×

NMB BANK
NIC ASIA

शुद्धोधनले निर्माण थालेको दर्वाह पार्क तोडफोड, विद्यालयका प्रअलाई कारबाहीकाे माग

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको शुद्धोधन गाउँपालिकाले निर्माण गर्न थालेको दर्वाह पार्क (उद्यान) तोडफोड भएको छ।

Muktinath Bank

गाउँपालिकाको वडा नम्बर ५ मनपकडीमा निर्माण थालिएको पार्क तोडफोडमा नेपाली कांग्रेसका कार्यकर्तासँगै सामुदायिक विद्यालयका प्रधानाध्यापक नै संलग्न भएको गाउँपालिकाले आरोप लगाएको छ। 
सियारी गाउँपालिका–५ छपियास्थित वीरेन्द्र माविका प्रधानाध्यापक कृष्णप्रसाद चौधरी संलग्न भएको भन्दै गाउँपालिकाले उनलाई कारवाहीको माग गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार गाउँपालिकाका कांग्रेसका नेता शेरबहादुर काफ्ले, स्थानीय विपिन कुर्मी र प्रअ चौधरीले पूर्व योजना अनुसार नै गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बनाउन लागेको पार्क तोडफोड भएको गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले बताए। 


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले सामुदायिक विद्यालयका प्रअले सार्वजनिक सम्पत्ति तोडफोडमा उत्रिनेलाई कडा कारवाही गरिनुपर्ने बताए। प्रअ चौधरी शुद्धोधन पाँचका स्थानीय हुन्। 

Vianet communication
Laxmi Bank

मसानघाट र छठ घाटका रुपमा प्रयोग भइरहेको दर्बाहमा पालिकाले बाल उद्यानसहितको पार्क बनाउन थालेको कांग्रेस कार्यकर्तासँगै केही स्थानीयले बिरोध गरेका थिए।

गाउँपालिका र प्रदेश पाँच सरकारको झण्डै दुई करोड लागतमा ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा गुरुयोजना अनुसार पार्क निर्माण थालिएको छ। पार्क बनाउने क्षेत्रलाई ‘कम्पाउन्ड वाल’ र त्यसमा रहेको फलामको रेलिङ र तारजाली तोडफोड  र गाउँपालिका अध्यक्ष र वडा नम्बर पाँचका वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका थिए। 

तर, प्रअ कृष्ण प्रसाद चौधरीले आफू तोडफोडमा संलग्न नभएको जिकिर गरे। उनले भने, ‘मलाई वार्ता टोलीमा राखिएको थियो। वार्ताका लागि सो ठाउँमा गएको हुँ तर, तोडफोडमा म संलग्न भएको होइन।’ पार्क निर्माण स्थललाई मसानघाट र छठ पूजा गर्ने स्थानको रुपमा रहेको भन्दै काफ्लेले गाउँपालिकामा साउन ७ गते पार्क नबनाउन ज्ञापनपत्र बुझाएको थियो। 

नेकपा प्रदेश ५ सांसद तुलसी प्रसाद चौधरीले काँग्रेससहित केही उदण्ड व्यक्तिहरुले पार्क तोडफोड गर्ने पूर्व सूचना प्रहरी प्रशासनलाई दिँदा समेत प्रहरी मुख दर्शक भएर बसेको आरोप लगाए। उनले सार्वजनिक सम्पतिमा विद्यालयकै प्राचार्य प्रत्यक्ष संलग्न भएको भन्दै उनलाई तत्काल कारबाही गर्न प्रशासनलाई आग्रह समेत गरे।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x