविधिको उपयोगमा सक्षम तुल्याउन कार्यक्रमले जोड दिएको बताए। 

सो अवसरमा ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र वरिष्ठ निर्देशक डा पुरुषोत्तम श्रेष्ठले ग्रामीण क्षेत्र विपन्न तथा पछाडि पारिएका महिलाको विकासमा ऊर्जा र प्रविधिको पहुँच अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई अझ विस्तार गर्दै लगिने बताए ।

कार्यक्रममा ऊर्जा र वित्तीय क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महिलालाई विकासको मूलधारमा ल्याउन तीनै तहका सरकार, गैरसरकारी संघसंस्थाले गर्नुपर्ने कार्यहरुका बारेमा सुझावहरु प्रस्तुत गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x