भाेलिदेखि बारामा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबार भाेलिदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 


Advertisement

जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।

सूचना अनुसार पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्