×

NMB BANK
NIC ASIA

हिजो दिनभर : इन्धनको भाउ बढ्यो, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन–नेपाल सम्बन्धलाई थप विकसित गर्ने चिनियाँ राष्ट्रपतिको भनाइ 

Muktinath Bank

चीनका राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई थप घनीभूत बनाउनु महत्त्वपूर्ण भएको शनिवार बताएको भनी चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनको अन्लाइन संस्करणमा लेखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्विपक्षीय सम्बन्धलाई निरन्तर अघि बढाउनका लागि आफू नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर काम गर्न इच्छुक रहेको सीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाँठका अवसरमा राष्ट्रपति भण्डारीसँग शुभकामना सन्देश आदानप्रदानको सिलसिलामा सीले दुई देशका जनताको बृहत्तर हितका लागि अनि क्षेत्रीय स्थिरता तथा विकासका लागि राष्ट्रपति भण्डारीसँग मिलेर काम गर्न आफू तयार रहेको बताए । 

Vianet communication
Laxmi Bank

अघिल्लो वर्ष राजकीय भ्रमण गरेको र द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा उकालेको पनि सीले स्मरण गरे । यो साझेदारी विकास तथा समृद्धिका लागि गरिएको उनले बताए । 

चीन र नेपालले एक अर्कालाई सहयोग गरेको अनि सुखदुःखमा साथ दिएको सीको भनाइ छ । कोभिड–१९ महामारीविरुद्ध संयुक्त रूपमा लड्ने दुई देशको प्रयास द्विपक्षीय मित्रताको नयाँ अध्याय भएको उनले बताए । 

चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको समयदेखि नै दुई देशले एकअर्काको सम्मान गरेको, एकअर्कालाई समान हैसियतमा सम्मान दिएको, पारस्परिक राजनीतिक विश्वास हासिल गरेको र पारस्परिक हितका लागि सहकार्य गरेको सीको कथन छ । 

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध उल्लेख्य रूपमा विस्तार भएको र थप गहिरिएको बताइन् । चीनले मानवजातिको साझा भविष्यका सहितको समुदाय बनाउनका लागि विचारधारा गरेको प्रस्तावलाई नेपालले स्वागत गरेको अनि बेल्ड यान्ड रोड इनिसिएटिभमा सहभागी बनेको उनले बताइन् । 

चीनका प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार शुभकामना सन्देश आदानप्रदान गरेका छन् । 

कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्नका लागि दुई देशले काम गरेसँगै पारस्परिक विश्वास र मित्रता थप बलियो बनेको लीले बताए । चीनले नेपालसँगको व्यापक सहकार्यलाई थप मजबूत बनाउन चाहेको र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने इच्छा व्यक्त गरेको उनको भनाइ छ । 

आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध स्थिर तथा स्वस्थ ढंगले अघि बढिरहेको बताए । महामारीसँग लड्नका लागि चीनले गरेको सहयोगलाई नेपालले सकारात्मक रूपमा लिएको र आर्थिक पुनरुत्थानका लागि चीनसँग नजिकै रहेर काम गर्न खोजिरहेको बताए । द्विपक्षीय सम्बन्धबाट थप उपलब्धि हासिल गर्न आफूहरू इच्छुक रहेको उनको कथन छ ।

नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा कोरोना पुष्टि 

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।

शनिवारसम्म संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ३१५ थपिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर परीक्षण भएकोमा ३१५ जना संक्रमित थपिएका प्रवक्ता गौतमले बताए । उनका अनुसार हाल ५०० भन्दा बढी सक्रमित रहेका जिल्ला रौतहत र कैलाली छन् ।

नेपालमा हालसम्म देखिएका २० हजार ८६ संक्रमितमध्ये ७२.१% अर्थात् १४ हजार ४९२ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल अस्पतालमा सक्रिय संक्रमित ५ हजार ३३८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टीनमा ११ हजार ५३३ जना रहेका छन् ।

लकडाउन अन्त्य हुनुअघिका ११ दिनमा ४७ हजार ८७७ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३४५ जनामा संक्रमण देखिएको थियो भने लकडाउन अन्त्यपछिका ११ दिनमा ५८ हजार १७४ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ९२ जनामा संक्रमण देखिएको छ । यसरी लकडाउन अन्त्य हुनुअघि र पछिका ११ दिनको तुलना गर्दा संक्रमण ०.८ प्रतिशतले बढेको प्रवक्ता गौतमले बताए । 

मन्त्रालयले स्थलमार्गबाट सीमा नाकामा आएका व्यक्तिलाई सीमावर्ती स्थानीय तहले क्वारेन्टीनमा राखेर स्वाब संकलन गरी पीसीआर जाँच गराउन समेत आग्रह गरेको छ । पीसीआर रिपोर्टका आधारमा भारतबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ । 

सिंहदरबारभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भौतिक दूरी कायम नगरेको, मास्क नलगाएको, चिउडोमा लगाएको पाइएकाले सावधानी अपनाउन समेत प्रवक्ता गौतमले आग्रह गरे । २५ जनाभन्दा बढी मानिस जम्मा हुने, कार्यक्रम, गोष्ठी, सभा, जुलुस, धार्मिक कार्य गर्ने गरेको पाइएकाले यस्तो नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

कारागार, हिरासत, सुधारगृह, पुनःस्थापना केन्द्रमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेको र भौतिक संरचनाको अवस्था हेर्दा भौतिक दूरी कायम गरिराख्न सकिने अवस्था नभए पनि कोभिड रोकथामका लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सफासुग्धर भइ बस्न अनुरोध गरिएको छ । ‘त्यस्ता स्थानमा जीवनयापनका लागि दैनिक उपभोग्य वस्तुहरू बाहिरबाट खरिद गरी भित्र लैजानुपर्ने हुन्छ, उपभोग्य वस्तु भित्र्याउँदा राम्ररी सफा गरी निर्मलीकरण गरेर भित्र्याउन सम्बन्धित सबै पक्षलाई विनम्रतापूर्वक अनुरोध गर्दछौं,’ प्रवक्ता गौतमले भने ।

नेकपामा विवाद हुनु सामान्य कुरा हो : प्रचण्ड 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताएका छन् ।

शनिवार तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेकाले जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताए ।

पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताउँदै प्रचण्डले विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको र त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन आग्रह गरे ।

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं,’ उनले भने ।

उनले कम्युनिस्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वाभाविक भएको बताए । अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको समेत स्मरण गर्दै भने, ‘मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं ।’

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दाबी गर्दै अध्यक्ष प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने उनको भनाइ थियो । उनले भने, ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि 

इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४० जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार साउन १३ गते उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
     
यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ । जिल्लाभरमा १६० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए ।

बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ । शनिवार पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ ।

यसअघि संक्रमण फेला परेकाहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ पुगेको छ ।

दार्चुलामा बाढीपहिरोमा तीन घर बगे 

दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र दर्जन बढी घर जोखिममा परेका छन्।

महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र  दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन ।
 
शनिबार बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएकोे छ। यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको  तीनतले घर पनि बाढीपहिरोले  बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए। 

यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ । लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो।

यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ । बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ। 

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ । नरेन्द्रसिंह कार्की/रासस

अनशनरत युवालाई भेटेर देउवाले भने- सरकारले शान्तिपूर्ण आन्दोलनमाथि धरपकड गर्‍याे 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत ‘इनफ इज इनफ’ का अभियन्ताको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत उनीहरुलाई शनिबार वसन्तपुरमा भेटेर देउवाले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन्।

‘अनशनरत युवाहरुको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनमाथि धरपकड गरेको छ, म यसको घोर भत्र्सना गर्छु,’ उनले भने।

देउवाले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गरे।

शतप्रतिशत पिसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनरत युवाहरुको भनाइ छ। 

पेट्रोलियम पदार्थको भाउ बढ्यो, लिटरको कति? 

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ बढाएको छ।

निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो।

यससँगै काठमाडाैंमा पेट्राेलकाे खुद्रा मूल्य प्रतिलिटर एक सय चार तथा डिजेल र मट्टितेलकाे खुद्रा मूल्य ९० रुपैयाँ कायम भएकाे निगमले जनाएकाे छ।

निगमका अनुसार हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासकाे भाउ भने यथावत रहेकाे छ।

अहिले नेकपा अध्यक्ष हटाए गाडी दुर्घटनामा पर्छ- मुख्यमन्त्री गुरुङ 

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन्।

प्रेस संगठन नेपाल नवलपुर शाखाले शनिबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताए।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उनले तर्क गरे। अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै  पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उनले बताए।

‘अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन।’

राजनीति व्यापार भयो, हिजो थोत्रा चप्पल लगाउनेहरूले आज ठूल्ठूला महल बनाए-अध्यक्ष केसी 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन्।

उनले भने, 'राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले आज ठूला-ठूला महल बनाए।' 

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले  राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे।

जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे।

उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको संज्ञा दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x